प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख”
    जागा रहो!
    • “सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख”

      “सबै कुराको अन्त नजीकै आएको छ। . . . सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख।”—१ पत्रुस ४:७, ८.

      आफ्ना प्रेरितहरूसित बिताउने अन्तिम केही घण्टाहरू अनमोल हुनेछन्‌ भनेर येशूलाई थाह थियो। तिनीहरूसामु के छ भनेर उहाँलाई थाह थियो। तिनीहरूले धेरै काम गर्नुपर्ने थियो तर उहाँजस्तै तिनीहरू घृणाको पात्र हुने थिए र सताइने थिए। (यूहन्‍ना १५:१८-२०) त्यस अन्तिम रात उहाँले एक चोटि मात्र होइन तर धेरै चोटि प्रेरितहरूलाई “आपसमा प्रेम गर” भनेर सम्झाउनुभयो।—यूहन्‍ना १३:३४, ३५; १५:१२, १३, १७.

      २ त्यस रात उपस्थित प्रेरित पत्रुसले येशूले भन्‍नुभएको कुराको सार बुझे। वर्षौंपछि, यरूशलेमको विनाश हुनुभन्दा अलिक समयअघि पत्रुसले प्रेमको महत्त्वलाई जोड दिए। तिनले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “सबै कुराको अन्त नजीकै आएको छ। . . . सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख।” (१ पत्रुस ४:७, ८) यस वर्तमान रीतिरिवाजको “आखिरी दिनमा” बाँचिरहेकाहरूका लागि पत्रुसका शब्दहरू अत्यन्तै अर्थपूर्ण छन्‌। (२ तिमोथी ३:१) “प्रगाढ़ प्रेम” भनेको के हो? हामीले अरूप्रति यस्तो प्रेम राख्नु किन महत्त्वपूर्ण छ? अनि हामीमा साँच्चै यस्तो प्रेम छ भनेर कसरी देखाउन सक्छौं?

      “प्रगाढ़ प्रेम”—यो के हो?

      ३ धेरैको सोचाइमा प्रेम भनेको स्वाभाविक तवरमा निस्कनुपर्ने भावना हो। तर पत्रुसले जस्तोसुकै किसिमको प्रेमबारे कुरा गरिरहेका थिएनन्‌; तिनले सबैभन्दा उत्कृष्ट किसिमको प्रेमबारे बताइरहेका थिए। पहिलो पत्रुस ४:८ मा प्रयोग गरिएको “प्रेम” शब्द, युनानी शब्द अगापे-को अनुवाद हो। त्यो शब्दले सिद्धान्तमा आधारित वा सिद्धान्तको निर्देशनमा चल्ने निस्स्वार्थ प्रेमलाई बुझाउँछ। एउटा सन्दर्भ-स्रोतअनुसार यस्तो प्रकारको प्रेमलाई आदेश दिन सकिन्छ किनभने यो एउटा भावना मात्र होइन तर मानिसलाई कुनै एउटा मार्गतर्फ डोऱ्‍याउने कटिबद्धता हो। हामीसित जन्मजात स्वार्थी झुकाव भएको हुँदा एकअर्कालाई प्रेम देखाउन र ईश्‍वरीय सिद्धान्तले निर्देशन दिने तरिकामा त्यो प्रेम देखाउन हामीलाई सम्झौटाहरू चाहिन्छ।—उत्पत्ति ८:२१; रोमी ५:१२.

      ४ यसको मतलब कर्तव्यबोधले गर्दा मात्र हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ भनेको होइन। अगापे भनेको कठोर र भावनारहित हुँदैन। हामीले “आपसमा प्रगाढ़ [शाब्दिक अर्थमा, “तन्काउने”] प्रेम” राख्नै पर्छ भनी पत्रुसले भने।a (किङडम इन्टरलिनियर) तर त्यस्तो प्रेम देखाउन प्रयास गर्नुपर्छ। “प्रगाढ़” भनी अनुवाद गरिएको युनानी शब्दबारे एक जना शास्त्रविद्‌ यसो भन्छन्‌: “यो शब्दले, दौडमा भाग लिइरहेका एक जना धावकले अन्तिम रेखा पुग्नुअघि आफूसित बाँकी भएभरको बल लगाएर मांसपेशीहरू तन्काइरहेको दृश्‍यलाई चित्रण गर्छ।”

      ५ त्यसकारण सजिलै गर्न सकिने कुराहरू मात्र गर्न वा थोरै व्यक्‍तिहरूमा मात्र केन्द्रित हुने गरी हाम्रो प्रेम सीमित हुनु हुँदैन। मसीही प्रेम देखाउन हाम्रो हृदय “तन्काउनुपर्छ” अनि कठिन अवस्थामा समेत प्रेम देखाउन अग्रसर हुनुपर्छ। (२ कोरिन्थी ६:११-१३) स्पष्टतः यस्तो प्रकारको प्रेम देखाउन यसको खेती गर्नुपर्छ अनि मेहनत गर्नुपर्छ जसरी एक जना धावकले आफ्नो क्षमता तिखार्न प्रशिक्षण र मेहनत गर्नै पर्छ। हामीले एक-आपसमा यस्तो प्रेम राख्नु अत्यावश्‍यक छ। किन? कम्तीमा तीनवटा कारणको लागि।

  • “सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख”
    जागा रहो!
    • ७ दोस्रो, हामीले खाँचोमा परेका हाम्रा भाइहरूलाई अहिले अझ बढ्‌ता प्रेम गर्नु विशेष गरी अत्यावश्‍यक छ किनभने “सबै कुराको अन्त नजीकै आएको छ।” (१ पत्रुस ४:७) हामी “डरलाग्दो समय[मा]” बाँचिरहेका छौं। (२ तिमोथी ३:१) विश्‍वको परिस्थिति, प्राकृतिक प्रकोप र विरोधले हामीमाथि कठिनाइ थोपर्छ। कठिन परिस्थितिमा हामी एकअर्कासित अझ घनिष्ठ हुनु अत्यावश्‍यक छ। प्रगाढ प्रेमले हामीलाई आपसमा एकतामा बाँध्नेछ अनि ‘एउटाले अर्कोको वास्ता राख्न’ उत्प्रेरित गर्नेछ।—१ कोरिन्थी १२:२५, २६.

      ८ तेस्रो, हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ किनभने हाम्रो नाजायज फाइदा उठाउने “शैतानलाई मौका” दिन हामी चाहँदैनौं। (एफिसी ४:२७) सँगी विश्‍वासीहरूका असिद्धताहरू जस्तै कमजोरी, त्रुटि र गल्तीहरू चलाएर हामीलाई ठोकर दिन लगाउन शैतान चङ्‌खो छ। के सँगी विश्‍वासीको लापरवाह बोली वा निदर्यी कार्यले गर्दा हामी मण्डलीबाट अलग्गिनेछौं? (हितोपदेश १२:१८) आपसमा प्रगाढ प्रेम छ भने हामी अलग्गिनेछैनौं! त्यस्तो प्रेमले हामीलाई शान्ति कायम गर्न अनि “काँधमा काँध मिलाएर” एकताबद्ध भई परमेश्‍वरको सेवा गर्न मदत गर्नेछ।—सपन्याह ३:९, NRV.

  • “सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख”
    जागा रहो!
    • १३ प्रेमले हामीलाई अरूका कमीकमजोरीहरूको वास्ता नगर्न उत्प्रेरित गर्छ। आफ्ना पाठकहरूलाई “आपसमा प्रगाढ़ प्रेम राख” भनी सल्लाह दिंदा पत्रुसले यो यत्तिको महत्त्वपूर्ण हुनुको कारण यसरी बताए: “किनभने प्रेमलेनै असंख्य पापहरू ढाक्‍तछ।” (१ पत्रुस ४:८) पापहरू ‘ढाक्नु’ भनेको गम्भीर पापहरू ‘ढाकछोप’ गर्नु होइन। त्यस्ता गम्भीर पापहरू रिपोर्ट गर्नु उचित हो अनि त्यो मण्डलीका जिम्मेवार व्यक्‍तिहरूले सँभाल्छन्‌। (लेवी ५:१; हितोपदेश २९:२४) घोर पाप गर्ने व्यक्‍तिहरूले निर्दोष व्यक्‍तिहरूलाई चित्त दुखाउन वा चोट पुऱ्‍याउन दिइरहनु भनेको असाध्यै निर्दयी र गैरशास्त्रीय कुरा हुनेछ।—१ कोरिन्थी ५:९-१३.

      १४ प्रायजसो अवस्थामा सँगी विश्‍वासीहरूका गल्ती तथा दोषहरू सानातिना हुन्छन्‌। हामी कहिलेकाहीं वचन वा काममा चुक्छौं अनि अरूलाई निराश तुल्याउनुका साथै चित्तसमेत दुखाउँछौं। (याकूब ३:२) के हामीले अरूका कमीकमजोरीहरूबारे सबैलाई ढ्‌वाङ फुक्दै हिंड्‌नुपर्छ र? त्यस्तो बाटो अपनायौं भने मण्डलीमा केवल मतभेद सृजना हुनेछ। (एफिसी ४:१-३) हामी प्रेमअनुसार चल्छौं भने सँगी उपासकको दोषबारे बताएर उसको “निन्दा” गर्नेछैनौं। (भजन ५०:२०) भित्ताको कमीकमजोरीलाई प्लास्टर र रङले ढाकेझैं प्रेमले अरूका असिद्धताहरू ढाक्छ।—हितोपदेश १७:९.

  • “सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख”
    जागा रहो!
    • a अन्य बाइबल अनुवादहरूले १ पत्रुस ४:८ मा हामीले आपसमा “निष्कपट,” “गहिरो,” वा “साँचो” प्रेम गर्नै पर्छ भनेर बताएका छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने