प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w98 ६/१ pp. ३-४
  • गिल्ला गर्नेहरूदेखि सावधान!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गिल्ला गर्नेहरूदेखि सावधान!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के सबथोक जस्ताको तस्तै छ?
  • यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • “परमप्रभुको भयानक दिन नजिकै छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • धैर्यसाथ पर्खनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • के तपाईं “यहोवाको व्यवस्थामानै” प्रसन्‍न रहनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
w98 ६/१ pp. ३-४

गिल्ला गर्नेहरूदेखि सावधान!

आजभोलि पूर्वानुमान लगाउनेहरूको कुनै कमी छैन। अनि वर्तमान परिस्थिति विचार गरेर भविष्यवाणी गर्ने व्यापार फस्टाउँदैछ। लन्डनको द डेली टेलिग्राफ-ले यस्तो निष्कर्ष निकाल्यो, “सन्‌ २००० झन्‌ झन्‌ नजिकिंदै आइरहेको बेला केही यस्ता घटनाहरू भइरहेछन्‌, जुन अनौठा छन्‌ तर अप्रत्याशित भने होइनन्‌। संसारभरका मानिसहरू भविष्य सनसनीपूर्ण तथा अक्सर डरलाग्दो हुने कल्पना गर्न थालिसकेका छन्‌।” यसरी भविष्यप्रति निकै चासो लिनु परिवर्तन होला भन्‍ने अपूरो आशा सिवाय केही होइन भन्‍ने धारणा धेरैजसो पर्यवेक्षकहरूले राखेका छन्‌।

उन्‍नाइसौं शताब्दीमा घोडागाडीहरूको प्रयोग बढ्‌दा युरोपेली शहरहरू पछि गएर घोडाको लिदीले भरिने पूर्वानुमान एक पुरुषले गरे। तर तिनको पूर्वानुमान गलत साबित भयो। अतः पूर्वानुमानहरू अक्सर असफल हुने कुरालाई जोड दिंदै लन्डनको द टाइम्स-ले यस्तो शीर्षक दियो: “भविष्य घोडाको लिदी मात्र हो।”

अरू चाहिं भावी खतराको आभास पाउनेहरूको गिल्ला गर्छन्‌। उदाहरणका लागि, सं.रा. विश्‍वविद्यालयका व्यापारसम्बन्धी एक प्राध्यापक वातावरण खस्कँदै गएको छ भनी चेताउनी दिनेहरूसित के भविष्य झनै नराम्रो हुँदै गयो त भनेर सोध्छन्‌। न्यु साइन्टिस्ट पत्रिकामा रिपोर्ट गरिएबमोजिम तिनले “हाम्रो जीवनस्तर राम्रो हुँदै गएको छ, अतः उन्‍नति भइरहनेछ” भन्‍ने दाबी गरे।

दाबीमाथि दाबीको गोलमालबीच धेरैजसो त केही पनि परिवर्तन हुनेछैन, सबथोक जस्ताको तस्तै रहनेछ भन्‍ने विश्‍वास गर्छन्‌। मानव कामकुरामा ईश्‍वरीय हस्तक्षेप हुने कुनै पनि सोचाइलाई गिल्ला गर्दै तिनीहरू सा.यु. प्रथम शताब्दीका गिल्ला गर्नेहरूको जस्तै मनोभाव प्रकट गर्छन्‌।

के सबथोक जस्ताको तस्तै छ?

मसीही प्रेरित पत्रुसले प्रेरणा पाएर सा.यु. ६४ तिर दोस्रो पत्र लेखेका थिए। त्यहाँ तिनले यसरी चेताउनी दिए: “पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा . . . आउनेछन्‌।”—२ पत्रुस ३:३.

गिल्ला गर्नेहरू आफूले गरेको गिल्ला हास्यास्पद देखियोस्‌ भन्‍ने चाहन्छन्‌। गिल्ला गर्नेहरूको गिल्ला चुपचाप स्वीकार्नेहरू पासोमा फसिरहेका हुनसक्छन्‌ किनकि गिल्ला गर्नेले आफ्ना श्रोताहरूले अक्सर उसको विचार समर्थन गरेको चाहन्छ। पत्रुसले सतर्क रहनु भनेका कोही कोही गिल्ला गर्नेहरू “तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउने[हरू]” जस्ता हुनसक्थे। आफ्ना पाठकहरूलाई सजग गराउन प्रेरित पत्रुस सशक्‍त भाव व्यक्‍त गर्छन्‌। “गिल्ला गर्नेहरू गिल्ला गर्दै” आउनेछन्‌ भनेर तिनी चेताउनी दिन्छन्‌।

यी प्रथम शताब्दीका गिल्ला गर्नेहरूले ख्रीष्टको “आगमनको प्रतिज्ञा[को]” वास्तविकतामा शंका गर्दै यसो भने: “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखिनै सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्‌।” (२ पत्रुस ३:४) तिनीहरूलाई त्यस्तै लागेको थियो। यद्यपि, सा.यु. ३३ मा येशूले यरूशलेम शहरको विध्वंसबारे भविष्यवाणी गर्नुभएको थियो। उहाँले घोषणा गर्नुभयो, “तँमाथि ती दिन आउनेछन्‌, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन्‌ र सबैतिरबाट तँलाई थुनिराख्नेछन्‌, र तँलाई र तँभित्र भएका बाल-बच्चाहरूलाई जमीनमा पछार्नेछन्‌, औ ढुङ्‌गामाथि ढुङ्‌गा पनि छोड़िनेछैन।” यस चेताउनीलाई हाँसोमा उडाउनेहरूले कत्रो भूल गरे! सा.यु. ७० मा रोमी सिपाहीहरूले यरूशलेम कब्जा गरे र त्यहाँका बासिन्दाहरूलाई मारेर शहर तहसनहस गरे। अधिकांश शहरवासीहरू त्यस विपत्तिको सामना गर्न किन तयार नभएका? किनकि परमेश्‍वरले आफ्ना पुत्र येशू ख्रीष्ट मार्फत तिनीहरूमाथि गर्नुभएको कृपादृष्टि तिनीहरूले बुझ्नसकेनन्‌।—लूका १९:४३, ४४.

प्रेरित पत्रुस सर्वशक्‍तिमान्‌ परमेश्‍वरले भविष्यमा गर्नुहुने हस्तक्षेपबारे पनि उल्लेख गर्छन्‌। तिनी चेताउनी दिन्छन्‌, “प्रभुको दिन चोर जस्तैगरी आउनेछ।” (२ पत्रुस ३:१०) त्यसबेला परमेश्‍वरले अभक्‍तहरूलाई पृथ्वीबाटै हटाउनुहुनेछ र धर्मी ठहराइएकाहरूलाई मात्र जोगाउनुहुनेछ। ख्रीष्टको “उपस्थिति” १९१४ मा सुरु भयो भनेर यस पत्रिकाले अक्सर व्याख्या गर्दै आएको छ। तर उहाँले परमेश्‍वरको न्यायकर्ताको रूपमा दुष्टता हटाउने काम चाहिं गर्न बाँकी नै छ। अतः प्रेरित पत्रुसले गिल्ला गर्नेहरूदेखि होसियार रहन दिएको चेताउनी स्वीकार्नु आज हाम्रो समयमा अत्यावश्‍यक छ।

मानिसका प्रयासहरूमा ईश्‍वरीय हस्तक्षेप कहिले हुने होला भनेर तपाईंले पर्खनुभएको निकै समय भइसक्यो। गिल्ला गर्नेहरूको पासोमा नफसी धैर्यसाथ पर्खिरहन तपाईंलाई कुन कुराले मदत गर्नेछ? कृपया, यसपछिको लेख पनि पढ्‌नुहोस्‌।

[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]

“तँमाथि ती दिन आउनेछन्‌, जब तेरा शत्रुहरूले . . . घेरा हाल्नेछन्‌ र सबैतिरबाट तँलाई थुनिराख्नेछन्‌, . . . औ ढुङ्‌गामाथि ढुङ्‌गा पनि छोड़िनेछैन।” यो हाँसोमा उडाउने चेताउनी थिएन। रोमी सिपाहीहरूले यरूशलेमका बासिन्दाहरूलाई मारेर शहरलाई तहसनहस पारे।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने