प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 ६/१५ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मिल्दोजुल्दो सामग्री
  • भविष्यवाणी गरिएअनुसार सबै कुरा नयाँ तुल्याउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • नयाँ संसार–के तपाईं त्यहाँ हुनुहुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसार
    जागा रहो!
  • स्वर्ग के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 ६/१५ p. ३१

पाठकहरूका प्रश्‍नहरू

न्यु वर्ल्ड ट्रान्सलेशन-को २ पत्रुस ३:१३ मा “नयाँ स्वर्गहरू [बहुवचन] र नयाँ पृथ्वी[बारे]” उल्लेख गरिएको छ जबकि प्रकाश २१:१ मा भने “नयाँ आकाश [एकवचन] र नयाँ पृथ्वी[बारे]” मात्र भविष्यवाणी गरिएको छ, त्यस्तो किन होला?

विशेष गरी मूल भाषामा प्रयोग गरिएको व्याकरणले गर्दा त्यसो भएको हो। एकवचन र बहुवचन हुनको खासै केही अर्थ छैन।

सर्वप्रथम हिब्रू धर्मशास्त्रमा ध्यान दिनुहोस्‌। मूल भाषाको पदमा प्रयोग गरिएको हिब्रू शब्द शाम्मायीम-को अर्थ सधैं “स्वर्ग(हरू)” अथवा “आकाश(हरू)” हुन्छ। यहाँ प्रयोग गरिएको बहुवचनले “टाढा वा अन्तरिक्षमा विस्तारित” भन्‍ने अर्थ बुझाउँछ वा “अनगिन्ती विभिन्‍न भागहरूले बनेको सग्लो” भन्‍ने बोध गराउँछ। अन्तरिक्ष पृथ्वीको चारैतिर फैलिएको र त्यसमा खरबौं तारा भएकोले यो कुरा बुझ्न सकिन्छ। शाम्मायीम-को अघि वर्णात्मक विशेषण (अंग्रेजी, द) छ भने न्यु वर्ल्ड ट्रान्सलेशन-ले सधैं त्यसलाई यशैया ६६:२२-मा जस्तै “आकाशहरू” अथवा “स्वर्गहरू” [बहुवचन] भनेर अनुवाद गर्छ। तर शाम्मायीम-को अघि कुनै वर्णात्मक विशेषण छैन भने त्यसलाई (उत्पत्ति १:८; १४:१९, २२; भजन ६९:३४ आदिमा जस्तै “आकाश” वा “स्वर्ग”) एकवचन वा (उत्पत्ति ४९:२५; न्यायकर्त्ता ५:४; अय्यूब ९:८; यशैया ६५:१७ आदिमा जस्तै “आकाशहरू” वा “स्वर्गहरू”) बहुवचन दुवै रूपमा अनुवाद गरिन्छ।

यशैया ६५:१७ र ६६:२२ दुवै ठाउँमा स्वर्ग वा आकाशको निम्ति प्रयोग गरिने हिब्रू शब्दको बहुवचन रूप प्रयोग गरिएको छ र एकरूपता ल्याउँदै “नयाँ आकाशहरू र [वा, द] नयाँ पृथ्वी” अनुवाद गरिएको छ।

युनानी शब्द ऊरानस-को अर्थ “स्वर्ग” वा “आकाश” हो र यसको बहुवचन ऊरानी-को अर्थ “स्वर्गहरू” वा “आकाशहरू” हुन्छ। चाखलाग्दो कुरा के छ भने, युनानी सेप्टुआजिन्ट-ले यशैया ६५:१७ र ६६:२२ दुवै ठाउँमा एकवचन रूप प्रयोग गरेको छ।

त्यसो भए, मसीही युनानी धर्मशास्त्रको दुई ठाउँमा प्रयोग गरिएको वाक्यांश, “नयाँ स्वर्ग [अथवा स्वर्गहरू ] र नयाँ पृथ्वी[को]” सम्बन्धमा के भन्‍न सकिन्छ?

दोस्रो पत्रुस ३:१३ मा प्रेरित पत्रुसले युनानी बहुवचन प्रयोग गरे। यस पदका केही पदअघि (पद ७, १०, १२) बहुवचन प्रयोग गर्दै तिनले वर्तमान दुष्ट “आकाशहरू” वा “स्वर्गहरू[बारे]” बताए। त्यसकारण, एकरूपताका लागि तिनले पद १३ मा पनि बहुवचन रूप नै प्रयोग गरे। यसबाहेक, तिनले यशैया ६५:१७ बाट पनि उद्धरण गरिरहेका थिए जस्तो देखिन्छ। उक्‍त पदमा हिब्रू भाषाको बहुवचन रूप प्रयोग गरिएको छ र २ पत्रुस २:२२ मा हितोपदेश २६:११ को हिब्रू पद उद्धरण गर्दा पनि बहुवचन नै प्रयोग गरिएको छ। यसरी पत्रुसले “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्गहरू [बहुवचन] र नयाँ पृथ्वीको बोटो हेर्छौं” भने।

योभन्दा अलि भिन्‍न तरिकामा प्रकाश २१:१ मा प्रेरित यूहन्‍नाले सेप्टुआजिन्ट-बाट यशैया ६५:१७ को अनुवाद प्रयोग गरेको प्रस्टै देखिन्छ किनकि यहाँ “स्वर्ग” वा “आकाशको” निम्ति एकवचन रूप प्रयोग गरिएको छ। त्यसकारण, यूहन्‍नाले यसो लेखे: “मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी ता बितिहाले।”

यी अनुवादसित सम्बन्धित व्याकरणीय विवरण हुन्‌। “नयाँ आकाशहरू” (नयाँ स्वर्गहरू) वा “नयाँ आकाश” (नयाँ स्वर्ग) जे सुकै भने तापनि वा पढिए तापनि यिनीहरूको अर्थमा खासै भिन्‍नता छैन। जुनसुकै रूप प्रयोग गरिए तापनि अर्थ आखिर एउटै हो।

[पृष्ठ ३१-मा भएको चित्रको स्रोत]

Stars: Frank Zullo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने