प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येशूको नाउँमाथि सुदृढ आस्था राख्ने
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ‘गुप्तमा रहेको मन्‍न र सेतो पत्थर’

      १७. ‘जित्ने’ अभिषिक्‍त मसीहीहरूले के पुरस्कार पाउने छन्‌ र पर्गाममका मसीहीहरूले कुन कुन कुरासित मुकाबिला गर्नु परेको थियो?

      १७ यहोवाको पवित्र आत्माको निर्देशनअनुसार येशूले दिनु भएको सल्लाह मान्‍नेहरूले एउटा महान पुरस्कार पाउनेछन्‌। उहाँ के भन्‍नुहुन्छ, सुन्‍नुहोस्‌! “जसको कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। जसले जित्छ, त्यसलाई गुप्तमा रहेको मन्‍न दिनेछु र म उसलाई एउटा सेतो पत्थर दिनेछु, त्यस पत्थरमा एउटा नयाँ नाउँ लेखिएको हुन्छ, जो पाउनेले बाहेक अरू कसैले जान्दैन।” ( प्रकाश २:१७) यसप्रकार स्मर्नाका मसीहीहरूलाई जस्तै पर्गाममका मसीहीहरूलाई पनि ‘जित्ने’ प्रोत्साहन दिइन्छ। पर्गामम अर्थात्‌ शैतानको सिंहासन भएको ठाउँमा बस्नेहरूले मूर्तिपूजाबाट आफूलाई सम्पूर्णतया अलग राख्नु पर्छ। तिनीहरूले बालाक, बालाम र निकोलाइटनहरूसित सम्बन्धित अनैतिकता, पाखण्डीमत र धर्मत्यागको मुकाबिला गर्नुपर्छ। यसो गरेमा ती अभिषिक्‍त मसीहीहरूलाई “गुप्तमा रहेको मन्‍न” खान निम्त्याइनेछ। यसको अर्थ के हो?

      १८, १९. (क) यहोवाले इस्राएलीहरूलाई दिनु भएको मन्‍न के थियो? (ख) गुप्त मन्‍न के थियो? (ग) गुप्त मन्‍न खानुको अर्थ के हो?

      १८ मोशाको समयमा इस्राएलीहरू उजाडस्थानबाट यात्रा गर्दा तिनीहरूलाई यहोवाले मन्‍न खुवाएर जीवित राख्नु भयो। त्यो मन्‍न गुप्त थिएन। विश्रामको दिनबाहेक प्रत्येक बिहान त्यो एउटा चमत्कारद्वारा देखा पर्थ्यो। त्यसका मसिना दानाहरूले भुइँलाई तुसारोले जस्तै ढपक्क ढाकेको हुन्थ्यो। इस्राएलीहरूलाई जीवित राख्ने यो एउटा ईश्‍वरीय प्रबन्ध थियो। यहोवाले मोशालाई यसै “रोटी” को केही भाग एउटा सुनको भाँडामा हालेर वाचाको सन्दुकभित्र “[इस्राएलीहरूको] पुस्तौं पुस्तौंसम्म” राख्न अह्राउनु भएको थियो।—प्रस्थान १६:१४, १५, २३, २६, ३३; हिब्रू ९:३, ४.

      १९ कस्तो उपयुक्‍त प्रतीक! यस मन्‍नलाई बासस्थानको अति-पवित्र स्थानमा लुकाएर राखिन्थ्यो। सन्दुकको ढकनामाथि चाहिं यहोवाको उपस्थितिलाई सङ्‌केत गर्ने चमत्कारपूर्ण ज्योति देखा पर्थ्यो। (प्रस्थान २६:३४) कसैले पनि त्यस पवित्रस्थानमा पसेर गुप्तमा राखिएको मन्‍न खान पाउँदैन थिए। तथापि येशू भन्‍नुहुन्छ, उहाँका विजयी अभिषिक्‍त अनुयायीहरूले चाहिं त्यो “गुप्त मन्‍न” खान पाउनेछन्‌। तिनीहरूभन्दा अघि येशूले गर्नु भएझैं तिनीहरूले पनि “सकलीको नमुना गरी हातले बनाएको पवित्रस्थान भित्र होइन तर . . . स्वर्गमै प्रवेश” गर्न पाउनेछन्‌। (हिब्रू ९:१२, २४) तिनीहरूको पुनरुत्थान हुँदा तिनीहरूले अमरत्व धारण गर्नेछन्‌। तिनीहरू अमर र अविनाशी हुनेछन्‌। अतः तिनीहरूले त्यो अविनाशी “गुप्त मन्‍न” खान पाउनु यहोवाको अद्‌भुत वरदानको एउटा प्रतीक हो। विजेताहरूको त्यो सानो समूह साँच्चै नै कति भाग्यमानी हुन्‌।—१ कोरिन्थी १५:५३-५७.

      २०, २१. (क) अभिषिक्‍त मसीहीहरूलाई एक एकवटा सेतो पत्थर दिनुको अर्थ के हो? (ख) जम्मा १,४४,००० सङ्‌ग मात्र सेता पत्थरहरू भएको हुनाकारण ठूलो भीडले के आशा राखेको छ?

      २० उनीहरूले एक-एकवटा “सेतो पत्थर” पनि पाउँछन्‌। रोमी अदालतहरूमा न्यायको घोषणा गर्दा पत्थरहरूको प्रयोग गरिन्थ्यो।b सेतो पत्थरको अर्थ रिहाइ र कालो पत्थरको अर्थ सजाय अर्थात्‌ मृत्युदण्ड पनि हुन्थ्यो। येशूले पर्गाममका मसीहीहरूलाई “सेतो पत्थर” दिनुको अर्थ उहाँले तिनीहरूलाई निर्दोष, शुद्ध र सफा घोषित गर्नु हो। तर येशूका शब्दहरूको एउटा बेग्लै अर्थ पनि हुन सक्छ। रोमीहरूको समयमा विशेष समारोहहरूमा प्रवेश पाउनका लागि पनि सेतो पत्थरको प्रयोग गरिन्थ्यो। यसकारण विजयी अभिषिक्‍त मसीहीका लागि यो सेतो पत्थरले एउटा विशेष अर्थ राख्न सक्छ। उनले थुमाको विवाह हुँदा स्वर्गमा एउटा सम्माननीय स्थान पाउन सक्छन्‌। यस्ता पत्थरहरू जम्मा १,४४,००० लाई मात्र उपलब्ध छ।—प्रकाश १४:१; १९:७-९.

      २१ तर तपाईं चाँहि तिनीहरूका सङ्‌गी उपासकहरूको ठूलो भीडमध्येको एक हुनुहुन्छ भने के तपाईंको चाहिं केही वास्तै गरिने छैन? पटक्कै होइन! स्वर्गमा प्रवेश दिने सेतो पत्थर सायद तपाईंले नपाउनु होला। तर धैर्य धारण गर्नु भयो भने चाहिं महासङ्‌कष्टमा बाँच्नु भएर तपाईंले एउटा पार्थिव प्रमोदवन पुनःस्थापित गर्ने आनन्दमय काममा भाग लिन सक्नुहुनेछ। पुनरुत्थान भएका मसीही पूर्व समयका विश्‍वासी जनहरू र हालै मरेका केही “अरू भेडाहरू” ले पनि तपाईंलाई उक्‍त काममा साथ दिनेछन्‌। अन्ततः मृतावस्थाबाट मुक्‍त गराइएका सबैले नै पुनरुत्थानद्वारा पार्थिव प्रमोदवनमा जीवनको वरदान पाउनेछन्‌।—भजनसंग्रह ४५:१६; यूहन्‍ना १०:१६; प्रकाश ७:९, १४.

      २२, २३. अभिषिक्‍त मसीहीहरूलाई दिने सेतो पत्थरमा लेखिएको नाउँको महत्त्व के हो र यसबाट के प्रोत्साहन पाउन सकिन्छ?

      २२ पत्थरमा लेखिएको नयाँ नाउँ के हो? नाउँले व्यक्‍तिलाई चिनाउँछ र उसलाई अरू व्यक्‍तिहरूबाट छुट्ट्याउने मदत पनि दिन्छ। विजयी भएर आफ्नो पार्थिव जीवन समाप्त गरेपछि मात्र ती अभिषिक्‍त मसीहीहरूलाई त्यो सेतो पत्थर दिइन्छ। यसर्थ स्वर्गमा येशूसित एक हुने तिनीहरूको विशेषाधिकारसित यो पत्थरमा लेखिएको नाउँ स्पष्टतः सम्बन्धित छ। त्यो विशेषाधिकार शाही सेवा गर्न पाउने एउटा खास सुअवसर हो जसको आनन्द उठाउन र मूल्याङ्‌कन गर्न परमेश्‍वरको राज्यका उत्तराधिकारीहरूले मात्र सक्छन्‌। अतः त्यो नाउँले एउटा ओहदालाई बोध गराउँछ जसलाई “पाउनेले बाहेक अरू कसैले जान्दैनन्‌।”—प्रकाश ३:१२-सँग तुलना गर्नुहोस्‌।

      २३ “आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ” सो यूहन्‍नावर्गकाहरूले सुन्‍ने र त्यसलाई प्रयोगमा ल्याउने कति ठूलो कारण छ! यसले गर्दा यूहन्‍नावर्गकाहरू पृथ्वीमा रहुञ्जेल तिनीहरूको सङ्‌गतिको आनन्द उठाउँदै विश्‍वासी भएर सेवा गर्न र यहोवाको राज्यको घोषणा गर्ने काममा भाग लिन ठूलो भीडकाहरू पनि अति नै प्रोत्साहित हुन्छन्‌!

  • येशूको नाउँमाथि सुदृढ आस्था राख्ने
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • [पृष्ठ ४५-मा भएको चित्र]

      अलिकता मन्‍नलाई वाचाको सन्दुकभित्र लुकाइ राखिएको थियो। विजयी अभिषिक्‍त जनहरूलाई त्यो गुप्त मन्‍न दिनुको अर्थ तिनीहरूले अमरत्व पाउनु हो

      [पृष्ठ ४५-मा भएको चित्र]

      सेतो पत्थर थुमाको विवाहमा प्रवेश पाउनेहरूका लागि हो

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने