-
“शैतानको विषयका गहिरा गहिरा कुराहरू”-का लागि घृणाप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
८. (क) थिआटायरामा भएकी “जिजेबेल” बारे येशूले के न्याय-फैसला घोषणा गर्नुहुन्छ? (ख) आधुनिक समयहरूमा पनि महिलाहरूको अनुचित प्रभाव कसरी अनुभव गरिएको छ?
८ येशूले थिआटायराका प्राचीनहरूलाई अझ यसो भन्नुहुन्छ: “औ मैले त्यसलाई पश्चाताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो व्यभिचारको पश्चाताप गर्न इच्छा गर्दिन। हेर, म त्यसलाई एउटा ओछ्यानमा र त्यससँग व्यभिचार गर्नेहरूलाई चाहिं, तिनीहरूले त्यसका कामहरूको पश्चाताप गर्दैनन् भनेता ठूलो सङ्कष्टमा फालिदिन्छु।” ( प्रकाश २:२१, २२) प्राचीन जिजेबेलले आहाबमाथि हकदक जमाएकी थिइन्। तिनी परमेश्वरको कार्यान्वयनकर्ता येहूप्रति अटेर भएकी थिइन्। त्यस्तैगरी मण्डलीको यस महिला-कुप्रभावले पनि पति र प्राचीनहरूलाई आफ्नो इशारामा नचाउन खोजेको हुन सक्छ। थिआटायराका प्राचीनहरूले जिजेबेलको जस्तै उत्ताउलो प्रभावलाई सहेर बसेको जस्तो देखिन्छ। यसकारण येशूले यहाँ तिनीहरूलाई र साथै यहोवाका जनहरूको विश्वव्यापी मण्डलीलाई कडा चेताउनी दिनुहुन्छ। यस्तो कडा मिजास भएकी केही महिलाहरूले आधुनिक समयमा पनि आ-आफ्ना पतिहरूलाई धर्मत्यागी हुन उक्साएका छन् र यहोवाका विश्वासी सेवकहरूको विरुद्धमा मुद्दाहरू समेत चलाएका छन्।—यहूदा ५-८ तुलना गर्नुहोस्।
-
-
“शैतानको विषयका गहिरा गहिरा कुराहरू”-का लागि घृणाप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१०. (क) जिजेबेल र उनका सन्तानले किन दण्ड भोग्छन्? (ख) जिजेबेलका सन्तान हुनेहरू कुन खतरनाक परिस्थितिमा छन् र यस्ताहरूले के गर्नुपर्छ?
१० “ती स्त्री जिजेबेल” बारे येशूले अझ यसो भन्नुहुन्छ: “औ म त्यसका बालकहरूलाई रुढ़ीले मार्नेछु, र सबै मण्डलीहरूले थाह पाउनेछन् कि म उही हुँ, जसले सबैको मन र हृदय खोतल्छ, र म तिमीहरू हरेकलाई तिमीहरूका कामअनुसारै दिनेछु।” ( प्रकाश २:२३) येशूले जिजेबेल र तिनको सन्तानलाई पश्चाताप गर्ने समय दिनु भएको छ। तापनि तिनीहरू आफ्नै अनैतिक मार्गहरू मै लागिरहन्छन्। यसकारण तिनीहरूको न्याय नगरी हुँदैन। यसमा मसीहीहरूका लागि आज एउटा गहकिलो सन्देश पाइन्छ। जिजेबेलले जस्तै अगुवाइ गर्ने र नैतिकतासम्बन्धी बाइबलका सिद्धान्तहरूप्रति अनाज्ञाकारी हुने अथवा जिद्दी भएर ईश्वरतान्त्रिक व्यवस्थाको उपेक्षा गर्ने लोग्नेमानिस होस् वा स्वास्नीमानिस, सबै जिजेबेलका सन्तान बन्छन्। तिनीहरू सबै आध्यात्मिक तवरमा अति नै रोगी अवस्थामा हुन्छन्। तथापि, यस्तो स्थितिमा परेको व्यक्तिले उनका लागि प्रार्थना गरी दिन मण्डलीका प्राचीनहरूलाई बोलाउन सक्छन्। अनि “विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ र प्रभुले [यहोवाले, NW] [उनलाई] उठाउनेछ।” तर यसका लागि उनले नम्रतापूर्वक प्रार्थनाअनुसारको काम गर्नु अत्यावश्यक छ। बाहिरबाट चाहिं सेवामा खूब जोश देखाउँदै आफ्ना अनैतिक कामहरूको ढाकछोप कसैले गर्न पाउने छैन। कसैले पनि यहोवा अथवा ख्रीष्टलाई धोका दिन सक्ने छैन।—याकूब ५:१४, १५.
-
-
“शैतानको विषयका गहिरा गहिरा कुराहरू”-का लागि घृणाप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१३. महिलाहरूको गलत प्रभावमा पर्नेहरूलाई के हुनेछ?
१३ यहोवाको दूत र न्यायाधीशको हैसियतमा परमेश्वरको पुत्रले आधुनिक जिजेबेललाई राम्ररी चिन्नु भएको छ। उहाँले त्यसलाई उठ्नै नसक्नेगरी बिरामी तुल्याइदिनु हुनेछ। आखिर त्यसको आध्यात्मिक रोग पनि कहिल्यै निको हुनै नसक्ने खालको रोग हो। (मलाकी ३:१, ५) महिलाहरूको यस्तो कुप्रभावमा पर्नेहरू सबैले महासङ्कष्ट भोग्नेछन्। बहिष्कृत हुँदाको शोक तिनीहरूले अनुभव गर्नेछन्। मुर्दालाई जिउँदाहरूको बीचबाट हटाएझैं तिनीहरूलाई पनि मसीही मण्डलीबाट निष्काशन गरिदिइनेछ। पश्चाताप गर्दै आफ्नो गलत मार्गलाई नत्यागुन्जेलसम्म तिनीहरू मण्डलीमा पुनःस्वीकृत हुनेछैनन्। तिनीहरूले अहिले नभएपनि महासङ्कष्टमा चाहिं निश्चय “रुढी” भोग्नेछन्। तापनि हाल आफ्ना गलत कार्यहरूका लागि पश्चाताप गरेमा तिनीहरू पुनःस्वीकृत हुन सम्भव छ।—मत्ती २४:२१, २२; २ कोरिन्थी ७:१०.
-