प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येशू प्रोत्साहन दिन आउनु हुन्छ
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १. यूहन्‍नाले अब कसलाई सम्बोधन गर्दै लेख्छन्‌ र यस समाचारमा आज कसले गहिरो चासो लिनु पर्छ?

      अब हुन लागेको कुरामा परमेश्‍वरका जनहरूका मण्डलीहरूसित सम्बन्धित सबै जनाले गहिरो चासो लिनु पर्छ। यहाँ अब एकपछि अर्को समाचारहरूको श्रृंखला प्रस्तुत गरिन्छ। “तोकिएको समय” नजिक आउँदा ती समाचारहरूको खास प्रयोग हुनेछ। (प्रकाश १:३) आफ्नै अनन्तकालीन लाभका लागि हामीले ती उद्‌घोषणाहरूलाई ध्यान दिनु पर्छ। रेकर्ड यसप्रकार छ: “यूहन्‍नाबाट एशियामा भएका सातैवटा मण्डलीलाई—उहाँबाट, जो हुनुहुन्छ, हुनुहुन्थ्यो र हुनआउनुहुनेछ, उहाँको सिंहासनको सामने भएका सातै आत्माहरूबाट, औ विश्‍वासयोग्य साक्षी, मरेकाबाट बिउँतनेहरूमध्ये ज्येष्ठ र पृथ्वीका राजाहरूका मालिक, येशू ख्रीष्टबाट, तिमीहरूलाई अनुग्रह र शान्ति।”—प्रकाश १:४, ५क.

  • येशू प्रोत्साहन दिन आउनु हुन्छ
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ३. (क) यूहन्‍नाको अभिवादनअनुसार “अनुग्रह र शान्ति” कहाँबाट आउँछ? (ख) प्रेरित पावलले प्रयोग गरेको कुन अभिव्यक्‍ति यूहन्‍नाको अभिवादनसित मिल्दोजुल्दो छ?

      ३ “अनुग्रह र शान्ति”—यी गुणहरू कति प्रिय छन्‌! खासगरी ती गुणहरूको स्रोतलाई हामीले मूल्याङ्‌कन गर्दा! ती गुणहरूको स्रोत “स्वयं” सर्वसत्ताधारी प्रभु यहोवा हुनुहुन्छ। उहाँ नै “अनन्तको राजा” हुनुहुन्छ जो “अनादिदेखि अनन्तसम्म” जीवित रहनु हुन्छ। (१ तिमोथी १:१७, NW; भजनसंग्रह ९०:२) तर यहाँ “सातै आत्माहरू” पनि सम्मिलित छन्‌। तिनीहरूले परमेश्‍वरको सक्रिय शक्‍ति अथवा पवित्र आत्माको परिपूर्ण गतिशीलतालाई बोध गराउँछन्‌। तिनीहरूले भविष्यवाणीतर्फ ध्यान दिनेहरूलाई समझशक्‍ति र आशिष प्रदान गर्छन्‌। तर यहाँ विशेष भूमिका निभाउनु हुने व्यक्‍ति “येशू ख्रीष्ट” पनि हुनुहुन्छ। उहाँ “अनुग्रह र सत्यले पूर्ण” हुनुहुन्थ्यो भनेर यूहन्‍नाले पछि लेखे। (यूहन्‍ना १:१४) अतः प्रेरित पावलले कोरिन्थको मण्डलीलाई लेखेको दोस्रो पत्रको अन्तमा जुन विचार पाइन्छ, सोही विचार यूहन्‍नाले पनि आफ्नो अभिवादनमा चलाएका छन्‌ अर्थात्‌: “प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्माको सङ्‌गति तिमीहरू सबैसित होऊन्‌।” (२ कोरिन्थी १३:१४) यी शब्दहरू आज पनि सच्चाइलाई प्रेम गर्ने प्रत्येक जनमाथि लागू होऊन्‌!—भजनसंग्रह ११९:९७.

      “विश्‍वासी साक्षी”

      ४. यूहन्‍नाले येशूको वर्णन कसरी गर्दै जान्छन्‌ र यी वर्णनात्मक अभिव्यक्‍तिहरू किन उपयुक्‍त छन्‌?

      ४ सारा ब्रह्‍माण्डमा यहोवापछि सबैभन्दा महिमावान व्यक्‍ति येशू हुनुहुन्छ। यस तथ्यलाई स्वीकार्दै यूहन्‍नाले येशूलाई “विश्‍वासयोग्य साक्षी, मरेकाबाट बिउँतनेहरूमध्ये ज्येष्ठ र पृथ्वीका राजाहरूका मालिक” भनेर वर्णन गर्छन्‌। (प्रकाश १:५ख) आकाशमा चन्द्रमाले आफ्नो स्थायी ठाउँ पाएझैं, येशू पनि यहोवाको ईश्‍वरत्वको सबैभन्दा महान साक्षी सदाका लागि साबित हुनु भएको छ। (भजनसंग्रह ८९:३७) बलिदानरूपी मृत्युसम्मै उहाँले आफ्नो निष्ठा कायम राख्नु भएपछि उहाँ नै अमरत्वसहितको आत्मिक जीवनमा बिउँताइने प्रथम मानिस पनि हुनु भयो। (कलस्सी १:१८) अहिले उहाँ स्वयं यहोवाको सामने उपस्थित हुनुहुन्छ। “स्वर्ग र पृथ्वीमा सारा अधिकार”ले सुसम्पन्‍न उहाँ पृथ्वीका सबै राजाहरू भन्दा उच्च हुनुहुन्छ। (मत्ती २८:१८; भजनसंग्रह ८९:२७; १ तिमोथी ६:१५) उहाँलाई १९१४ मा पृथ्वीका राष्ट्रहरूमाथि शासन गर्न राजा बनाइयो।—भजनसंग्रह २:६-९.

      ५. (क) प्रभु येशू ख्रीष्टका लागि यूहन्‍नाले कसरी मूल्याङ्‌कन व्यक्‍त गरिरहन्छन्‌? (ख) येशूको सिद्ध मानव जीवनको वरदानबाट कसले लाभ उठाउँछन्‌ र अभिषिक्‍त मसीहीहरू एउटा विशेष आशिषको साझेदार कसरी भएका छन्‌?

      ५ यूहन्‍नाले प्रभु येशू ख्रीष्टको मूल्याङ्‌कन यी शब्दहरूमा गरी नै रहन्छन्‌: “हामीलाई प्रेम गर्नुहुने, र आफ्नो रगतले हाम्रा पापबाट हामीलाई छुड़ाउनुहुने, र हामीलाई एउटा राज्य र उहाँका पिता परमेश्‍वरका पूजाहारीहरू तुल्याउनुहुने, उहाँलाई महिमा र पराक्रम सदा सर्वदा होस्‌। आमिन।” ( प्रकाश १:५ग, ६) येशूले आफ्नो सिद्ध मानव जीवन दिनु भयो ताकि उहाँमाथि विश्‍वास गर्नेहरूले सिद्ध जीवन पुनः प्राप्त गर्न सकून्‌। यिनीहरूमध्ये तपाईं प्रिय पाठक पनि सम्मिलित हुन सक्नुहुन्छ! (यूहन्‍ना ३:१६) तर येशूको बलिदानरूपी मृत्युले यूहन्‍नाजस्ता अभिषिक्‍त मसीहीहरूका लागि एउटा विशेष आशिष पाउने बाटो पनि खोलिदियो। यिनीहरू येशूले चढाउनु भएको छुटकाराको बलिदानको आधारमा धर्मी ठहरिएका छन्‌। यिनीहरूले येशूले जस्तै पार्थिव जीवनसित सम्बद्ध सबै आशा र इच्छालाई त्याग्छन्‌। यो सानो बगालकाहरूलाई परमेश्‍वरको आत्माले नयाँ जन्म दिएको हुन्छ। यिनीहरू पुनःरुत्थानपछि येशू ख्रीष्टसित उहाँको स्वर्गीय राज्यमा राजाहरू र पूजाहारीहरूको हैसियतमा सेवा गर्ने आशा राख्छन्‌। (लूका १२:३२; रोमी ८:१८; १ पत्रुस २:५; प्रकाश २०:६) कस्तो महान विशेषाधिकार! नभन्दै, यति दृढतासाथ यूहन्‍नाले महिमा र शक्‍ति येशूकै हो भने!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने