प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “तिमीसित जे छ, त्यसलाई पक्रिराख”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १०. येशूले फिलाडेल्फियाको मण्डलीलाई के प्रोत्साहन दिनुहुन्छ?

      १० यस्तो आधिकारिक स्त्रोतबाट आउने येशूका शब्दहरूबाट फिलाडेल्फियाका मसीहीहरूले धेरै नै सान्त्वना पाए होलान्‌। उहाँले यसो भन्दै तिनीहरूको सराहना गर्नुहुन्छ: “मलाई तिम्रा कामहरू थाह छ ( हेर, मैले तिम्रो सामने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्‍नसक्‍तैन।) तिमीसँग थोरै शक्‍ति छ। औ मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्कार गरेका छैनौं।” ( प्रकाश ३:८) फिलाडेल्फिया मण्डली सक्रिय रहेको छ र त्यसका लागि अब एउटा ढोका खुलेको छ। अवश्‍यपनि यो सेवकाईसम्बन्धी सेवा गर्ने मौकाको ढोका हो। (१ कोरिन्थी १६:९; २ कोरिन्थी २:१२ तुलना गर्नुहोस्‌।) यसकारण प्रचार गर्ने मौकाको पूर्ण सदुपयोग गर्न येशूले मण्डलीलाई प्रोत्साहन दिनुहुन्छ। तिनीहरूले धैर्य धारण गरेका छन्‌। परमेश्‍वरको आत्माको मदतद्वारा यहोवाको सेवामा अझ “कामहरू” गर्ने यथेष्ट शक्‍ति तिनीहरूले प्रदर्शित गरेका छन्‌। (२ कोरिन्थी १२:१०; जकरिया ४:६) तिनीहरूले येशूका आज्ञाहरू पालन गरेका छन्‌। ख्रीष्टलाई तिनीहरूले नता आफ्नो बोली न कामद्वारा नै इन्कार गरेका छन्‌।

  • “तिमीसित जे छ, त्यसलाई पक्रिराख”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १४. आधुनिक समयहरूमा यशैया ४९:२३ र जकरिया ८:२३ को भविष्यवाणी विशेषतः कसरी पूरा भएको छ?

      १४ आधुनिक समयहरूमा यशैया ४९:२३ र जकरिया ८:२३ जस्ता भविष्यवाणीहरू सार्थक रीतिले पूरा भएका छन्‌। यूहन्‍नावर्गले गरेको प्रचारद्वारा राज्य सेवकाईको खुला ढोकाभित्र ठूलो सङ्‌खयामा मानिसहरूले प्रवेश पाएका छन्‌।b यीमध्येका धेरैजसो त मसीहीजगतबाट निक्लेर आएका हुन्‌ जसका धर्महरूले आत्मिक इस्राएल हुने झूटो दाबा गर्छन्‌। (रोमी ९:६ तुलना गर्नुहोस्‌।) त्यस ढोकाबाट प्रवेश गर्ने मानिसहरूको ठूलो भीडले येशूको बलिदानको रगतमा विश्‍वास गर्दै आ-आफ्नो वस्त्र धोएर सेतो पार्छन्‌। (प्रकाश ७:९, १०, १४) यिनीहरूले ख्रीष्टको राजकीय शासनको अधीनमा बसेर पृथ्वीमा आशिष पाउने आशा राखेका छन्‌। यिनीहरूले येशूका अभिषिक्‍त भाइहरूलाई आत्मिक तवरमा ‘ढोगी दिन्छन्‌’ किनभने ‘परमेश्‍वर उनीहरूसित नै हुनुहुन्छ’ भनेर यिनले सुनेका छन्‌। यिनीहरूले ती अभिषिक्‍त जनहरूको सेवा गर्छन्‌ र ती अभिषिक्‍त जनहरूसितै एउटा विश्‍वव्यापी भ्रातृत्वमा एकताबद्ध हुन्छन्‌।—मत्ती २५:३४-४०; १ पत्रुस ५:९.

  • “तिमीसित जे छ, त्यसलाई पक्रिराख”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • b प्रचार कार्यमा सक्दोभर भाग लिएर मौकाको फायदा उठाउनु अत्यावश्‍क छ भनेर यूहन्‍नावर्गद्वारा प्रकाशित द वाचटावर पत्रिकाले जोड दिंदै आएको छ; उदाहरणका लागि, जनवरी १, २००४ अंकको प्रहरीधरहरा-मा “सबैले यहोवाको महिमाको वर्णन गरून्‌” र “तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो” भन्‍ने लेख हेर्नुहोस्‌। जून १, २००४ अंकको प्रहरीधरहरा-मा “परमेश्‍वरलाई महिमा दिनेहरू धन्यका हुन्‌” भन्‍ने लेखमा चाहिं “खुला ढोका” बाट प्रवेश गर्दै पूर्ण समय सेवकाई सुरु गर्ने विषयमाथि जोड दिइएको थियो। अतः सन्‌ २००५ को सेवा वर्षको दौडान एउटा महिनामा अग्रगामीहरूको सङ्‌खया बढेर १०,९३,५५२ पुगेको थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने