-
तपाईँले गम्भीर पाप गर्दा के गर्नुपर्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
४. यहोवा पापीहरूमाथि कृपा देखाउनुहुन्छ
यदि गम्भीर पाप गरेको कुनै व्यक्ति यहोवाको स्तरअनुसार चल्न इन्कार गर्छन् भने तिनी मण्डलीबाट हटाइनेछन् अनि हामी तिनीसित सङ्गत गर्दैनौँ। पहिलो कोरिन्थी ५:६, ११ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाएझैँ पापको पश्चात्ताप नगर्ने व्यक्तिसित सङ्गत गर्दा मण्डलीलाई कस्तो असर पर्छ?
पाप गर्ने असिद्ध व्यक्तिहरूमाथि यहोवाले देखाउनुहुने कृपाको अनुकरण गर्दै एल्डरहरू विगतमा मण्डलीबाट हटाइएकाहरूलाई भेट्छन् र मदत दिन्छन्। थुप्रै व्यक्ति फेरि मण्डलीमा फर्केका छन्। किन? यस्तो अनुशासन पीडादायी भए तापनि यसले तिनीहरूलाई आफ्नो गल्ती कत्ति गम्भीर थियो भनेर महसुस गरायो।—भजन १४१:५.
यहोवाले पापीहरूसित गर्नुहुने व्यवहारले उहाँ व्यावहारिक, कृपालु र मायालु हुनुहुन्छ भनेर कसरी देखाउँछ?
५. हामीले पश्चात्ताप गर्दा यहोवा क्षमा दिनुहुन्छ
कुनै व्यक्तिले पश्चात्ताप गर्दा यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर बुझ्न येसुले चलाउनुभएको एउटा उदाहरणले मदत गर्छ। लुका १५:१-७ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यसले तपाईँलाई यहोवाबारे के सिकाउँछ?
इजकिएल ३३:११ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
-
-
यहोवाप्रति वफादार रहनुहोस्सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
१. अरूले कसरी हामीलाई यहोवाप्रति वफादार रहन गाह्रो बनाउन सक्छन्?
कसै-कसैले हामीलाई यहोवाको सेवा गर्नदेखि रोक्न खोज्नेछन्। त्यस्तो दुष्ट काम कसले गर्लान्? यहोवाको सेवा गर्न छोडेका कसै-कसैले उहाँको सङ्गठनबारे झूट फैलाएर हाम्रो विश्वास भताभुङ्ग पार्न खोज्छन्। तिनीहरूलाई धर्मत्यागी भनिन्छ। साथै केही धर्मगुरुले हामीबारे गलत जानकारी फैलाएर सिधासादाहरूलाई सत्यबाट तर्काउन खोज्छन्। हामीले त्यस्ता विरोधीहरूसित तर्कवितर्क गर्नु, तिनीहरूका किताबहरू वा लेखहरू पढ्नु, तिनीहरूका वेबसाइटहरूमा जानु वा तिनीहरूले बनाएका भिडियोहरू हेर्नु खतरनाक हो। वफादार भई यहोवाको सेवा गर्नेहरूलाई रोक्न खोज्नेहरूबारे येसुले भन्नुभयो: “तिनीहरूलाई त्यस्तै रहन देओ। किनकि तिनीहरू अन्धा अगुवाहरू हुन्। यदि अन्धाले अन्धालाई डोऱ्याउँछ भने दुवै जना खाल्टोमा खस्नेछन्।”—मत्ति १५:१४.
२. हामीले गर्ने कस्ता निर्णयले गर्दा यहोवाप्रति वफादार भइरहन गाह्रो हुन सक्छ?
यहोवाप्रतिको प्रेमले हामीलाई झूटो धर्मबाट पूर्णतया अलग रहन उत्प्रेरित गर्छ। हाम्रो जागिर, हामी आबद्ध सङ्गठन वा हामीले भाग लिने गतिविधिहरू झूटो धर्मसित सम्बन्धित हुनु हुँदैन। यहोवा हामीलाई यस्तो चेतावनी दिनुहुन्छ: “हे मेरा मानिस हो, . . . [महान् बेबिलोनबाट] निस्केर आओ।”—प्रकाश १८:२, ४.
अझ खोतल्नुहोस्
कसैलाई पनि यहोवाप्रतिको तपाईँको वफादारीलाई कमजोर बनाउन नदिन के गर्न सक्नुहुन्छ, बुझ्नुहोस्। साथै तपाईँ कसरी महान् बेबिलोनबाट निस्केर वफादारी देखाउन सक्नुहुन्छ, थाह पाउनुहोस्।
३. झूटा शिक्षकहरूदेखि होसियार रहनुहोस्
हामीले यहोवाको सङ्गठनबारे नकारात्मक कुराहरू सुन्यौँ भने के गर्नुपर्छ? हितोपदेश १४:१५ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
आफूले सुनेको सबै कुरा पत्याउनदेखि हामी किन होसियार हुनुपर्छ?
दोस्रो युहन्ना ९-११ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
हामीले धर्मत्यागीहरूसित कस्तो व्यवहार गर्नुपर्छ?
हामीले धर्मत्यागीहरूसित सीधै कुराकानी नगरे तापनि हामी कसरी तिनीहरूको शिक्षाको प्रभावमा पर्न सक्छौँ?
मानिसहरूले यहोवा र उहाँको सङ्गठनबारे फैलाएको नकारात्मक कुराहरूमा ध्यान दियौँ भने यहोवालाई कस्तो लाग्ला?
४. सङ्गी ख्रिष्टियनले पाप गर्दा परमेश्वरप्रति वफादार रहनुहोस्
-