प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w01 १२/१५ p. ३२
  • “तिम्रा आँखामा लाउन . . . गाजल”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तिम्रा आँखामा लाउन . . . गाजल”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
w01 १२/१५ p. ३२

“तिम्रा आँखामा लाउन . . . गाजल”

यो सल्लाह येशू ख्रीष्टले प्रथम शताब्दीका एसिया माइनरको लाओडिसिया मण्डलीलाई दिनुभएको थियो।

येशूले यसो भन्‍नुभयो: “तिमीले देख्नालाई तिम्रा आँखामा लाउन भनी गाजल मबाट [किन]।” यो उपचार गर्न सकिने आँखाको रोग नभई आध्यात्मिक अन्धोपन थियो। लाओडिसियाका मसीहीहरूले आफू बसिरहेको भौतिक रूपमा सम्पन्‍न शहरको मनोभावबाट प्रभावित भएर आफ्ना आध्यात्मिक आवश्‍यकतालाई बेवास्ता गर्न थालेका थिए।

तिनीहरूको यस्तो त्रुटिपूर्ण दृष्टिबारे टिप्पणी गर्दै येशूले यसो भन्‍नुभयो: “ ‘म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन’ भनी तिमी भन्दछौ, तर . . . तिमी दुःखी, दयनीय, दरिद्र, अन्धा र नाङ्‌गा छौ।” आफूलाई आवश्‍यकता महसुस नभए तापनि मण्डलीका सबै सदस्यहरूलाई रोग निको पार्ने “गाजल” चाहिएको थियो र त्यो, येशू ख्रीष्टको शिक्षा र अनुशासन स्वीकारेर मात्र प्राप्त गर्न सकिन्थ्यो। त्यसैकारण येशूले ‘मबाट किन’ भन्‍नुभयो।—प्रकाश ३:१७, १८, संशोधित संस्करण।

लाओडिसियाकाहरूजस्तै आजका साँचो मसीहीहरू पनि अचाक्ली भौतिक तथा विलासी वातावरणबाट जानाजानी होस्‌ वा अन्जानमा प्रभावित हुनदेखि होसियार रहनुपर्छ। स्वस्थ दृष्टिकोण कायम राख्ने औषधी यस सल्लाहमा पाउँछौं: “तिमीले देख्नालाई तिम्रा आँखामा लाउन . . . गाजल [येशू ]सित किन।”

यहाँ “गाजल” किन्‍नुपर्छ भन्‍ने कुरा उल्लेखनीय छ। यसमा खर्च गर्नु समावेश छ। परमेश्‍वरको वचन अध्ययन गर्न र मनन गर्न समय खर्च गर्नुपर्छ। अनि त्यस वचनले हाम्रो “आँखालाई उज्ज्वल तुल्याउने[छ]” भनी भजनरचयिता हामीलाई आश्‍वासन दिन्छ।—भजन १९:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने