-
“विश्वासको निम्ति उत्कटसाथ लड”!प्रहरीधरहरा—१९९८ | जून १
-
-
५. यहूदाले कुन प्राचीन अगमवक्ताको भविष्यवाणी उद्धृत गर्छन् र त्यो निश्चय नै पूरा हुनेछ भनी उक्त भविष्यवाणीले कसरी औंल्यायो?
५ पछि, त्योभन्दा पनि ठूलो न्यायबारे यहूदा उल्लेख गर्छन्। प्रेरित धर्मशास्त्रमा कतै नपाइने हनोकको भविष्यवाणी तिनी उद्धरण गर्छन्।a (यहूदा १४, १५) यहोवाले सबै अधर्मी र तिनीहरूका सबै अधर्म कामहरूको न्याय गर्नुहुने समयबारे हनोकले भविष्यवाणी गरेका थिए। चाखलाग्दो कुरा के छ भने, हनोकले भूतकाल प्रयोग गर्दै ती कुरा भनेका थिए। किनकि परमेश्वरको न्याय यति अचूक छन् कि पूरा हुन अगावै हामीले पूरा भइसके बराबर सम्झे हुन्छ। मानिसहरूले हनोक अनि पछि नूहको हाँसो उडाए होलान् तर तिनीहरू सबै विश्वव्यापी जलप्रलयमा स्वाहा भए।
-
-
“विश्वासको निम्ति उत्कटसाथ लड”!प्रहरीधरहरा—१९९८ | जून १
-
-
a यहूदाले अप्रामाणिक हनोकको पुस्तक-बाट (अंग्रेजी) उद्धरण गरेका हुन् भन्ने केही अनुसन्धानकर्ताहरूको भनाइ छ। तथापि, आर. सि. एच. लेन्सकी टिप्पणी गर्छन्: “हामी प्रश्न गर्छौं: ‘अरूसित मेल नखाने हनोकको पुस्तक-को स्रोत के हो?’ यो पुस्तक पछि थपिएको हो अनि यसका विभिन्न भागहरू कहिले लेखिए, कोही पनि निश्चित छैन। यसका कतिपय अभिव्यक्तिहरू यहूदाको पुस्तकबाटै लिइएका हुन् वा होइनन् शायद त्यसबारे पनि कोही निश्चित हुनसक्दैन।”
-