-
हनोक अभक्त संसारमा परमेश्वरसित हिंडेप्रहरीधरहरा—२००१ | सेप्टेम्बर १५
-
-
अभक्तहरू विरुद्ध भविष्यवाणी
हामीलाई अभक्त मानिसहरूबीच उच्च स्तर कायम गर्नु निकै गाह्रो हुन्छ। तर हनोकले कुनै सम्झौता नगरीकनै दुष्टहरू विरुद्ध सन्देश सुनाए। परमेश्वरको आत्माको निर्देशनमा हनोकले भविष्यसूचक ढंगमा यस्तो घोषणा गरे: “हेर परमप्रभु आफ्ना हजारौं पवित्र जनहरूका साथमा सबैको इन्साफ गर्नालाई, र सबै अधर्मीहरूमाथि तिनीहरूले अधर्मसँग गरेका तिनीहरूका सबै अधर्मी कामहरूका विषयमा, र अधर्मी पापीहरूले उहाँका विरुद्धमा बोलेका सबै कठोर कुराहरूको दोष प्रकट गर्नालाई आउनुभयो।”—यहूदा १४, १५.
भ्रष्ट अविश्वासीहरूमाथि यो सन्देशले कस्तो प्रभाव पाऱ्यो होला? हनोकको यस्तो घोच्ने बोलीले तिनी अलोकप्रिय, गिल्लाको पात्र, उपहास र धम्कीको सिकार हुनुपऱ्यो भनेर अनुमान लाउनु तार्किक छ। कसैकसैले त तिनलाई मार्नसमेत खोजे होलान्। तथापि, हनोक डराएनन्। धर्मी हाबिललाई के भएको थियो त्यसबारे तिनलाई राम्ररी थाह थियो। तथापि, हनोक हाबिलजस्तै परमेश्वरको सेवा गर्न दृढ थिए।
-
-
हनोक अभक्त संसारमा परमेश्वरसित हिंडेप्रहरीधरहरा—२००१ | सेप्टेम्बर १५
-
-
[पृष्ठ ३०-मा भएको पेटी]
के बाइबलले हनोकको पुस्तकबाट उद्धरण गरेको छ?
हनोकको पुस्तक अप्रमाणिक अनि शंकास्पद लेख हो। यसका लेखक हनोक थिए भनेर मानिसहरूले गलत नाउँ दिएका हुन्। सा.यु.पू. दोस्रो र प्रथम शताब्दीतिर तयार पारिएको भनी अनुमान गरिएको यो पुस्तक बढाइचढाइ गरिएका कुराहरू र गैर-ऐतिहासिक यहूदी मिथ्याहरूको संग्रह हो। यस पुस्तकमा, उत्पत्तिको पुस्तकमा हनोकबारे दिइएको संक्षिप्त जानकारीलाई बढाइचढाइ गरेर व्याख्या गरिएको छ। परमेश्वरको प्रेरित वचनलाई माया गर्नेहरूले हनोकको पुस्तकलाई नजाँच्न यो तथ्य नै पर्याप्त छ।
बाइबलमा यहूदाको पुस्तकमा मात्रै हनोकका भविष्यसूचक शब्दहरू छन्: “हेर परमप्रभु आफ्ना हजारौं पवित्र जनहरूका साथमा सबैको इन्साफ गर्नालाई, र सबै अधर्मीहरूमाथि तिनीहरूले अधर्मसँग गरेका तिनीहरूका सबै अधर्मी कामहरूका विषयमा, र अधर्मी पापीहरूले उहाँका विरुद्धमा बोलेका सबै कठोर कुराहरूको दोष प्रकट गर्नालाई आउनुभयो।” (यहूदा १४, १५) आफ्ना अभक्त समकालीनहरू विरुद्ध हनोकले गरेको यो भविष्यवाणी सीधै हनोकको पुस्तकबाट उद्धरण गरिएको हो भनी थुप्रै शास्त्रज्ञ दाबी गर्छन्। के यहूदाले भर पर्न नसकिने अप्रमाणिक पुस्तक चलाएको हुनसक्छ?
यहूदाले कसरी हनोकले गरेको भविष्यवाणी थाह पाए, जबकि त्यसबारे धर्मशास्त्रमा प्रकाश पारिएकै छैन। तिनले चिरपरिचित स्रोत अर्थात् परापूर्वकालदेखि चलिआएको भरपर्दो परम्परालाई आफ्नो स्रोतको रूपमा लिएको हुनसक्छ। फिरऊनको चोकमा मोशाको विरोध गर्ने बेनामी जादुगर जेन्नस र जेम्ब्रस थिए भनी उल्लेख गर्दा पावलले पनि यस्तै स्रोतबाट उल्लेख गरेको हुनसक्छ। हनोकको पुस्तकको लेखकसित यस्तो पुरातन स्रोत थियो भने, यहूदासित चाहिं थिएन भनेर हामी कसरी पो दाबी गर्न सक्छौं र?a—प्रस्थान ७:११, २२; २ तिमोथी ३:८.
हनोकले अभक्तहरूलाई सुनाएको सन्देशबारे यहूदाले कसरी जानकारी पाए, त्यो ठूलो कुरा होइन। यहूदाले ईश्वरीय प्रेरणा पाएर ती लेखेका हुनाले यसबाट यसको विश्वसनीयता प्रमाणित हुन्छ। (२ तिमोथी ३:१६) परमेश्वरको पवित्र आत्माले तिनलाई कुनै पनि असत्य कुरा गर्नबाट जोगाए।
[फुटनोट]
a चेला स्तिफनसले पनि हिब्रू धर्मशास्त्रमा कतै नभेटिएको जानकारी दिएको छ। तिनले, मोशाले हासिल गरेको मिस्री शिक्षा, ४० वर्षको छँदा मिस्रबाट भागेको, मिद्यानमा ४० वर्षसम्म बसेको र मोशालाई दिइएको व्यवस्थामा स्वर्गदूतको भूमिकासित सम्बन्धित कुरा गरे।—प्रेरित ७:२२, २३, ३०, ३८.
-