प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बाइबल—परमेश्‍वरले हाम्रो लागि दिनुभएको सन्देश
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • १. बाइबल मानिसहरूले लेखेका हुन्‌ भने यसलाई किन परमेश्‍वरको सन्देश भन्‍न सकिन्छ?

      बाइबल ४० जनाजति मानिसले लेखेका हुन्‌। यो लेख्न लगभग १ हजार ६ सय वर्ष लाग्यो। यसको पहिलो किताब लगभग ३ हजार ५ सय वर्षअघि र अन्तिम किताब लगभग १ हजार ९ सय वर्षअघि लेखियो। बाइबल लेख्ने मानिसहरूको पृष्ठभूमि फरकफरक थियो। जस्तै: कोही धनी र पढे-लेखेका थिए भने कोहीचाहिँ गरिब र साधारण थिए। तैपनि यसमा भएको कुरा आपसमा मेल खान्छ। यसो हुन सक्नुको कारण के हो? यो परमेश्‍वरको वचन भएकोले हो। (१ थिस्सलोनिकी २:१३ पढ्‌नुहोस्‌।) बाइबल लेख्ने मानिसहरूले आफ्नै विचार लेखेनन्‌। बरु “पवित्र शक्‍तिबाट उत्प्रेरित भएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोल्थे।”a (२ पत्रुस १:२१) परमेश्‍वरले आफ्ना विचारहरू लेख्न मानिसहरूलाई पवित्र शक्‍तिद्वारा प्रेरणा दिनुभयो।—२ तिमोथि ३:१६.

  • यहोवा कस्तो परमेश्‍वर हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ४. पवित्र शक्‍ति—परमेश्‍वरको सक्रिय शक्‍ति

      चित्रहरूको सँगालो: परमेश्‍वरको पवित्र शक्‍तिका कामहरू। १. ग्रहहरू र ब्रह्‍माण्ड। २. बाइबलको एक जना लेखक परमेश्‍वरको प्रेरणा पाएर उहाँको विचार मुठामा लेख्दै छन्‌।

      हामी काम गर्न हात चलाउँछौँ भने यहोवा पवित्र शक्‍ति चलाउनुहुन्छ। बाइबलले बताएअनुसार पवित्र शक्‍ति कुनै व्यक्‍ति नभई परमेश्‍वरले विभिन्‍न काम गर्न चलाउनुहुने शक्‍ति हो। लुका ११:१३ र प्रेषित २:१७ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • परमेश्‍वरसित पवित्र शक्‍ति माग्नेहरूमाथि उहाँले त्यो ‘खन्याउनुहुनेछ।’ त्यसोभए पवित्र शक्‍ति कुनै व्यक्‍ति हो कि परमेश्‍वरको सक्रिय शक्‍ति? तपाईँलाई किन त्यस्तो लाग्छ?

      यहोवा पवित्र शक्‍ति चलाएर अचम्मलाग्दा काम गर्नुहुन्छ। भजन १०४:३० र २ पत्रुस १:२०, २१ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवाले पवित्र शक्‍ति चलाएर के-के गर्नुभएको छ?

      चित्रहरूको सँगालो: परमेश्‍वरको पवित्र शक्‍तिका कामहरू। १. ग्रहहरू र ब्रह्‍माण्ड। २. बाइबलको एक जना लेखक परमेश्‍वरको प्रेरणा पाएर उहाँको विचार मुठामा लेख्दै छन्‌।
नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने