प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येशूको नाउँमाथि सुदृढ आस्था राख्ने
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १४. (क) सुरुदेखि नै मसीही मण्डलीले को कोसित सङ्‌घर्ष गर्दै आउनु परेको छ र तिनको वर्णन प्रेरित पावलले कसरी गरे? (ख) अलग्गिएर जाने समूहको पछिपछि लाग्ने मनोवृत्ति हुने सबैले येशूको कुन कुरालाई ध्यान दिनुपर्छ?

      १४ सुरुदेखि नै मसीही मण्डलीले अहङ्‌कारी धर्मत्यागीहरूसित सङ्‌घर्ष गर्दै आएको छ। ती धर्मत्यागीहरूले यहोवाको प्रबन्धद्वारा उपलब्ध “शिक्षा” को विरुद्धमा “फूट र ठेस लाग्ने” मीठा र चापलुसी बोली बोल्ने गर्छन्‌। (रोमी १६:१७, १८) यस खतराबारे प्रेरित पावलले उनका प्रायः सबै नै पत्रहरूमा चेताउनी दिए।a आधुनिक समयमा येशूले साँचो मण्डलीलाई शुद्धता र एकतामा पुनःस्थापित गरिदिनु भएको छ। तापनि पाखण्डीमतको खतरा छँदै नै छ। अतः अलग्गै छुट्टिएर जाने पाखण्डीहरूको पछिपछि लाग्ने मनोवृत्ति कसैमा छ भने उनले येशूका यी शब्दहरूलाई ध्यान दिनुपर्छ: “यसकारण पश्‍चाताप गर, नत्रता म तिमीकहाँ छिट्टै आउँछु र मेरो मुखको तरवारले तिनीहरूसँग लडाइँ गर्नेछु।”—प्रकाश २:१६.

  • येशूको नाउँमाथि सुदृढ आस्था राख्ने
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १६. (क) धर्मत्यागीहरूको कारण ढलपल हुनेहरूले तुरुन्तै पश्‍चाताप किन गर्नुपर्छ? (ख) पश्‍चाताप गर्न नचाहनेहरूलाई के हुनेछ?

      १६ धर्मत्यागीहरूको प्रभावमा परेर ढलपल हुनेहरूले येशूको आह्वान सुनेर तुरुन्तै पश्‍चाताप गर्नु अत्यावश्‍यक छ। तिनीहरूले धर्मत्यागीहरूको प्रचारलाई विष सम्झेर इन्कार गर्नुपर्छ! येशूले आफ्नो मण्डलीलाई दिनु हुने धार्मिक, पवित्र र मायालु सच्चाइको ठीक विपरीत धर्मत्यागीहरूका शिक्षाहरू डाह र द्वेषमा आधारित हुन्छन्‌। (लूका १२:४२; फिलिप्पी १:१५, १६; ४:८, ९) पश्‍चाताप गर्नै नचाहनेहरूसित प्रभु येशू वास्तवमा उहाँको “मुखको तरवारले लडाइँ” गर्नु हुनेछ। उहाँले पृथ्वीमा आफ्ना अनुयायीहरूसित बिताउनु भएको अन्तिम साँझमा तिनीहरू सबै एक होऊन्‌ भनेर प्रार्थना गर्नु भएको थियो। सोही एकतालाई कायम राख्न उहाँले आज आफ्ना जनहरूबीच एउटा सफाइ अभियान चलाउनु हुँदैछ। (यूहन्‍ना १७:२०-२३, २६) धर्मत्यागीहरूले येशूको दाहिने हातमा भएका ताराहरूको प्रेमपूर्ण सल्लाह र मदत इन्कार गर्छन्‌। यसकारण येशूले पनि तिनीहरूको इन्साफ गर्नु हुनेछ र “सबैभन्दा कडा सजाय” दिनु हुँदै तिनीहरूलाई “बाहिरको अन्धकारमा” फालिदिनु हुन्छ। तिनीहरू बहिष्कृत हुन्छन्‌। तिनीहरू परमेश्‍वरका जनहरूबीच खमिर भएर बस्न पाउँदैनन्‌।—मत्ती २४:४८-५१; २५:३०; १ कोरिन्थी ५:६, ९, १३; प्रकाश १:१६.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने