-
यहोवा र येसुले तपाईँलाई दिनुभएको अनमोल उपहारको लागि कृतज्ञता देखाउनुहोस्सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
३. कृतज्ञताले हामीलाई कदम चाल्न उत्प्रेरित गर्छ
कल्पना गर्नुहोस्, तपाईँ पानीमा डुब्नै लाग्दा कसैले तपाईँलाई बचायो। के तपाईँ त्यो कुरा सजिलै बिर्सनुहुन्छ र? अथवा उसले तपाईँको लागि जे गरिदियो, त्यसको लागि कसरी कृतज्ञता देखाउन सकिन्छ भनेर सोच्नुहुन्छ?
यहोवाले गर्दा नै हामीले जीवन पाएका हौँ। पहिलो युहन्ना ४:८-१० पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
येसुको बलिदान किन एउटा अनमोल उपहार हो?
यहोवा र येसुले तपाईँलाई दिनुभएको त्यस उपहारबारे सोच्दा तपाईँ कस्तो महसुस गर्नुहुन्छ?
यहोवा र येसुले हामीलाई दिनुभएको अनमोल उपहारको लागि कसरी कृतज्ञता देखाउन सक्छौँ? दोस्रो कोरिन्थी ५:१५ र १ युहन्ना ४:११; ५:३ पढ्नुहोस्। प्रत्येक बाइबल पद पढेपछि यो प्रश्न छलफल गर्नुहोस्:
यस बाइबल पदअनुसार कृतज्ञता देखाउन हामी के गर्न सक्छौँ?
-
-
तपाईँले किन समर्पण र बप्तिस्मा गर्नुपर्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
१. हामीलाई समर्पण गर्न कुन कुराले उत्प्रेरित गर्छ?
यहोवाप्रतिको प्रेमले गर्दा हामी उहाँलाई आफ्नो जीवन समर्पण गर्न उत्प्रेरित हुन्छौँ। (१ युहन्ना ४:१०, १९) बाइबलले हामीलाई यस्तो आग्रह गर्छ: “तिमीहरूले यहोवा तिमीहरूका परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले, आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।” (मर्कुस १२:३०) हामी आफ्नो बोलीले मात्र होइन, कामले पनि परमेश्वरलाई प्रेम गरेको देखाउँछौँ। जसरी एकअर्कालाई साँच्चै माया गर्ने पुरुष र स्त्रीले विवाह गर्छन्, त्यसरी नै यहोवाप्रतिको प्रेमले उहाँलाई आफ्नो जीवन समर्पण गर्न र बप्तिस्मा गर्न हामीलाई उत्प्रेरित गर्छ।
-