-
क्यापडोसिया—जहाँ मानिसहरू हावा र पानीले कुँदेका घरहरूमा बस्थेप्रहरीधरहरा—२००४ | जुलाई १५
-
-
प्रेरित पत्रुसले क्यापडोसियाबारे बताए। आफ्नो पहिलो प्रेरित पत्रमा उनले “क्यापडोसिया . . . मा परदेशी भई बसेकाहरू[लाई]” पनि सम्बोधन गरे। (१ पत्रुस १:१) क्यापडोसिया कस्तो ठाउँ थियो? यहाँका बासिन्दाहरू किन ढुङ्गाले कुँदेका घरहरूमा बस्थे? तिनीहरूले कसरी मसीहीधर्मबारे जाने?
-
-
क्यापडोसिया—जहाँ मानिसहरू हावा र पानीले कुँदेका घरहरूमा बस्थेप्रहरीधरहरा—२००४ | जुलाई १५
-
-
सा.यु.पू. दोस्रो शताब्दीसम्ममा क्यापडोसियामा यहूदी बस्तीहरू बस्न थालिसकेको थियो। अनि सा.यु. ३३ मा यस क्षेत्रका यहूदीहरू यरूशलेममा उपस्थित थिए। तिनीहरू त्यहाँ पेन्तिकोसको चाड मनाउन आएका थिए। त्यसैले, पवित्र-आत्मा खन्याइसकिएपछि प्रेरित पत्रुसले क्यापडोसियाली यहूदीहरूलाई प्रचार गरे। (प्रेरित २:१-९) कसै-कसैले उनको सन्देश ग्रहण गरेजस्तो देखिन्छ अनि तिनीहरूले आफूले पाएको नयाँ विश्वास आ-आफ्नो घरमा लिएर फर्के। त्यसैले पत्रुसले आफ्नो पहिलो पत्रमा क्यापडोसियाली मसीहीहरूलाई सम्बोधन गरे।
-