प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • त्यो देदीप्यमान शहर
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ९. यूहन्‍ना शहर निर्माण सामग्रीहरूको वर्णन कसरी गर्छन्‌?

      ९ यूहन्‍ना आफ्नो वर्णनलाई जारी राख्दै यसो भन्छन्‌: “त्यो पर्खाल स्फटिकको बनेको थियो, र शहरचाहिं कञ्चन ऐनाजस्तै निखुर सुनको थियो। पर्खालका जगहरू अनेक किसिमका बहुमूल्य पत्थरहरूले सिंगारिएका थिए। पहिलो जग स्फटिकको, दोस्रो नीरको, तेस्रो लालको, चौथो पन्‍नाको, पाँचौं गोमेदको, छैटौं सारडियस मणिको, सातौं पीतमणिको, आठौं पिरोजाको, नवौं पुष्पराजको, दशौं लहसुनेको, एघारौं धूम्रकान्तको, बाह्रौं मर्तिस मणिको थियो। ती बाह्र ढोकाचाहिं बाह्र मोतीका थिए। प्रत्येक ढोका एक एक मोतीको थियो। त्यस शहरको सडक छर्लङ्‌गै देखिने ऐनाजस्तो निखुर सुनको थियो।”—प्रकाश २१:१८-२१.

  • त्यो देदीप्यमान शहर
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १२. (क) शहरका जगहरू १२ बहुमूल्य पत्थरहरूले सुसज्जित हुनु र (ख) शहरका मूलढोकाहरू मोतिहरू हुनुको महत्त्व के हो?

      १२ शहरका जगहरू पनि सुन्दर छन्‌। तिनीहरू १२ बहुमूल्य पत्थरहरूले सुसज्जित छन्‌। यसले हामीलाई प्राचीन यहूदी प्रधान पूजारीको सम्झना गराउँछ। उनले पनि खास उत्सवहरूमा यहाँ चर्चित बहुमूल्य पत्थहरूजस्तै १२ अनमोल पत्थरहरू जडेको एपोद लाउने गर्थे। (प्रस्थान २८:१५-२१) यो कुनै संयोगको कुरा हुन सक्‍तैन! बरु नयाँ यरूशलेमले पनि पूजारी काम गर्नेछ भन्‍ने कुरा यसबाट बोध हुन्छ। किनकि प्रधान पूजारी, येशू ख्रीष्ट स्वयं नयाँ यरूशलेमको “बत्ती” हुनुहुन्छ। (प्रकाश २०:६; २१:२३; हिब्रू ८:१) साथै, येशूले प्रधान पूजारीको हैसियतमा गर्नु हुने सेवाहरूको लाभ पनि मानिसजातिलाई नयाँ यरूशलेमद्वारा नै उपलब्ध गराइने छन्‌। (प्रकाश २२:१, २) शहरको प्रत्येक १२ ढोका एउटा अत्यन्त सुन्दर मोती हो। यसले पनि हामीलाई येशूको त्यस उखानको सम्झना गराउँछ जहाँ परमेश्‍वरको राज्यलाई उहाँले एउटा अति नै बहुमूल्य मोतीसित तुलना गर्नु भएको थियो। यी ढोकाहरूबाट प्रवेश गर्ने सबैले नै आध्यात्मिक मूल्यहरूको साँचो मूल्याङ्‌कन गरेका हुनेछन्‌।—मत्ती १३:४५, ४६; अय्यूब २८:१२, १७, १८-तुलना गर्नुहोस्‌.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने