प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g94 १०/८ pp. २६-२८
  • “निर्बल पात्र” स्त्रीहरूको अपमान?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “निर्बल पात्र” स्त्रीहरूको अपमान?
  • ब्यूँझनुहोस्‌!—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तुच्छ पात्रहरू?
  • “त्यही किसिमले. . . बुद्धिमानीसाथ”
  • आदर दिने
  • जीवनको सजिया हकदार
  • विवाहित दम्पतीहरूका लागि बुद्धिमानी डोऱ्‍याइ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मसीही स्त्रीहरू सम्मान र आदरका योग्य छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • महिलाहरूको भविष्य कस्तो छ?
    ब्यूँझनुहोस्‌!—१९९८
  • पति हो—ख्रीष्टले देखाउनुभएको शिरत्वको नमुना अनुसरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९४
g94 १०/८ pp. २६-२८

बाइबलको दृष्टिकोण

“निर्बल पात्र” स्त्रीहरूको अपमान?

“स्त्रीहरूलाई अनुभव, योग्यता, र बुद्धिको आधारमा नभई लिङ्‌गको आधारमा किन न्याय गरिन्छ?”—बेट्टी ए.

“स्त्रीहरूलाई तिनीहरू तुच्छ प्राणी हुन्‌ भनेर सोच्न बाध्य बनाइन्छ।”—लिन एच.

बाइबलको “निर्बल पात्र” भन्‍नो अभिव्यक्‍तिले के स्त्रीहरूको अपमान गर्छ? प्राश्‍न उठाइएको बाइबल पद हो १ पत्रुस ३:७, जसले यसो भन्छ: “हे पति हो, त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसँग बस, र तिमीहरूका प्रार्थना नरोकिओस्‌।”

पत्रुसले संगी मसीहीहरूलाई यी शब्दहरू लेख्दा प्राचीन गैरमसीही समाजमा मात्र नभई धर्मत्यागी यहूदी समाजमा समेत स्त्रीहरूको थोरै अधिकार थियो। तब के पत्रुस र प्राचीन मसीहीहरूले त्यति बेला प्राचलित स्त्रीप्रातिको दृष्टिकोणलाई समर्थन गरिरहेका थिए त?

तुच्छ पात्रहरू?

प्राथम शताब्दीका पाठकहरूले “निर्बल पात्र” भन्‍नो पत्रुसका शब्दलाई कसरी अर्थ लगाउलान्‌? युनानी शास्त्रमा भाँडोका लागि चलाइने युनानी शब्द (स्किओस्‌) पटक पटक चलाइको छ र यसले विभिन्‍ना किसिमको भाँडा, साधन, बर्तन र औजारहरूलाई देखाउँछ। स्त्रीहरूलाई “निर्बल पात्र” भनेर पत्रुसले अपमान गरिरहेका थिएनन्‌ किनभने यो अभिव्यक्‍तिले पतिहरूलाई पनि निर्बल तथा कमजोर पात्रको रूपमा देखाउँछ। बाइबलका अन्य पदहरूले पनि स्त्री तथा पुरुष दुवैलाई चित्रित गर्न “माटाको भाड़ा” (२ कोरिन्थी ४:७) र “कृपा पात्रहरू” (रोमी ९:२३) जस्ता प्रातीकात्मक शब्दहरू चलाएको पाइन्छ। हो, पत्रुसले लिङ्‌गको आधारमा स्त्रीहरूलाई “निर्बल” भनी देखाएको छ। तर रोमी ५:६ ले “कमजोर” शब्द पुरुष र स्त्री लगायत सबै मानवको लागि चलाएको छ। अतः स्त्रीहरूलाई “निर्बल पात्र” भनिएकोमा प्राचीन मसीहीहरूले स्त्रीहरूको अपमान ठानेनन्‌ होला।

बरु, पत्रुसका शब्दहरूले स्त्रीहरूको इज्जत झन्‌ बढाएको तिनीहरूले महसुस गरे होलान्‌। पत्रुसको समयमा स्त्रीहरूलाई आदर गर्ने चलन विरलै थियो। परमेश्‍वारले पहिले नै भविष्यवाणी गर्नु भएझैं, प्रायः पतिहरूले आफ्ना पत्नीहरूलाई दबाउँथे र शारीरिक, लैङ्‌गिक अनि भावनात्मक रूपमा दुर्व्यवहार गर्थे । (उत्पत्ति ३:१६) त्यसैकारण, पत्रुसले मसीही पतिहरूलाई दिएको सल्लाहको अर्थ वास्तवमा यस्तो थियो: संसारिक समाजले पुरुषवर्गलाई दिएको शक्‍तिको नाजायज फाइदा नउठाउनू।

आउनुहोस्‌, “निर्बल” शब्दलाई अझ नियालेर हेरौं। पत्रुसले यस पदमा भावनात्मक नभई शारीरिक स्वभावबारे उल्लेख गरिरहेका थिए। पुरुषहरू निर्बल पात्र हुन्‌; तर तुलनात्मक रूपमा स्त्रीहरू तिनीहरूभन्दा झन्‌ निर्बल छन्‌। कसरी? हाड र मांशपेशीको बनावटले गर्दा पुरुषहरू साधारणतया बढी शक्‍तिशाली हुन्छन्‌। तर यहाँ पत्रुसले नैतिक, आध्यात्मिक, र मानसिक बलको तुलना गरिरहेका थिए भन्‍नो हामी कुनै सङ्‌केत पाउँदैनौं। वास्तवमा, भावनात्मक प्रातिक्रिया देखाउने कुरामा स्त्रीहरूलाई बलियो वा निर्बल भन्‍नुभन्दा पुरुषभन्दा भिन्‍ना भन्‍नु बेस होला। परमेश्‍वारको मार्गअनुसार चल्ने स्त्रीहरूको बलियो नैतिक स्वभाव, सहनशीलता, र विवेकबारे बाइबलले वर्णन गरेको पाउँछौ। उदाहरणको लागि हामी सारा, दबोरा, रूथ, र एस्तरजस्ता केही स्त्रीहरूको नाउँ लिनसक्छौं। पुरुषहरूभन्दा स्त्रीहरू बुद्धिमान हुनसक्छन्‌ भन्‍नो कुरा स्वीकार्न नम्र पुरुषहरूलाई कठिन पर्दैन।

तर जे भएपनि, स्त्रीहरूलाई “निर्बल” भन्‍नुको अर्थ तिनीहरू तुच्छ व्यक्‍तिहरू नै हुन्‌ भनेर केही व्यक्‍तिहरू विश्‍वास गर्छन्‌। तर एकछिन यस उदाहरणलाई विचार गर्नुहोस्‌। एक व्यक्‍तिसँग दुई वटा काम लाग्ने भाँडा छन्‌। एउटा बलियो र अर्को अलि कमजोर। दोस्रो भाँडो अलि कमजोर भयो भन्दैमा के त्यसको मूल्य घट्‌छ? वास्तवमा, अधिकांश व्यक्‍तिहरूले कमजोर भाँडोलाई झन्‌ बढी हिफाजत र आदरसहित उपयोग गर्छन्‌। त्यसैकारण, शारीरिक तवरमा पुरुषहरूभन्दा कमजोर भएकोले के स्त्रीहरू कम मूल्यका हुन्‌ त? अवश्‍य होइनन्‌! पत्रुसले “निर्बल पात्र,” भन्‍नो शब्द स्त्रीहरूको अपमान गर्न नभई आदर जगाउन प्रायोग गरे।

“त्यही किसिमले. . . बुद्धिमानीसाथ”

“जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले निर्बल पात्रलाई जस्तो स्त्री जातिलाई आदर दिई बुद्धिमानीसाथ तिम्रा पत्नीसँग बस,” भनेर पत्रुसले पतिहरूलाई आग्रह गरे।, तर “त्यही किसिमले” कोसँग? अगाडिका पदहरूमा चेलाहरूप्राति येशूको मायालु व्यवहारबारे पत्रुस छलफल गर्दैथिए र तिनले “त्यही किसिमले” पत्नीहरूको हेरचाह गर्न पतिहरूलाई निर्देशन दिए। (१ पत्रुस २:२१-२५; ३:७) येशूले आफ्ना चेलाहरूको हित र इच्छाहरूलाई सधैं आफ्नो व्यक्‍तिगत इच्छा तथा अभिरूचिहरूलाईभन्दा बढी प्राथमिकता दिनुभयो। उहाँ तिनीहरूको अध्यात्मिक तथा शारीरिक हितमा चासो लिनुहुन्थ्यो, अनि तिनीहरूको सीमिततालाई ख्याल गर्नुहुन्थ्यो। पतिहरूले येशूको मायालु व्यवहार अनुसरण गरेर “त्यही किसिमले” पत्नीहरूसित व्यवहार गर्नुपर्छ।

सफल विवाह संजोगको कुरा होइन। पति र पत्नी दुवैलाई सफल विवाहको लागि आफूले दिनु पर्ने योगदान थाहा हुनुपर्छ। त्यसैकारण, “बुद्धिमानीसाथ” पत्नीहरू सँग बस भन्‍नो पत्रुसको सल्लाह पतिहरूलाई हो। यहोवा र उहाँको पुत्र येशूले स्त्रीहरूसँग कसरी व्यवहार गर्नुभयो भनी पतिहरूले अध्ययन गर्नु आवश्‍यक छ। पतिहरूले आफ्ना पत्नीहरूसँग कसरी व्यवहार गरेको परमेश्‍वार चाहनुहुन्छ भनेर पनि तिनीहरूले थाहा पाउनु आवश्‍यक छ।

अझ, पतिहरूले पत्नीहरूलाई राम्ररी चिन्‍नु आवश्‍यक छ—उनीहरूका भावना, बल, सीमितता, मन पर्ने र मन नपर्ने कुराहरू तिनीहरूलाई थाहा हुनुपर्छ। पत्नीहरूको बुद्धि, अनुभव र गरिमालाई कसरी आदर गर्ने भनेर पनि तिनीहरूलाई थाहा हुनु आवश्‍यक छ। बाइबल भन्छ, “ए पति हो, आफ्ना पत्नीहरूलाई प्रोम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रोम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, त्यसरीनै पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रोम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रोम गर्नेले आफैलाई प्रोम गर्छ। किनभने कुनै मानिसले कहिल्यै आफ्नै शरीरलाई घीन गर्दैन, तर मण्डलीलाई ख्रीष्टले गर्नुभएझैं त्यसको पालन पोषण गर्दछ।”—एफिसी ५:२५, २८, २९.

आदर दिने

स्त्रीहरूलाई “निर्बल पात्र,” भनी पत्रुसले उल्लेख गर्दा पतिहरूले स्त्रीहरूलाई “आदर” पनि गर्नुपर्छ भने। युनानीमा, टाइम संज्ञाले आदर, श्रद्धा, मूल्य र बहुमूल्य भावलाई जनाउँछ। अर्को शब्दमा भन्‍नो हो भने, आदर दिनुको अर्थ तिनीहरूमाथि अनुग्रह देखाउनु मात्र नभई तिनीहरूको हक मानिलिनु पनि हो। पावलले पुरुष र स्त्री लगायत सबै मसीहीहरूलाई यस्तो निर्देशन दिए: “भ्रातृप्रोममा एक दोस्रोतर्फ मायालु होओ। मानमा एउटाले अर्कोको बढ़ता कदर गर।”—रोमी १२:१०.

यहोवा परमेश्‍वार स्त्रीहरूलाई सजाउने वस्तुको रूपमा मात्र अवश्‍य लिनुहुन्‍ना। इस्राएलमा व्यभिचार, हाडनाताकरणी, पशुसँग यौनसम्बन्ध राखेमा वा अरू अपराधहरूको दोषी साबित भएमा स्त्री तथा पुरुष दुवैमाथि परमेश्‍वारको नियम लागू हुन्थ्यो। (लेवी १८:६-१७, २३, २९; २०:१०-१२) स्त्रीहरूले विश्राम-दिन, नाजिरीहरूको नियम, उत्सवहरू र व्यवस्थाका अन्य थुप्रौ प्राबन्धहरूको लाभ उठाउन सक्थे। (प्रास्थान २०:१०; गन्ती ६:२; व्यवस्था १२:१८; १६:११, १४) आमाका साथै बाबुको आदर तथा आज्ञा पालन गर्नुपर्थ्यो।—लेवी १९:३; २०:९; व्यवस्था ५:१६; २७:१६; हितोपदेश १:८.

आफ्नो जिम्मेवारीहरूमा विश्‍वासी, परिश्रमी र बुद्धिमान भएकोले हितोपदेश अध्याय ३१ को १० देखि ३१ पदमा “सुयोग्य पत्नी[लाई]” आदर गरिएको छ। उनलाई घरेलु व्यापारका साथै अन्य आर्थिक मामिलाहरू सुम्पिएको छ। स्त्रीहरूलाई केवल एउटा गहना मात्र ठान्‍नो केही मानिसहरूको मनोवृत्तिभन्दा कति भिन्‍ना! पछि, प्रारम्भिक मसीही मण्डलीमा स्त्रीहरूलाई येशूको साक्षीको रूपमा पवित्र आत्माले नियुक्‍त गरियो। (प्रोरित १:१४, १५; २:३, ४; योएल २:२८, २९ तुलना गर्नुहोस्‌।) यसप्राकार केही स्त्रीहरू पुरुष, स्त्री र स्वर्गदूतहरूलाई समेत इन्साफ गर्न नियुक्‍त भए। (१ कोरिन्थी ६:२, ३) हो, स्त्रीहरूले मण्डलीको जमघटहरूमा शिक्षा दिन पाउँदैनन्‌; तर मसीही स्त्रीहरूले प्रार्थना वा भविष्यवाणी गर्नसक्ने अवस्था भने नभएका होइनन्‌। जवान स्त्रीहरू, बालकहरू र मण्डली बाहिरकाहरूलाई शिक्षा दिने जिम्मेवारी तिनीहरूले पाएका थिए।—मत्ती २४:१४; १ कोरिन्थी ११:३-६; तितस २:३-५; भजनसंग्रह ६८:११ तुलना गर्नुहोस्‌।

स्त्रीहरूको आदर गर भनेर पत्रुसले भन्दा वास्तवमा तिनले भन्‍ना खोजेको कुरा के थियो भन्‍नो अर्को सङ्‌केत २ पत्रुस १:१७ मा पाइन्छ। यहोवाले अरूको उपस्थितिमा आफ्नो स्वीकृति व्यक्‍त गर्नुभएर कसरी येशूको आदर गर्नुभयो भन्‍नो कुरा त्यस पदमा उल्लेख गरिएको हामी पाउँछौं। उहाँले यसो भन्‍नुभयो: “यिनी मेरो प्रिय पुत्र हुन्‌।” त्यस्तैगरि, पतिहरूले पनि आ–आफ्ना पत्नीहरूलाई दुवै सार्वजनिक तथा व्यक्‍तिगत रूपमा आदर दिन्छन्‌ भनी देखाउनु पर्छ।

जीवनको सजिया हकदार

इतिहासमा प्रायः पुरुषहरूले स्त्रीहरूलाई कम आदर र इज्जतको योग्य अर्थात्‌ एउटा दासी वा पुरुषहरूलाई खुशी पार्ने औजारको रूपमा हेरेका छन्‌। स्त्रीहरूको आदर गर्ने मसीही दृष्टिकोणले निस्सन्देह स्त्रीहरूलाई उच्च आदरको योग्य बनाउँछ। बार्न्स नोट्‌स अन द न्यु टेस्टामेन्टअनुसार पत्रुसको सल्लाहमा “स्त्रीबारे अति महत्त्वपूर्ण सत्य पाइन्छ। मसीही धर्ममा बाहेक अरू सबै धर्महरूमा स्त्रीहरूलाई पुरुषभन्दा तल्लो दर्जाको ठानिएको छ। तर . . . धर्मले दिने आशा र प्रातिज्ञाहरूमा स्त्रीहरूले भाग पाउनुपर्छ भनी मसीही धर्मले सिकाउँछ। . . . यो सत्यताले सबैतिर स्त्री जातिलाई अपमानित अवस्थादेखि उचाल्नेछ र मानवजातिका आधा कुप्राथाहरूको अन्त गर्नेछ।”

येशू स्त्री अनि पुरुष दुवैको मालिक हुनुभएकोले पतिहरूले गम्भीरतासाथ पत्नीहरूलाई येशूको सम्पत्ति सम्झेर कदर गर्नु पर्ने कारण छ। स्त्रीहरूलाई “निर्बल पात्र,” भनी सम्बोधन गरिसकेपछि पत्रुस अगाडि यसो भन्छन्‌: “त्यसैगरी जीवनको अनुग्रहको सजिया हकदारसमेत भएकोले . . . तिमीहरूका प्रार्थना नरोकिओस्‌।” (१ पत्रुस ३:७) पत्नीहरूलाई दुर्व्यवहार गरेमा पतिहरूले परमेश्‍वारसँगको सम्बन्ध बिगार्नेछ र तिनीहरूको प्रार्थना पनि रोकिनेछ भनेर पत्रुसले यहाँ सङ्‌केत दिए।

“निर्बल पात्र” भनेर सम्बोधन गर्नुको अर्थ कुनै पनि तरिकामा स्त्रीहरूको अपमान गर्नु होइन। यहोवाले पतिहरूलाई घरको शिर नियुक्‍त गर्नुभएको भए तापनि उहाँले कुनै रीतिले स्त्रीहरूलाई दुर्व्यवहार गर्न अनुमति दिनु भएको छैन। त्यसको सट्टा, उहाँले स्त्रीहरूलाई बुझेर तिनीहरूको हेरचाह र आदर गर्न पुरुषहरूलाई निर्देशन दिनुहुन्छ।

बाइबलले विवाहित तथा अविवाहित दुवै पुरुषहरूलाई स्त्रीहरूप्राति आदर गर्न र तिनीहरूलाई तल्लो दर्जाको व्यक्‍ति नसम्झन भनी निर्देशन दिएको छ। परमेश्‍वारको साँचो उपासना गर्ने र एक आपसमा इज्जत गर्ने पुरुष तथा स्त्रीहरूले परमेश्‍वारको हातबाट प्राशस्त आशिष्‌ पाउनेछन्‌।—१ कोरिन्थी ७:१६ तुलना गर्नुहोस्‌। (g94 10⁄8)

[पृष्ठ २६-मा भएको चित्रको स्रोत]

Miss G. E. K. / Artist: Alice D. Kellogg 1862-1900

Courtesy of Joanne W. Bowie

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने