प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ६/१ p. ३२
  • ‘निर्बल पात्रको’ मोल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘निर्बल पात्रको’ मोल
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ६/१ p. ३२

‘निर्बल पात्रको’ मोल

“हे पति हो, त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसँग बस।” (१ पत्रुस ३:७) अहो! बाइबलको यस पदले स्त्रीहरूलाई “निर्बल पात्र” पो भनेको रहेछ। होच्याएको हो कि? परमेश्‍वरको प्रेरणाबाट लेखिएको बाइबलको यस पदले भन्‍न खोजेको खास कुरा के हो, हामी हेरौं।

“आदर” भनेर अनुवाद गरिएको ग्रीक शब्दको माने “महत्त्व, सम्मान, . . . आदर” गर्नु हो। त्यसैले यहोवाको साक्षी भएको श्रीमान्‌ले आफ्नी श्रीमतीलाई दयालु हुँदै अत्यन्तै महत्त्वपूर्ण तर बनावट अलि कमजोर भएको सामानलाई जस्तै व्यवहार गर्नुपर्छ। यसो गर्नु होच्याउनु होइन। एउटा उदाहरण विचार गर्नुहोस्‌। घर सजाउन प्रयोग गरिने एक किसिमको आकर्षक र निकै किम्मती बत्ती छ। सँगैको चित्रमा देखाइएको यस बत्तीलाई अंग्रेजीमा टिफानी लोटस ल्याम्प भनिन्छ। यो एकदमै सुन्दर र किम्मती भए पनि काँचले बनेको हुनाले होस पुऱ्‍याएन भने झऱ्‍यामझुरुम फुटिहाल्ने खालको हुन्छ। त्यो सुन्दर सामान फुटिहाल्ने खालको छ भन्दैमा त्यसको मोल घट्‌छ र? कहाँ घट्‌नु! सन्‌ १९९७ मा त्यो टिफानी लोटस ल्याम्प लिलाममा राख्दा २८ लाख अमेरिकी डलरमा बिक्यो! कमजोर बनावटले यसको मोल घटाएन, झन्‌ बढायो पो!

हो, स्त्रीहरूलाई कमजोर पात्रलाई झैं व्यवहार गर्दा उनीहरूलाई मूल्यहीन ठानेको वा होच्याएको हुँदैन। आफ्नी श्रीमतीसँग “बुद्धिमानीसाथ” बस्दा श्रीमान्‌ले आफ्नी श्रीमतीको राम्रो पक्ष, कमजोर पक्ष, मनपर्ने कुरा र मन नपर्ने कुरा, विचार र भावनालाई ध्यान दिन्छन्‌। मायालु श्रीमान्‌ले आफू र आफ्नी श्रीमतीबीचको व्यक्‍तित्व भिन्‍नता पनि बिर्संदैनन्‌ र आदर देखाउँछन्‌। उनी निकै सोच विचार गरेर श्रीमतीसँग व्यवहार गर्छन्‌। यसो गर्दा श्रीमान्‌ले यहोवालाई गरेको ‘प्रार्थना रोकिंदैन।’ (१ पत्रुस ३:७) श्रीमान्‌ले आफ्नी श्रीमतीलाई कमजोर पात्रलाई झैं आदर र माया गर्दै व्यवहार गर्दैन भने, यहोवा परमेश्‍वरसँग उसको सम्बन्ध नै खतरामा परिरहेको हुन्छ। कुरा सफा छ, परमेश्‍वरको वचन बाइबलले स्त्रीहरूलाई होच्याएको छैन, बरु सम्मान र आदर गरेको छ। (w06 5/15)

[पृष्ठ ३२-मा भएको चित्रको स्रोत]

© Christie’s Images Limited 1997

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने