-
तपाईंको सारा फिक्री यहोवामाथि सुम्पनुहोस्प्रहरीधरहरा—१९९४ | नोभेम्बर १
-
-
८ पत्रुसले अझै भने: “यसकारण, परमेश्वरका बलवान बाहुलीमनि तिमीहरूले आफैलाई नम्र तुल्याओ, र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ। सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंड़छ। तिमीहरू आफ्नो विश्वासमा दह्रो भएर यस संसारमा भएका तिमीहरूका दाज्यूभाइहरूले पनि यही कष्ट भोगिरहेका छन् भन्ने जानेर त्यसको विरोध गर। औ सबै अनुग्रहको परमेश्वर, जसले तिमीहरूलाई ख्रीष्टमा आफ्नो अनन्त महिमामा बोलाउनुभयो, तिमीहरूले केही बेर दुःख भोगेपछि उहाँ आफैले तिमीहरूलाई सुधार्नुहुनेछ, स्थिर गराउनुहुनेछ र बलियो गराउनुहुनेछ। उहाँलाईनै पराक्रम र शक्ति सदा सर्वदै भइरहोस्। आमिन।”—१ पत्रुस ५:६-११.
-
-
तपाईंको सारा फिक्री यहोवामाथि सुम्पनुहोस्प्रहरीधरहरा—१९९४ | नोभेम्बर १
-
-
१० फिक्रीको सामना गर्न हामीलाई मदत दिन सक्ने तीन वटा गुणहरू १ पत्रुस ५:६, ७ ले सङ्केत गर्छ। एउटा हो, विनम्रता अथवा “विनय।” धीरजको आवश्यकतालाई सङ्केत गर्दै “समयमा” भन्ने अभिव्यक्तिसाथ पद ६ टुङ्याइएको छ। ‘परमेश्वरले हाम्रो फिक्री गर्नुहुने’ हुनाले ढुक्क भएर हामीले सारा फिक्री उहाँमाथि सुम्पन सक्छौं भनी पद ७ ले देखाउँछ र ती शब्दहरूले यहोवामाथि पूर्ण भरोसा राख्न प्रोत्साहन दिन्छ। त्यसकारण आउनुहोस्, विनम्रता, धीरज र परमेश्वरमाथि पूर्ण भरोसाले फिक्रीलाई कसरी कम गर्न मदत दिन्छ हेरौं।
विनम्रताले कसरी मदत दिन सक्छ
११ हामी नम्र छौं भने परमेश्वरका विचारहरू हाम्राभन्दा धेरै श्रेष्ठ छन् भनी मानी लिन्छौं। (यशैया ५५:८, ९) विनम्रताले हामीलाई यहोवाको सर्वव्यापी दृष्टिको तुलनामा हाम्रो सीमित सोचाइलाई स्वीकार्न मदत दिन्छ। हामीले बुझ्न नसक्ने कुराहरू पनि उहाँले देख्नुहुन्छ भनेर धर्मी मानिस अय्यूबसित सम्बन्धित घटनाबाट देखिन्छ। (अय्यूब १:७-१२; २:१-६) “परमेश्वरको बलवान बाहुलीमनि” आफूलाई नम्र तुल्याउँदा हामीले सर्वोच्च सार्वभौमको भन्दा आफ्नो तल्लो स्थानलाई मानी लिइरहेका हुन्छौं। फलतः उहाँले अनुमति दिनुहुने परिस्थितिको सामना गर्न त्यसले मदत दिन्छ। हाम्रो हृदयले तत्काल छुटकाराको लालसा गर्न सक्छ तर यहोवाका गुणहरू पूर्ण सन्तुलनमा भएकोले हाम्रो खातिर कहिले र कसरी काम गर्नुपर्ने भनेर उहाँलाई यथार्थ कुरा थाहा छ। त्यसैले, हाम्रा फिक्रीहरूको सामना गर्न यहोवाले मदत गर्नुहुनेछ भनी निर्धक्क भएर साना बालकहरूझैं हामी उहाँको बलवान बाहुलीलाई नम्रतापूर्वक पक्री राखौं।—यशैया ४१:८-१३.
१२ विनम्रतामा परमेश्वरको वचनको सल्लाह अपनाउने इच्छुकता समाविष्ट छ, जसले फिक्रीलाई प्रायजसो कम गर्न सक्छ। उदाहरणको लागि, भौतिक कुराहरूको पछि दौड्नाले हामीलाई फिक्री भइरहेको छ भने पावलको सल्लाहलाई ध्यान दिनु बेस हुनेछ: “रूपियाँ-पैसाको लोभबाट अलग बस। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट रहो। किनकि उहाँ [परमेश्वर] आफैले भन्नुभएको छ, ‘म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।’” (हिब्रू १३:५) नम्रतापूर्वक उक्त सल्लाह पालन गर्दा भौतिक सुरक्षा प्राप्त गर्ने ठूलो फिक्रीबाट धेरैले आफूलाई मुक्त गरेका छन्। त्यसो गर्दा तिनीहरूको आर्थिक अवस्था त सुध्रेन होला तर आध्यात्मिक घात पुऱ्याउने गरी तिनीहरूको सोचाइमाथि त्यसले प्रभुत्त्व जमाउँदैन।
धीरजको भूमिका
१३ पहिलो पत्रुस ५:६ मा “समयमा” भन्ने अभिव्यक्तिले धैर्यपूर्वक सहने आवश्यकतालाई बोध गराउँछ। कहिलेकाहीं निकै लामो समयसम्म समस्या रहिरहँदा हाम्रो फिक्री बढ्न सक्छ। विशेषगरि त्यस्तो परिस्थितिमा हामीले आफ्नो फिक्री यहोवाको हातमा छोड्नुपर्छ। चेला याकूबले यसप्रकार लेखे: “हामी ता धीरज धर्नेहरूलाई धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अन्त्य पनि देखेकै छौ, कि प्रभु कस्तो टिठाइमा भरिपूर र कृपालु हुनुहुन्छ।” (याकूब ५:११) अय्यूबले आर्थिक नोक्सानी, दश छोराछोरीहरूको मृत्यु, घिनलाग्दो रोग र झूटा सान्त्वनादाताहरूको गलत आरोप सहनु पऱ्यो। त्यस्तो परिस्थितिमा केही हदसम्म फिक्री हुनु स्वाभाविक हो।
१४ जस्तोसुकै अवस्थामा धीरज धारण गर्ने सम्बन्धमा अय्यूब उदाहरणीय थिए। हामीमाथि विश्वासको कठोर परीक्षा भइरहेको छ भने अय्यूबले जस्तै हामीले पनि छुटकाराको लागि पर्खिनु पर्ने हुन सक्छ। तर अन्ततः अय्यूबलाई कठिनाइबाट छुटकारा अनि प्रशस्त आशिष् दिनुभएर परमेश्वरले उनको खातिर अवश्य कदम चाल्नुभयो। (अय्यूब ४२:१०-१७) धीरजी भएर यहोवामा पर्खिरहनाले हाम्रो सहनशीलता बढ्छ र त्यसले उहाँप्रति हाम्रो भक्तिको गहराइलाई प्रकट गर्छ।—याकूब १:२-४.
-