प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ८/१ pp. २५-२९
  • तपाईंमा प्रशस्तगरी आत्मसंयम होस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तपाईंमा प्रशस्तगरी आत्मसंयम होस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • महत्त्वपूर्ण छ तर सजिलो छैन
  • हाम्रा भावनाहरूको सम्बन्धमा आत्मसंयम
  • तपाईंका भावनाहरू अनि तपाईंका भाइहरू
  • यो सम्भव छ!
  • इनाम जित्न, आत्मसंयमी हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • तपाईंको ज्ञानमा आत्मसंयम थप्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • आत्मसंयम विकास गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • आत्मसंयम—यहोवाको अनुमोदन पाउन अत्यावश्‍यक गुण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ८/१ pp. २५-२९

तपाईंमा प्रशस्तगरी आत्मसंयम होस्‌

“तिमीहरूको विश्‍वासमा . . . संयम [आत्मसंयम न्यु व०] . . . थप।—२ पत्रुस १:५, ६.

१. एकजना मसीहीले कस्तो अनौठो परिस्थितिमा पनि साक्षी दिनु पर्न सक्छ?

येशूले यसो भन्‍नुभयो: “तिनीहरूलाई र अन्यजातिहरूलाई साक्षीको निम्ति मेरो खातिर हाकिमहरू र राजाहरूका सामुन्‍ने तिमीहरूलाई खडा गराउनेछन्‌।” (मत्ती १०:१८) तपाईंलाई पनि त्यस्तैगरी कुनै राज्यपाल, न्यायाधीश वा राष्ट्रपतिको सामुन्‍ने खडा गऱ्‍यो भने तपाईं के बोल्नुहुन्छ? शायद आफूमाथि लगाइएको आरोप र त्यहाँ तपाईं किन हुनुहुन्छ भन्‍ने विषयमा नै सबैभन्दा पहिला भन्‍नुहुन्छ होला। परमेश्‍वरको आत्माले तपाईंलाई ती कुराहरू बोल्न मदत गर्नेछ। (लूका १२:११, १२) तर आत्मसंयमको विषयमा बोल्नु, के तपाईं त्यसको कल्पना गर्नुसक्नुहुन्छ? के त्यसलाई तपाईं हाम्रो मसीही समाचारको एउटा महत्त्वपूर्ण भाग ठान्‍नुहुन्छ?

२, ३. (क) फेलिक्स र द्रूसिल्लालाई पावलले कसरी साक्षी दिन पुगे? (ख) त्यस प्रकारको परिस्थितिमा पावलले आत्मसंयमको विषयमा कुरा गर्नु किन सुहाउँदो थियो?

२ सत्य घटनामा आधारित एउटा उदाहरणलाई विचार गर्नुहोस्‌। यहोवाका एक जना साक्षीलाई गिरफ्तार गरेर अदालत समक्ष ल्याइयो। बोल्ने मौका दिइँदा तिनी एकजना मसीही, एकजना साक्षीको हैसियतमा आफ्नो विश्‍वासको विषयमा बोल्न चाहन्थे। तपाईंले यस घटनाको रेकर्डलाई जाँच्नुभयो भने त्यस व्यक्‍तिले “धार्मिकता, संयम [आत्मसंयम न्यु व०] र पछि हुने इन्साफको विषयमा” तर्कसङ्‌गत गवाही दिएको पाउनु हुनेछ। हामी यहाँ सिजरियामा प्रेरित पावलको अनुभवको कुरा गर्दैछौं। सुरुमा तिनलाई पुछताछ गरियो। “केही दिनपछि, जब फेलिक्स उनकी यहूदी स्वास्नी द्रूसिल्लालाई साथ लिएर आए, तब तिनले पावलललाई बोलाएर ख्रीष्ट येशूमाथिको विश्‍वासको बारेमा तिनीबाट सुने।” (प्रेरित २४:२४) फेलिक्सले “एउटा दासको सम्पूर्ण कौशलताकासाथ राजाको शक्‍तिलाई चलाउँदै, हर प्रकारको क्रूरता र कामुकताको अभ्यास गरे” भनेर इतिहासले भन्दछ। (परमेश्‍वरको नियमको उल्लङ्‌घन गर्दै) आफ्नो पतिलाई पारपाचुके गरेर आफ्नो तेस्रो पत्नी बन्‍न द्रूसिल्लालाई मनाउन अघि फेलिक्सले दुई पटक विवाह गरिसकेका थिए। शायद त्यस नयाँ धर्म अर्थात्‌ मसीही धर्मबारे सुन्‍न चाहने व्यक्‍ति द्रूसिल्ला नै हुनसक्छिन्‌।

३ पावलले “धार्मिकता, संयम [आत्मसंयम न्यु व०] र पछि हुने इन्साफको विषयमा बहस” गरे। (प्रेरित २४:२५) फेलिक्स र द्रूसिल्ला भागिदार भएको क्रूरता र अन्याय र परमेश्‍वरको उच्च स्तरीय नैतिक स्तरहरू बीचको भिन्‍नतालाई यसले स्पष्ट गर्ने थियो। शायद आफ्नो मुद्दाको इन्साफ गर्न फेलिक्सलाई प्रभावित पार्न सक्छु कि भनेर पावलले आशा गरेको हुनसक्छ। तर “संयम [आत्मसंयम न्यु व०] र पछि हुने इन्साफको विषयमा” बहस गर्नु के आवश्‍यकता थियो र? “ख्रीष्ट येशूमाथिको विश्‍वास”-मा कुन कुरा सम्मिलित छ भनेर त्यस अनैतिक दम्पती सोधपूछ गर्दैथियो। अतः उहाँको मार्गमा चल्न आफ्नो विचार, बोली र कामलाई नियन्त्रणमा राख्नु आवश्‍यक छ भनेर त्यस दम्पतीले जान्‍नु जरुरी थियो र आत्मसंयमको अर्थ पनि त्यही नै हो। आफ्नो सोचाइ, वचन र कामका लागि सबै मानिसहरू परमेश्‍वरको सामने जवाफदेही छन्‌। यसर्थ पावलको मुद्दा सम्बन्धी फेलिक्सले गर्ने कुनै पनि न्यायभन्दा परमेश्‍वरको सामने त्यस राज्यपाल र तिनकी पत्नीले सामना गर्नुपरेको न्याय अझ महत्त्वपूर्ण थियो। (प्रेरित १७:३०, ३१; रोमी १४:१०-१२) स्वाभाविकतः पावलको समाचार सुनेर “फेलिक्स डराए।”

महत्त्वपूर्ण छ तर सजिलो छैन

४. किन आत्मसंयम मसीही धर्मको एउटा महत्त्वपूर्ण भाग हो?

४ आत्मसंयम मसीही धर्मको एउटा अत्यावश्‍यक तत्त्व हो भनेर प्रेरित पावललाई थाहा थियो। येशूको एक जना नजिकका मित्र, प्रेरित पत्रुसले पनि त्यस कुरालाई समर्थन गरे। स्वर्गमा “ईश्‍वरीय स्वभावको सम्भागी” हुनेहरूलाई पत्रुसले पत्र लेख्दा विश्‍वास, प्रेम र आत्मसंयम जस्ता केही विशेष गुणहरूलाई प्रकट गर्न तिनीहरूलाई आग्रह गरे। यसर्थ यस आश्‍वासनसँग आत्मसंयम सम्मिलित थियो: “यी कुराहरू तिमीहरूमा प्रशस्तसँग छन्‌ भने हाम्रा प्रभु येशू ख्रीष्ट चिन्‍ने ज्ञानमा तिनीहरूले तिमीहरूलाई बेकम्मा र निष्फल तुल्याउनेछैनन्‌।”—२ पत्रुस १:१, ४-८.

५. अरू कुराहरूमा भन्दा हामी किन आत्मसंयमको विषयमा चिन्तित हुनुपर्छ?

५ तथापि, आत्मसंयमलाई प्रकट गर्नुपर्छ भन्‍नु सजिलो भए तापनि त्यसलाई साँच्चै नै आफ्नो दैनिक जीवनमा प्रयोगमा ल्याउनु भने कति गाह्रो कुरा हो भनेर तपाईंलाई थाहै छ। यसो हुनुको एउटा कारण अरू गुणहरूको दाँजोमा आत्मसंयम ज्यादै कम पाइने भएकोले पनि हो। “आखिरी दिन”-को हाम्रो समयमा कस्तो मनोवृती व्याप्त हुनेछ भनेर पावलले २ तिमोथी ३:१-५ मा वर्णन गरे। हाम्रो समयलाई चित्रण गर्ने विशेषताहरू मध्ये एउटा त्यससमय धेरैजना “असंयमी” हुनेछन्‌।। के हाम्रो वरपर हामी यस्तै प्रकारका व्यक्‍तिहरू पाउँदैनौं र?

६. आज हाम्रो समयमा आत्मसंयमको कमी कसरी प्रकट भइरहेको छ?

६ “आफ्नो भावनालाई कुनै रोकटोक नगरिकन प्रकट गर्नु” वा “रीस पोखाउनु” स्वस्थकर कुरो हो भनेर धेरै मानिसहरू विश्‍वास गर्छन्‌। तिनीहरूको यस विचारधारालाई आदर्श मानिएका लोकप्रिय व्यक्‍तिहरूले बल दिएको छ। यस्ता व्यक्‍तिहरू कुनै कुरामा पनि आत्मसंयम देखाउँदैनन्‌ र आफ्ना आवेग पूरा गर्नमा व्यस्त रहन्छन्‌। उदाहरणका लागि पेशेवर खेलहरू मनपर्ने धेरै जसो व्यक्‍तिहरू जथाभावी पोखाइएको भावना र हिंस्रक क्रोधसँग समेत अभ्यस्त भइसकेका छन्‌। खेल प्रतियोगिताहरूमा हिंसात्मक भीडन्त वा हुलदङ्‌गा भएको कुरा पत्रिकाहरूबाट मात्र भए पनि के तपाईं कुनै घटना याद गर्न सक्नुहुन्‍न र? यद्यपि, असंयमताको कमीका उदाहरणहरूलाई पुनरावोलकन गर्न हामीले बढ्‌ता समय लगाउनुपर्छ भनेर हामीले भन्‍न खोजेका होइनौं। हामीले आत्मसंयम देखाउनुपर्ने थुप्रै क्षेत्रहरूको तपाईं आफैले नै सूची बनाउन सक्नुहुन्छ, जस्तै—भोजन र मद्यपान, विपरित लिङ्‌गीसँगको हाम्रो व्यवहार र आफ्ना शौखहरूमा खर्च गरिएको समय र पैसा। आत्मसंयम देखाउनुपर्ने थुप्रै यस्ता क्षेत्रहरूलाई सतही रूपमा मात्र हेर्नको सट्टा आउनुहोस्‌ हामीले आत्मसंयम देखाउनु पर्ने एउटा मुख्य क्षेत्रलाई जाँच गरौं।

हाम्रा भावनाहरूको सम्बन्धमा आत्मसंयम

७. आत्मसंयमको कुन चाहिं पक्ष विशेष विचारणीय छ?

७ हामीमध्ये धेरै जना आफ्ना क्रियाकलापहरूलाई व्यवस्थित वा नियन्त्रण गर्न केही हदसम्म सफल भएका छन्‌। हामीहरू अनैतिकतामा लाग्दैनौं, चोरी वा हत्या गर्देनौं; र यस्ता खराब कामहरूको सम्बन्धमा परमेश्‍वरको नियमले के भन्छ त्यो पनि हामीलाई थाहा छ। यद्यपि हाम्रा भावनाहरूलाई नियन्त्रण गर्ने सम्बन्धमा हामी कतिको सफल छौं? भावनात्मक आत्मसंयमको खेती नगर्ने व्यक्‍तिहरूले समयमा आफ्नो क्रियाकलापहरूमा पनि प्रायः आत्मसंयम हराउँछन्‌। अतः आफ्ना भावनाहरूमाथि हामी ध्यान दिऔं।

८. हाम्रा भावनाहरूको सम्बन्धमा यहोवा हामीबाट के आशा गर्नुहुन्छ?

८ कुनै भावना प्रकट नगर्ने र भावना नै नभएको यन्त्र मानव जस्तो हामीहरू होस्‌ भनेर यहोवा परमेश्‍वर आशा गर्नुहुन्‍न। लाजरस चिहानमा हुँदा येशू “आत्मामा अति विचलित भएर दुःखित” हुनुभयो। त्यसपछि उहाँ “रूनुभयो।” (यूहन्‍ना ११:३२-३८) आफूलाई पूर्ण नियन्त्रणमा राखेर मन्दिरका सराफीहरूलाई धपाउँदा येशूले बेग्लै प्रकारको भावना देखाउनु भयो। (मत्ती २१:१२, १३; यूहन्‍ना २:१४-१७) उहाँका वफादार चेलाहरूले पनि आफ्ना गहिरा भावनाहरू पोखे। (लूका १०:१७; २४:४१; यूहन्‍ना १६:२०-२२; प्रेरित ११:२३; १२: १२-१४; २०:३६-३८; ३ यूहन्‍ना ४) यद्यपि, आफ्ना भावनाहरूलाई पापतर्फ डोऱ्‍याउन नदिन तिनीहरूले आत्मसंयमको आवश्‍यकता महसुस गरे। यस कुरालाई एफिसी ४:२६-ले यसरी स्पष्ट पार्दछ: “क्रोध गर, तर पाप नगर, घाम अस्ताउन अघिनै तिमीहरूको रीस मरोस्‌।”

९. हाम्रा भावनाहरूलाई नियन्त्रणमा राख्नु किन त्यति महत्त्वपूर्ण छ?

९ एक जना मसीहीले आत्मसंयम देखाइरहेको जस्तो देखिएला तर भित्र भने उसका भावनाहरू नियन्त्रणबाट बाहिर गइरहेको हुनसक्छ। यो पनि एउटा खतराको कुरा हो। हाबिलले चढाएको बलिलाई परमेश्‍वरले स्वीकार्नु हुँदा कयिनले देखाएको प्रतिक्रियालाई याद गर्नुहोस्‌: “कयिन ज्यादै रिसाए, र तिनको मुख अँध्यारो भयो। तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, ‘तँ किन रिसाउँछस्‌? तेरो मुख किन अँध्यारो छ? तैंले असल गरिस्‌ भने तँ ग्रहणयोग्य हुँदैनस्‌ र? यदि तैंले असल गरेनस्‌ भनेता पाप ढोकैमा ढुकिबस्छ।’” (उत्पत्ति ४:५-७) कयिनले आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न सकेन र तिनले हाबिलको हत्या गरे। यसप्रकार अनियन्त्रित भावनाहरूले अनियन्त्रित कामहरू तर्फ डोऱ्‍यायो।

१०. हामानको उदाहरणबाट तपाईंले के सिक्नुहुन्छ?

१० मोर्दकै र एस्तरको समयलाई पनि विचार गर्नुहोस्‌। मोर्दकैले झुकेर दण्डवत्‌ गरेन भनेर अफिसर हामान रिसाए। पछि आफूले अनुमोदन पाउनेछु भन्‍ने गलत अनुमान लगाए। “त्यसदिन हामान रमाउदै र मनमा खुशी हुँदै गए। तर जब तिनले मोर्दकैलाई दरवारमा हाजिर भएका र तिनका सामने झुकेर तिनलाई आदर पनि नगरेको देखे तब तिनी रिसले चूर भए। तर आफैलाई सह्‍मालेर तिनी घर गए।” (एस्तर ५:९, १०) तिनी तुरुन्त खुशी भए। यद्यपि आफूले द्वेष राखेको व्यक्‍तिको अनुहार देख्नासाथ तिनी तुरुन्त क्रोधित भए। हामानले ‘आफैले सह्‍माले’ भनेर बाइबलमा लेखिएको कुराले के हामान आत्मसंयमका लागि उदाहरणिय व्यक्‍ति थिए भनेर देखाउँछ? कदापि, देखाउँदैन। क्षणभरको लागि हामानले आफ्नो काम र कुनै भावना प्रकट गर्नदेखि आफूलाई नियन्त्रण गरे तापनि आफ्नो डाही रिसलाई भने तिनले रोक्न सकेनन्‌। तिनको यही भावनाले गर्दा तिनले हत्याको योजना बनाए।

११. फिलिप्पीको मण्डलीमा कुन चाहिं समस्या थियो र कुन कुराले गर्दा त्यसो भएको हुनसक्छ?

११ त्यस्तैगरी आज पनि आफ्ना भावनाहरूलाई नियन्त्रण नगर्दा मसीहीहरूलाई ठूलो हानि हुनसक्छ। ‘हाम्रो मण्डलीमा त्यस्तो समस्या कहाँ हुन्छ र’ भनेर कसैले सोच्न सक्छ। तर त्यस्तो भएको छ। फिलिप्पीका दुई जना अभिषिक्‍त मसीहीहरू बीच गम्भीर मनमुटाव भएको थियो। बाइबलले त्यसको कारण नबताएता पनि सम्भाव्यताको रूपमा यस वर्णनलाई विचार गर्नुहोस्‌: इयोदियाले भोजन वा रमाइलो भेटघाटको लागि केही भाइ-बहिनीहरूलाई बोलाइन्‌। तर सिन्तकेलाई बोलाइएको थिएन त्यसकारण तिनको मनमा ठेस लाग्यो। शायद अर्को पटक इयोदियालाई नबोलाएर तिनले यसको साटो फेरिन्‌ होला। पछि दुवै जनाले एक-अर्काको गल्तीहरू कोट्याउन थाले; समय बित्दै जाँदा कुरा गर्न पनि छाडिदिए। यस्ता परिस्थितिमा के भोजनका लागि ननिम्त्याइनु नै मुख्य समस्या थियो र? थिएन। त्यो त एउटा समस्या सुरु गर्ने झिल्को मात्र थियो। यी दुई अभिषिक्‍त बहिनीहरूले आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न नसक्दा त्यो सानो झिल्कोले ज्वालाको रूप लियो। तिनीहरूको मनमुटाव बढ्‌दै गएर अन्तमा प्रेरितहरूले समेत हस्तक्षेप गर्नुपऱ्‍यो।—फिलिप्पी ४:२, ३.

तपाईंका भावनाहरू अनि तपाईंका भाइहरू

१२. परमेश्‍वरले उपदेशक ७:९-मा लेखिएको सल्लाह हामीलाई किन दिनुहुन्छ?

१२ हो, आफूलाई अरूहरूले बेवास्ता गर्दा, मनमा ठेस लाग्दा वा कसैले पक्षपाती व्यवहार गर्दा आफ्नो भावनाहरूलाई वशमा राख्नु गाह्रो हुन्छ। यहोवा यी कुराहरूलाई बुझ्नुहुन्छ किनभने मानिसको सुरुआतदेखि उहाँले मानव सम्बन्धलाई देख्नुभएको छ। त्यसैकारण परमेश्‍वर हामीलाई यसो भनेर सल्लाह दिनुहुन्छ: “रीस देखाउन छिटो नगर, किनभने रीस मूर्खको मनमा हुन्छ।” (उपदेशक ७:९) परमेश्‍वरले भावनालाईभन्दा कामलाई पहिलो स्थान दिनुहुन्छ भन्‍ने कुरालाई विचार गर्नुहोस्‌। (हितोपदेश १४:१७; १६:३२; याकूब १:१९) अतः आफैलाई सोध्नुहोस, ‘मेरा भावनाहरूलाई नियन्त्रण गर्ने सम्बन्धमा के मैले अझ बढी ध्यान दिनुपर्छ कि?’

१३, १४. (क) भावनाहरूमाथि नियन्त्रण गर्न नसक्दा यस संसारमा प्राय कुन कुराहरूको वृद्धि हुन्छ? (ख) कुन कुराले गर्दा एक जना मसीहीले द्वेष राख्न सक्छ?

१३ आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्न नसक्ने यस संसारका धेरै व्यक्‍तिहरू बैर राख्न थाल्छन्‌। तिनीहरू आफू र आफ्ना नातेदारहरूमाथि लगाइएको वास्तविक वा कल्पित दोषका लागि कटु र गहिरो दुश्‍मनी समेत राख्छन्‌। एक पटक भावनाहरू नियन्त्रण बाहिर हुनासाथ त्यसले लामो समयसम्म हानिकारक प्रभाव पारिरहनसक्छ। (उत्पत्ति ३४:१-७, २५-२७; ४९:५-७; २ शमूएल २:१७-२३; ३:२३-३०; हितोपदेश २६:२४-२६ सँग तुलना गर्नुहोस्‌।) निस्सन्देह जुनसुकै राष्ट्रिय वा सांस्कृतिक पृष्ठभूमिको भए तापनि मसीहीहरूले यस्ता कटु दुश्‍मनी र द्वेषलाई गलत, खराब र टाढा बस्नु पर्ने कुराको रूपमा देख्नुपर्छ। (लेवी १९:१७) द्वेषदेखि टाढा बस्ने कुरालाई के तपाईं आफ्ना भावनाहरूमाथि देखाउनु पर्ने आत्मसंयमको भाग सम्झनु हुन्छ?

१४ आफ्ना भावनाहरूलाई नियन्त्रण राख्न नसक्दा इयोदिया र सिन्तकेलाई भए झैं अहिले पनि समस्याहरू हुनसक्छ। विवाह भोजमा ननिम्त्याइँदा अथवा आफ्नो छोरा-छोरी वा काका, मामाको सन्तानलाई समावेश नगराइदाँ एक जना बहिनीले आफू उपेक्षित भएको महसुस गर्न सक्छिन्‌। अथवा एक जना भाइले अर्को भाइसँग किनेको पुरानो मोटर, किनेको केही दिनमै बिग्रन सकिन्छ। कारण जे सुकै भए तापनि त्यसले मनमा ठेस पुऱ्‍याउँछ, भावनाहरू नियन्त्रणमा राखिदैंनन्‌ र त्यसमा समावेश हुने जति विचलित हुन्छन्‌। त्यसपछि के हुनसक्छ?

१५. (क) मसीहीहरू बीचको आपसी द्वेषले गर्दा कस्ता दुःखलाग्दा परिणामहरू भएका छन्‌? (ख) द्वेष राख्ने झुकावको सम्बन्धमा बाइबलले के सल्लाह दिन्छ?

१५ एक जना विचलित व्यक्‍तिले आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न थालेन र आफ्नो भाइसँग मेलमिलाप गर्न सुरु गरेन भने द्वेष बढ्‌दै जानसक्छ। मण्डली पुस्तक अध्ययनमा उपस्थित हुने कुनै मसीही वा परिवार आफूलाई “मन नपरेको हुँदा” त्यस अध्ययन समूहमा आफूलाई नखटाइओस्‌ भनेर एक जना मसीहीले आग्रह गरेको घटनाहरू छन्‌। कस्तो दुःखलाग्दो कुरा! मसीहीहरू भएर एक-अर्कालाई अदालतमा लैजानु एउटा हारको कुरा हो भनेर बाइबलले बताउँछ। तर बितेको समयमा आफू र आफ्नो कुनै नातेदारमाथि गरेको अशिष्ट व्यवहार वा टिप्पणीको कारण एउटा भाइदेखि तर्किनु पनि के त्यतिकै हारको कुरा होइन र? आफ्ना भाइ-बहिनीहरूसित मेलमिलाप गर्नु भन्दा रगतको नाता पर्ने व्यक्‍तिहरूलाई हामी बढी मान्यता दिन्छौं भनेर के हाम्रो भावनाहरूले देखाउँछ? हाम्रा बहिनीहरूका निम्ति मर्न पनि तयार छौं भनेर, अहिले चाहिं आफ्नो भावनाहरूको कारण के हामी तिनीसित बोल्न समेत बोल्दैनौं? (यूहन्‍ना १५:१३ सँग तुलना गर्नुहोस्‌।) परमेश्‍वर तोकेर हामीलाई यसो भन्‍नुहुन्छ: “कसैलाई खराबको बदला खराब नगर। . . . हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो। हे प्रिय हो, बदला नलेओ।”—रोमी १२:१७-१९; १ कोरिन्थी ६:७.

१६. भावनाहरूको सम्बन्धमा अब्राहामले कुन असल उदाहरण दिए?

१६ आफ्ना भावनाहरूलाई पुनः नियन्त्रण गर्ने एउटा तरिका मेलमिलाप गर्नु वा गुनासोको कारणलाई समाधान गर्नु हो। अब्राहामका पशुहरूको ठूलो बगाल र लुतको बगाललाई जमीन पर्याप्त नहुँदा तिनीहरूले भाडामा लिएका कामदारहरू बीच झगडा भएको कुरालाई सम्झनुहोस्‌। के अब्राहामले आफ्ना भावनाहरूलाई आफूलाई वशमा पार्ने मौका दियो? वा तिनले आत्मसंयम देखाए? प्रशसंनिय कुरा, यस व्यापारिक कलहका लागि तिनले शान्तिमय समाधान अर्थात्‌ दुवैले भिन्दा-भिन्दै इलाका लिने सुझाव दिए। र लूतलाई नै तिनले पहिलो छान्‍ने मौका दिए। आफूसँग कुनै कटु भावना वा द्वेष छैन भन्‍ने कुरा देखाउँदै तिनले पछि लूतका लागि युद्ध पनि लडिदिए।—उत्पत्ति १३:५-१२; १४:१३-१६.

१७. पावल र बर्णाबास कसरी एक पटक चुके तर त्यसपछि तिनीहरूले के गरे?

१७ पावल र बर्णाबाश बीच घटेको घटनाबाट पनि हामी आत्मसंयमको विषयमा सिक्नसक्छौं। निकै वर्ष सँगसँगै काम गरिसकेपछि एक पटक मर्कूसलाई सँगै यात्रामा लाने कि नलाने भन्‍ने कुरामा तिनीहरू असहमत भए। “औ तिनीहरूको बीचमा यति चर्को मतभेद भयो, कि तिनीहरू एक अर्काबाट छुट्टिए, र बर्णाबासले मर्कूसलाई साथमा लिएर साइप्रसतिर समुद्र यात्रा गरे।” (प्रेरित १५:३९) त्यस परिस्थितिमा यी परिपक्व व्यक्‍तिहरूले आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न नसकेको कुराले हाम्रो निम्ति चेतावनीको काम गर्नुपर्ने हो। तिनीहरूलाई त त्यस्तो भयो भने हामीलाई पनि त्यस्तै हुनसक्छ। यद्यपि, तिनीहरूले पछिसम्म फाटो वा बैरी बढ्‌न दिएनन्‌। समस्यामा मुछिएका यी दुई भाइहरूले आफ्नो भावनाहरूमाथि पुनःनियन्त्रण पाए र पछि फेरि मेलमिलापका साथ काम गरे भनेर बाइबलको रेकर्डले देखाउँछ।—कलस्सी ४:१०; २ तिमोथी ४:११.

१८. मनमा ठेस पुगेको छ भने परिपक्व मसीहीले के गर्न सक्छ?

१८ परमेश्‍वरका मानिसहरू बीच पनि मनमा ठेस पुग्न वा आपसमा द्वेष हुनसक्छ भनेर हामी आशा गर्नसक्छौं। हिब्रू र प्रेरितहरूको समयमा त्यस्तो हुने गर्थ्यो। र अहिले हाम्रो समयमा पनि यहोवाका सेवकहरू बीच त्यस्तो भएको छ किनभने हामी सबै जना असिद्ध छौं। (याकूब ३:२) भाइहरू बीच भएको यस्ता समस्याहरूलाई तुरुन्त समाधान गरिहाल्न येशूले आफ्ना अनुयायीहरूलाई आग्रह गर्नुभयो। (मत्ती ५:२३-२५) तर समस्या हुनु अगावै आफ्नो आत्मसंयम बढाएर त्यसदेखि बच्नु झन्‌ राम्रो कुरा हो। तपाईंको भाइ वा बहिनीले गरेको वा बोलेको सानो कुराले गर्दा तपाईं उपेक्षित वा रिसाउनु भएको छ भने आफ्ना भावनाहरूलाई नियन्त्रण गर्दै त्यसलाई किन बिर्सनु हुन्‍न? एक जनाले गल्ती मानि नलिएसम्म तपाईं को चित्त नबुझ्ला तर त्यस व्यक्‍तिको सामना गर्नु के साँच्चै नै आवश्‍यक छ र? आफ्ना भावनाहरूलाई तपाईं कतिको नियन्त्रण गर्दै हुनुहुन्छ?

यो सम्भव छ!

१९. आफ्ना भावनाहरूलाई नियन्त्रण गर्नेमाथि हाम्रो छलफल केन्द्रित हुनु किन सुहाउँदो छ?

१९ हामीले आत्मसंयमको मुख्यतः एउटा पक्ष अर्थात्‌ हाम्रा भावनाहरूलाई नियन्त्रण गर्ने कुरामाथि छलफल गऱ्‍यौं। र त्यो एउटा मुख्य क्षेत्र पनि हो किनभने हाम्रा भावनाहरूलाई नियन्त्रण गर्न सकेनौं भने हाम्रो जिब्रो, लैङ्‌गिक इच्छा, खानेकुरा र हामीले आत्मसंयम देखाउनु पर्ने जीवनका अन्य पक्षहरूलाई हामी नियन्त्रण गर्न सक्दैनौं। (१ कोरिन्थी ७:८, ९; याकूब ३:५-१०) तर हिम्मत नहार्नुहोस्‌ किनभने तपाईं आफ्नो आत्मसंयमलाई कायम राख्न उन्‍नति गर्दै जान सक्नुहुन्छ।

२०. उन्‍नति गर्न सम्भव छ भनेर हामी कसरी निश्‍चिन्त हुनसक्छौं?

२० यहोवा हामीलाई मदत गर्न इच्छुक हुनुहुन्छ। तर हामी कसरी निश्‍चिन्त हुनसक्छौं? प्रथमतः उहाँको आत्माको एउटा फल नै आत्मसंयम हो। (गलाती ५:२२, २३) यसर्थ, यहोवाबाट आउने पवित्र आत्माको फल फलाउन र त्यस आत्माको लागि योग्य ठहरिन र त्यसलाई प्राप्त गर्न हामी जुन हदसम्म परिश्रम गर्छौं, त्यही हदसम्म आत्मसंयमी हुने आशा गर्न सक्छौं। येशूले दिनुभएको यस आश्‍वासनलाई कहिल्यै नबिर्सनुहोस्‌: “तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्‌ता गरेर पवित्र आत्मा दिनुहुनेछ।”—लूका ११:१३; १ यूहन्‍ना ५:१४, १५.

२१. तपाईंका भावनाहरू र आत्मसंयमको सम्बन्धमा भविष्यमा के गर्दै हुनुहुन्छ?

२१ त्यसो गर्नु सजिलो हुनेछ भनी आशा नगर्नुहोस्‌। आफ्ना भावनाहरूलाई अनियन्त्रित छाड्‌नेहरू बीच हुर्किएका व्यक्‍तिहरू, चाँडै रिसाउनेहरू र कहिल्यै आत्मसंयम देखाउने कोशिश नगरेकाहरूकालागि आत्मसंयम देखाउनु गाह्रो पर्नसक्छ। त्यस प्रकारका एक जना मसीहीका लागि प्रशस्तगरी आत्मसंयम देखाउनु एउटा वास्तविक चुनौती हुनसक्छ। यद्यपि, त्यो असम्भव भने छैन। (१ कोरिन्थी ९:२४-२७) हामी जसै वर्तमान रीतिरिवाजको अन्तको नजिक नजिक पुग्दै जान्छौं, तनाव र दबावहरू पनि बढ्‌दै जानेछ। हामीलाई कम होइन तर झनै बढ्‌ता आत्मसंयमको आवश्‍यकता पर्नेछ! अतः तपाईंलाई कुन कुरामा आत्मसंयम चाहिएको छ आफैलाई जाँचेर हेर्नुहोस्‌। त्यस्तो कुनै क्षेत्र पाउनु भयो भने, त्यसमा उन्‍नति गर्न थाल्नुहोस्‌। (भजनसंग्रह १३९:२३, २४) परमेश्‍वरसँग अझ बढी उहाँका आत्मा माग्नुहोस्‌। तपाईंमा प्रशस्तगरी आत्मसंयम होस्‌ भनेर उहाँले तपाईंको प्रार्थनालाई सुन्‍नुहुनेछ र तपाईंलाई मदत गर्नुहुनेछ —२ पत्रुस १:५-८. (w93 8/15)

पूनर्विचार गर्नुपर्ने बुँदाहरू

▫ आफ्नो भावनाहरूलाई नियन्त्रण गर्नु किन अति आवश्‍यक छ?

▫ हामान अनि इयोदिया र सिन्तकेको उदाहरणबाट तपाईंले के सिक्नुभयो?

▫ रीस उठ्‌ने त्यस्तै कुनै कुरा भयो भने तपाईंले इमानदारीका साथ के गर्ने कोशिश गर्नुहुन्छ?

▫ कुनै द्वेष नराख्न आत्मसंयमले तपाईंलाई कसरी मदत गर्नसक्छ?

[पृष्ठ २६-मा भएको चित्र]

फेलिक्स र द्रूसिल्लाको सामने पावलले धार्मिकता र आत्मसंयमको विषयमा बोले

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने