प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के तपाईंको नाउँ जीवनको पुस्तकमा छ?
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ३. (क) येशूसित “सात तारा” छन्‌ भन्‍ने कुरालाई “सार्डिसको मण्डलीका दूतले” विशेष ध्यान किन दिनुपर्छ? (ख) येशूले सार्डिसको मण्डलीलाई के कडा सल्लाह दिनुहुन्छ?

      ३ “सात तारा” हुने पनि उहाँ नै हुनुहुन्छ भनेर येशूले “सार्डिसमा भएको मण्डलीका दूतलाई” सम्झना गराउनु हुन्छ। मण्डलीका ती प्राचीनहरू उहाँकै दाहिने हातमा छन्‌। तिनीहरूले मण्डलीको रेखदेख गर्दा तिनीहरूलाई निर्देशन दिने अधिकार उहाँसितै छ। तिनीहरूले मन लगाएर ‘आफ्ना बगाललाई राम्ररी चिन्‍ने’ प्रयास गर्नुपर्छ। (हितोपदेश २७:२३) तसर्थ येशूले अब के भन्‍नुहुन्छ, तिनीहरूले विशेष ध्यान दिएर सुन्‍नुपर्छ। “तिमी जागा रहने गर, र मर्नै लागेका तर बाँकी रहेका कुराहरूलाई पक्का गर। किनकि मैले तिम्रो कुनै काम पनि मेरा परमेश्‍वरको सामने पूरा भएको भेट्टाएको छैनँ। यसकारण तिमीले कसरी यो पायौ र सुन्यौ सो सम्झ। त्यसलाई पालन गर, पश्‍चाताप गर। यसकारण यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै गरी आउनेछु, र म कुन घड़ी तिमीकहाँ आउनेछु, सो तिमीले थाह पाउनेछैनौ।”—प्रकाश ३:२, ३.

      ४. पत्रुसका शब्दहरूले सार्डिसको मण्डलीलाई “बाँकी रहेको कुरालाई पक्का” गर्ने मदत कसरी दिने थियो?

      ४ सच्चाइ सिक्दा सुरु-सुरुमा अनुभव गरिएको आनन्द र आशिषलाई सार्डिसका प्राचीनहरूले सम्झनु परेको छ। किनकि अहिले तिनीहरू आफ्नो आध्यात्मिक गतिविधिबारे मरेतुल्य छन्‌। विश्‍वासका कामहरूको अभावले गर्दा तिनीहरूको मण्डलीको दियो धिपधिपाइ रहेकोछ। यूहन्‍नाको दर्शनका सातवटा आत्माहरू अर्थात्‌ “स्वर्गबाट पठाइनु भएको पवित्र आत्मा” द्वारा घोषित महिमावान सुसमाचारलाई मसीहीहरूले स्वीकारेका थिए। तर त्यस सुसमाचारप्रति मूल्याङ्‌कन बढाउनु पर्छ भनेर वर्षौंअघि प्रेरित पत्रुसले एसियाका मण्डलीहरूलाई (सम्भवतः यसमा सार्डिस पनि समावेश थियो) लेखेका थिए। यसबाहेक एसियाका ती मसीहीहरू ‘चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा थिए। तिनीहरूलाई अन्धकारबाट गजबको ज्योतिमा . . . बोलाउनेको सर्वश्रेष्ठता’ घोषित गर्न आवश्‍यक थियो। यी कुराहरू पनि पत्रुसले तिनीहरूलाई सम्झिराख्न लगाए। (१ पत्रुस १:१२, २५; २:९) यस्तै आध्यात्मिक सच्चाइहरूमाथि मनन गर्नाले सार्डिसको मण्डलीलाई पश्‍चाताप गर्ने र “बाँकी रहेका कुराहरू पक्का” गर्ने मदत मिल्ने थियो।—२ पत्रुस ३:९ तुलना गर्नुहोस्‌।

      ५. (क) सार्डिसका मसीहीहरूमा मूल्याङ्‌कनको भावलाई के भएको थियो? (ख) सार्डिसका मसीहीहरूले येशूको सल्लाह नमानेमा के हुनेछ?

      ५ तर हाल सच्चाइप्रति तिनीहरूको प्रेम र मूल्याङ्‌कन निभ्नै लागेको आगो जस्तै भएको छ। झल्याकझुलुक आगोका एकाध झिल्काहरू मात्र देखिन्छन्‌। यसकारण येशूले तिनीहरूलाई यी झिल्काहरू हम्काउने, आगोलाई पुनःदन्काउने, आफ्नो लापरवाहीको कारण गरिएका पापहरूको पश्‍चाताप गर्ने र फेरि आध्यात्मिक तवरमा जीवित र सक्रिय मण्डली हुने प्रोत्साहन दिनुहुन्छ। (२ तिमोथी १:६, ७ सङ्‌ग तुलना गर्नुहोस्‌।) नत्रभने येशू न्याय कार्यान्वयन गर्न एक्कासि “चोरझैं” आउनु हुँदा सार्डिसको मण्डली उहाँको सामने उभिन तयार हुनेछैन।—मत्ती २४:४३, ४४.

  • के तपाईंको नाउँ जीवनको पुस्तकमा छ?
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ७. मसीहीहरू आज जागा भएर बस्नु किन अत्यावश्‍यक छ?

      ७ एक जना मसीहका लागि प्रभुको दिनको सुरुआतसम्म मात्र सतर्क रहनु यथेष्ट थिएन। ‘यी सबै कुरा पूरा हुने चिह्न’ सम्बन्धी आफ्नो महान भविष्यवाणीमा येशूले यो कडा चेताउनी दिनु भएको थियो: “त्यस दिन कि त्यस घडीको विषयमा अरू कसैले जान्दैनन्‌। . . . त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ। जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु, ‘जागा रहो।’ ” (मर्कूस १३:४, ३२, ३३, ३७) यसकारण अभिषिक्‍तवर्गका हौं वा ठूलो भीडका, हामी प्रत्येक त्यस घडीसम्मै सतर्क भएर बस्नुपर्छ। आध्यात्मिक निद्रामा नपर्नका लागि हामीले हर प्रकारको सङ्‌घर्ष गर्नुपर्छ। यहोवाको दिन “रातमा चोर आएझैं” आउँदा हामी पूर्णरूपले जागा बसेको हुनुपर्छ। अनि मात्र हामीले अनुकूल इन्साफ पाउनेछौं।—१ थिस्सलोनिकी ५:२, ३; लूका २१:३४-३६; प्रकाश ७:९.

      ८. परमेश्‍वरका जनहरूलाई आज यूहन्‍नावर्गकाले आध्यात्मिक तवरमा जीवित रहन कसरी प्रोत्साहित पारेका छन्‌?

      ८ परमेश्‍वरका जनहरूलाई आध्यात्मिक तवरमा जीवित रहने प्रेरणा दिन स्वयं यूहन्‍नावर्ग नै जागा भएर बसेको छ। यसका लागि प्रत्येक साल अनेक पटक पृथ्वीभरि विशेष सम्मेलनहरू आयोजित गरिन्छन्‌। हालसालैका २,९८१ जिल्ला सम्मेलनहरूमा जम्माजम्मी १,०९,५३,७४४ उपस्थित भएका थिए र १,२२,७०१ जना विश्‍वास गर्नेहरूले बप्तिस्मा लिए। यूहन्‍नावर्गकाले यहोवाको नाउँ र उद्देश्‍य घोषणा गर्न द वाचटावर को प्रयोग गरेको पनि सय वर्षभन्दा बढी भइसक्यो। दुइटा विश्‍वयुद्धको दौडान यहोवाका साक्षीहरूले क्रूर सतावट भोगे तापनि द वाचटावर ले तिनीहरूको जोशलाई पुनःजागृत गराउन अन्य लेखहरू प्रकाशित गऱ्‍यो। ती मध्येका केही लेखहरूका शीर्षकहरू यसप्रकार थिए: “धन्य निडर हुनेहरू” (१९१९), “कम्मर कस्ने आह्वान” (१९२५) र “सतावटको पराजय” (१९४२)।

      ९. (क) सबै मसीहीहरूले आफैलाई के सोध्ने गर्नुपर्छ? (ख) द वाचटावर पत्रिकाले के प्रोत्साहन दिंदै आएको छ?

      ९ सार्डिसमा झैं आजका मण्डलीहरूमा पनि सबै मसीहीहरूले सधैं नै आत्मपरीक्षण गर्नु अत्यावश्‍यक छ। हामी सबैले आफूलाई यी प्रश्‍नहरू सोधिरहनु पर्छ: के परमेश्‍वरको सामने हाम्रो “काम . . . पूरा” भएको छ? अरूहरूको आलोचना गर्दै हिंड्‌नुको सट्टा के हामी आफूमै आत्मत्यागको भाव बढाउने गर्छौं? के हामी परमेश्‍वरलाई यथाशक्य सेवा चढाउने प्रयास गर्छौं? यस सम्बन्धमा हामीलाई प्रोत्साहित पार्नका लागि द वाचटावर पत्रिकाले निम्नलिखित विषयहरूमाथि छलफल गर्दै आएको छ: “आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ” र “आफ्नो लागि नबाँच्ने।”a यसप्रकारको शास्त्रीय मदत पाएकोले आउनुहोस्‌, हामी यहोवाको सामने नम्रता र प्रार्थनापूर्वक आफ्नो निष्ठालाई कायम राखौं। आफ्ना भित्री भावहरूको जाँच गर्ने गरौं।—भजनसंग्रह २६:१-३; १३९:२३, २४.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने