प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 १२/१ pp. ३०-३२
  • यूहन्‍ना र यहूदाको पत्रका विशेषताहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यूहन्‍ना र यहूदाको पत्रका विशेषताहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ज्योति, प्रेम र विश्‍वासमा हिंडिरहनुहोस्‌
  • (१ यूह. १:१–५:२१)
  • ‘सत्यमा चलिरहनुहोस्‌’
  • (२ यूह. १-१३)
  • “सत्यको सहकर्मी” हुनुहोस्‌
  • (३ यूह. १-१४)
  • “आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड”
  • (यहू. १-२५)
  • विश्‍वास, आचरण र प्रेमसम्बन्धी सल्लाह
    बाइबल—यसले दिने सन्देश के हो?
  • “विश्‍वासको निम्ति उत्कटसाथ लड”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • सत्यमा हिँडिरहनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • धर्मत्यागीहरू देखि होसियार!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 १२/१ pp. ३०-३२

यहोवाको वचन जीवित छ

यूहन्‍ना र यहूदाको पत्रका विशेषताहरू

सम्भवतः इस्वी संवत्‌ ९८ मा एफिससबाट यूहन्‍नाले लेखेका तीन पत्र प्रेरित धर्मशास्त्रको अन्तिम पुस्तकहरूमध्ये पर्छन्‌। पहिलो दुइटा पत्रमा ख्रीष्टियानहरूलाई ज्योतिमा हिंड्‌न र धर्मत्यागको अतिक्रमण विरुद्ध लड्‌न प्रोत्साहन दिइएको छ। तेस्रो पत्रमा यूहन्‍नाले ख्रीष्टियानहरूलाई सत्यमा हिंड्‌न मात्र नभई मिलेर काम गर्न पनि प्रोत्साहन दिएका छन्‌।

येशूका सौतेनी भाइ यहूदाले इस्वी संवत्‌ ६५ तिर प्यालेस्टाइनबाट लेखेको पत्रमा सँगी ख्रीष्टियानहरूलाई मण्डलीमा घुसेका दुष्टहरूबारे होसियार गराउनुका साथै खराब प्रभावको प्रतिरोध गर्न सल्लाह दिएका छन्‌। यूहन्‍नाका तीन वटा र यहूदाको पत्रमा ध्यान दिंदा हामी बाधा-अड्‌चनको बाबजुद विश्‍वासमा बलियो रहन मदत पाउन सक्छौं।—हिब्रू ४:१२.

ज्योति, प्रेम र विश्‍वासमा हिंडिरहनुहोस्‌

(१ यूह. १:१–५:२१)

ख्रीष्टसँग मिलापमा रहेका सम्पूर्ण मानिसहरूलाई मनमा राख्दै लेखिएको यूहन्‍नाको पहिलो पत्रमा ख्रीष्टियानहरूलाई धर्मत्याग विरुद्ध अडान लिन अनि सत्यता र धार्मिकताको खातिर स्थिर रहन मदत दिंदै असल सल्लाह दिइएको छ। यूहन्‍नाले ज्योति, प्रेम र विश्‍वासमा हिंडिरहनुपर्ने कुरामा जोड दिएका छन्‌।

यूहन्‍ना लेख्छन्‌: “जस्तो [परमेश्‍वर] ज्योतिमा हुनुहुन्छ, हामी पनि ज्योतिमै हिंड्‌छौं भनेता एउटासँग अर्काको हाम्रो सङ्‌गति हुन्छ।” अनि परमेश्‍वर प्रेमको स्रोत हुनुभएकोले तिनी यस्तो लेख्छन्‌: “हामी एउटाले अर्कोलाई प्रेम गरौं।” ‘परमेश्‍वरबाटको प्रेमले’ हामी “उहाँका आज्ञा पालन” गर्न उत्प्रेरित हुन्छौं भने यहोवा परमेश्‍वर, उहाँको वचन र उहाँको पुत्रप्रतिको “विश्‍वास”-ले चाहिं संसारमाथि विजयी हुन्छौं।—१ यूह. १:७; ४:७; ५:३, ४.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:२; ४:१०—येशू कसरी “हाम्रा पापको निम्ति प्रायश्‍चित हुनुहुन्छ”? यहाँ उहाँको मृत्यु प्रायश्‍चित हो भन्‍नुको अर्थ “शान्त पार्नु” वा “रिझाउनु” हो। येशू हाम्रो पापको निम्ति प्रायश्‍चित हुनुहुन्छ यो अर्थमा भन्‍न सकिन्छ कि उहाँको बलिदानले सिद्ध न्यायको मागलाई शान्त वा सन्तुष्ट पारिदियो। त्यस बलिदानको आधारमा परमेश्‍वरले येशूमा विश्‍वास गर्नेहरूलाई दया र तिनीहरूको पापको क्षमा दिन सक्नुहुन्छ।—यूह. ३:१६; रोमी ६:२३.

२:७, ८—यूहन्‍नाले कुन “पुरानो” र “नयाँ” आज्ञाबारे कुरा गर्दैथिए? तिनले आत्मत्यागी भातृप्रेमको आज्ञाबारे कुरा गर्दै थिए। (यूह. १३:३४) तिनले पहिलो प्रेरित पत्र लेख्नुभन्दा झन्डै ६० वर्षअघि येशूले यो आज्ञा दिनुभएको थियो। त्यसैले यस आज्ञालाई तिनले “पुरानो” भनेका हुन्‌। ख्रीष्टियानहरूलाई विश्‍वासी भएदेखि अर्थात्‌ “शुरूदेखि” नै यो आज्ञा थाह थियो। अनि यो आज्ञामा “आफ्नो छिमेकीसँग आफैलाई झैं प्रेम गर” मात्र नभनी आत्मत्यागी प्रेम देखाउन भनिएकोले यसलाई “नयाँ” पनि भनिएको हो।—लेवी १९:१८; यूह. १५:१२, १३.

३:२—अभिषिक्‍त ख्रीष्टियानहरूलाई के “प्रकट भएको छैन” र कसलाई तिनीहरूले ‘जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछन्‌’? तिनीहरूलाई अहिलेसम्म प्रकट नगरिएको कुरा आत्मिक पुनरुत्थान भएपछि तिनीहरूको शरीर कस्तो हुनेछ भन्‍ने हो। (फिलि. ३:२०, २१) तर तिनीहरूलाई के कुरा थाह छ भने, ‘जब [परमेश्‍वर] प्रकट हुनुहुन्छ, तब [तिनीहरू] उहाँजस्तै हुनेछन्‌, किनकि उहाँ जस्तो हुनुहुन्छ’ अर्थात्‌ “आत्मा,” तिनीहरूले ‘उहाँलाई त्यस्तै देख्नेछन्‌।’—२ कोरि. ३:१७, १८.

५:५-८—“येशूनै परमेश्‍वरका पुत्र हुनुहुन्छ” भनी पानी, रगत र आत्माले कसरी गवाही दियो? येशूले पानीमा बप्तिस्मा लिनुहुँदा यहोवा आफैले यिनी मेरो प्यारो पुत्र हुन्‌ भनी अनुमोदन व्यक्‍त गर्नुभएकोले पानीले गवाही दियो। (मत्ती ३:१७) “सबैको छुटकाराको मोलको निम्ति” चढाइएको येशूको रगत अर्थात्‌ जीवनले पनि येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी देखायो। (१ तिमो. २:५, ६) अनि येशूको बप्तिस्माको बेला पवित्र आत्माले येशूमाथि ओर्लेर उहाँ परमेश्‍वरको पुत्र हुनुहुन्छ भनी प्रमाणित गऱ्‍यो र यही कारणले गर्दा “उहाँ[ले] सुकर्म गर्दै र शैतानबाट पेलिएका सबैलाई निको” पार्न सक्नुभयो।—यूह. १:२९-३४; प्रेरि. १०:३८.

हाम्रो लागि पाठ:

२:९-११; ३:१५. यदि ख्रीष्टियानले कुनै कुरा वा कोही व्यक्‍तिले गर्दा भ्रातृप्रेम त्याग्छ भने तिनी आध्यात्मिक अन्धकारमा हिंडिरहेका हुन्छन्‌, आफू कतातिर लागिरहेको छु त्यो तिनलाई थाह हुँदैन।

‘सत्यमा चलिरहनुहोस्‌’

(२ यूह. १-१३)

“म, धर्म-गुरुबाट, चुनिएकी महिला र तिनका बालबच्चाहरूलाई” भनी यूहन्‍नाले आफ्नो दोस्रो पत्र सुरु गर्छन्‌। “[तिनका] केटा-केटीहरूमध्ये कुनै-कुनैलाई . . . सत्यमा चलेको . . . भेट्टाएकोले” यूहन्‍ना खुसी व्यक्‍त गर्छन्‌।—२ यूह. १, ४.

प्रेम विकास गर्न प्रोत्साहन दिएपछि यूहन्‍ना यस्तो लेख्छन्‌: “उहाँका आज्ञाबमोजिम चल्नुनै प्रेम हो।” “भ्रममा पार्ने र ख्रीष्ट विरोधी”-बारे पनि यूहन्‍ना होसियार गराउँछन्‌।—२ यूह. ५-७.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१, १३—“चुनिएकी महिला” को हुन्‌? यूहन्‍नाले कोही एक महिलालाई ‘किरिया’ भनेर सम्बोधन गरेको हुन सक्छ जसको अर्थ युनानीमा “महिला” हो। अथवा विरोधीहरूलाई अलमलमा पार्न तिनले कुनै मण्डलीलाई सम्बोधन गर्न अलङ्‌कार चलाएको हुन सक्छ। यदि मण्डलीलाई सम्बोधन गरेको हो भने तिनका बालबच्चाहरूले मण्डलीका सदस्यहरू र “[तिनकी] बहिनीका छोरा-छोरीहरू”-ले चाहिं अर्को मण्डलीका सदस्यहरूलाई संकेत गर्छ।

हाम्रो लागि पाठ:

२, ४. “सत्य” अर्थात्‌ बाइबलमा पाइने सम्पूर्ण ख्रीष्टियान शिक्षा थाह पाउनु र यसअनुसार चल्नु हाम्रो मुक्‍तिको लागि अत्यावश्‍यक छ।—३ यूह. ३, ४.

८-११. ‘परमेश्‍वर पिता र येशू ख्रीष्टबाटको अनुग्रह, कृपा र शान्ति’ अनि सँगी विश्‍वासीहरूसितको मायालु संगति गुमाउन चाँहदैनौं भने आध्यात्मिक तवरमा ‘होसियार रहनुपर्छ’ र “ख्रीष्टको शिक्षामा नरहने”-देखि अलग बस्नुपर्छ।—२ यूह. ३.

“सत्यको सहकर्मी” हुनुहोस्‌

(३ यूह. १-१४)

यूहन्‍नाको तेस्रो पत्र तिनका साथी गायसलाई लेखिएको हो। तिनी लेख्छन्‌: “मेरा छोराछोरीहरू सत्यमा चलेका सुन्‍नभन्दा बढ्‌ता आनन्द अरू मलाई हुँदैन।”—३ यूह. ४.

अतिथि भाइहरूलाई सहयोग गरेर “विश्‍वास योग्यकै” काम गरेकोमा यूहन्‍ना गायसको प्रशंसा गर्छन्‌। तिनी भन्छन्‌: “सत्यको सहकर्मी हुनलाई हामीले त्यस्तालाई स्वागत गर्नैपर्छ।”—३ यूह. ५-८.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

११—किन कोही-कोही खराब आचरणमा फस्छन्‌? आध्यात्मिकतामा कमजोर भएकोले कसै-कसैले समझको आँखाले परमेश्‍वरलाई देख्न सक्दैनन्‌। यस्ता व्यक्‍तिहरूले परमेश्‍वरलाई आफ्नो शाब्दिक आँखाले नदेखेकोले उहाँले पनि तिनीहरूलाई देख्नुहुन्‍न भन्ठान्छन्‌।—इज. ९:९.

१४—“मित्रहरू” कसलाई भनिएको हो? यहाँ “मित्रहरू”-ले आपसमा घनिष्ठ सम्बन्ध भएकाहरूलाई मात्र बुझाउँदैन। यूहन्‍नाले सम्पूर्ण सँगी विश्‍वासीहरूलाई बुझाउन यो शब्द प्रयोग गरेका हुन्‌।

हाम्रो लागि पाठ:

४. मण्डलीका जवान सदस्यहरू “सत्यमा चलेका” देख्दा आध्यात्मिक तवरमा परिपक्व ख्रीष्टियानहरू रमाउँछन्‌। अनि आफ्ना छोराछोरीलाई यहोवाको सेवक बनाउन सफल हुँदा आमाबाबुहरू कत्ति हर्षित हुन्छन्‌!

५-८. आफ्ना भाइ र यहोवाप्रतिको प्रेमको कारण कडा परिश्रम गर्नेहरूमा परिभ्रमण निरीक्षक, मिसनरी, बेथेल वा शाखा कार्यालयमा सेवा गर्नेहरू र अग्रगामीहरू पर्छन्‌। तिनीहरूको विश्‍वास अनुकरण गर्न लायकको छ र हामीले तिनीहरूको समर्थन गर्नुपर्छ।

९-१२. हामीले विश्‍वासी डेमेत्रियसको अनुकरण गर्नुपर्छ, धेरै बकबक गर्ने डियोत्रिफसको होइन जो निन्दक थियो।

“आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड”

(यहू. १-२५)

मण्डलीमा घुसेकाहरूलाई यहूदाले “फतफताउनेहरू, असन्तोषीहरू, आफ्ना कुइच्छाअनुसार हिंड्‌नेहरू” भनेका छन्‌। “घमन्डी कुरा बोल्नेहरू र . . . मानिसहरूको चापलूसी गर्नेहरू यी नै हुन्‌।”—यहू. ४, १६, NRV.

ख्रीष्टियानहरूले खराब प्रभावको कसरी प्रतिरोध गर्न सक्छन्‌? यहूदा लेख्छन्‌, “हे प्रिय हो, तिमीहरूले चाहिं हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूले अगाडिदेखिनै भनेका कुराहरू सम्झ।” तिनी अझै यसो भन्छन्‌: “तिमीहरू आफैलाई परमेश्‍वरको प्रेममा राखिछोड।”—यहू. १७-२१.

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

३, ४—यहूदाले ख्रीष्टियानहरूलाई किन “विश्‍वासको निम्ति उत्कटसाथ कम्मर कस” भनेका? किनभने ‘अधर्मी मानिसहरू मण्डलीमा घुसेका थिए।’ यिनीहरूले ‘परमेश्‍वरको अनुग्रहलाई लुच्च्याइँमा फिराइरहेका थिए।’

२०, २१—हामी कसरी “आफैलाई परमेश्‍वरको प्रेममा” राखिछोड्‌न सक्छौं? यो हामी तीन तरिकामा गर्न सक्छौं: (१) लगनशीलता साथ परमेश्‍वरको वचन अध्ययन गरी र प्रचारकार्यमा जोडतोडले भाग लिई “अति पवित्र विश्‍वास”-लाई बलियो बनाएर; (२) “पवित्र आत्मामा” प्रार्थना गरी वा यसअनुरूप चलेर र (३) अनन्त जीवन सम्भव बनाएको येशू ख्रीष्टको छुटकाराको बलिदानमा विश्‍वास गरेर।—यूह. ३:१६, ३६.

हाम्रो लागि पाठ:

५-७. के दुष्टहरू परमेश्‍वरको न्यायदण्डबाट भाग्न सक्नेछन्‌? यहूदाले दिएको तीन वटा चेताउनीअनुसार त असम्भव छ!

८-१०. प्रधान दूत माइकलको उदाहरण हामीले पछ्याउनुपर्छ र परमेश्‍वरबाट अख्तियार पाएकाहरूप्रति आदर देखाउनुपर्छ।

१२. जहाज वा पौडी खेल्नेहरूलाई पानीमुनि लुकेको चट्टान जत्ति खतरनाक हुन्छ, माया गरेको ढोंग गर्ने धर्मत्यागीहरू हाम्रो लागि उत्तिनै खतरनाक हुन्छन्‌। झूटा शिक्षकहरू उदार देखिएलान्‌ तर तिनीहरू पानी नबर्साउने बादल जस्तै हो, आध्यात्मिक तवरमा खोक्रो। तिनीहरू हेमन्तका फल नदिने रूखहरू जस्तै हुन्‌। जरैसमेत उखेलिने रूखहरूले जस्तै तिनीहरूले विनाश भोग्छन्‌। धर्मत्यागीहरूबाट एक कोस टाढा बस्नु नै बुद्धिमानी हो।

२२, २३. साँचो ख्रीष्टियानहरूले खराबीलाई घृणा गर्छन्‌। “द्विविधामा हुनेहरूलाई” अनन्त विनाशको आगोबाट बचाउने प्रयासमा मण्डलीका परिपक्व व्यक्‍तिहरू, विशेष गरी नियुक्‍त निरीक्षकहरूले तिनीहरूलाई आध्यात्मिक मदत दिन्छन्‌। (w08 12/15)

[पृष्ठ ३०-मा भएका चित्रहरू]

“येशूनै परमेश्‍वरका पुत्र हुनुहुन्छ” भनी पानी, आत्मा र रगतले गवाही दिन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने