-
साँचो परमेश्वर को हुनुहुन्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
२. बाइबलले यहोवाबारे के बताउँछ?
मानिसहरूले उपासना गर्ने सबै देवीदेवतामध्ये यहोवा मात्र साँचो परमेश्वर हुनुहुन्छ भनेर बाइबलले बताउँछ। किन? त्यसका थुप्रै कारण छन्। यहोवासित सबैभन्दा धेरै अख्तियार छ र ‘सारा पृथ्वीमा उहाँ मात्र सर्वोच्च हुनुहुन्छ।’ (भजन ८३:१८ पढ्नुहोस्।) बाइबलमा उहाँलाई “सर्वशक्तिमान् परमेश्वर” भनिएको छ किनभने उहाँसित आफूले चाहेको सबै कुरा गर्ने शक्ति छ। उहाँले “सबै थोक सृष्टि गर्नुभयो।” (प्रकाश ४: ८, ११) उहाँले नै ब्रह्माण्डलगायत पृथ्वीका सबै जीवजीवात सृष्टि गर्नुभयो। यहोवा मात्र सधैँ अस्तित्वमा हुनुहुन्छ र सदासर्वदै रहिरहनुहुनेछ।—भजन ९०:२.
-
-
हामी कसरी परमेश्वरलाई मन पर्ने तरिकामा उपासना गर्न सक्छौँ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
यहोवा हाम्रो सृष्टिकर्ता हुनुभएकोले उहाँ मात्र हाम्रो भक्तिको योग्य हुनुहुन्छ। (प्रकाश ४:११) यसको अर्थ हामीले उहाँलाई प्रेम गर्नुपर्छ अनि उहाँको मात्र उपासना गर्नुपर्छ। साथै उहाँको उपासना गर्न कुनै मूर्ति, तस्बिर वा प्रतिमा प्रयोग गर्नु हुँदैन।—यसैया ४२:८ पढ्नुहोस्।
हामीले चढाउने उपासना यहोवाको लागि “पवित्र अनि ग्रहणयोग्य” हुनुपर्छ। (रोमी १२:१) भन्नुको मतलब, हामी उहाँले तोक्नुभएको नैतिक स्तरअनुसार चल्नुपर्छ। उदाहरणको लागि, यहोवालाई प्रेम गर्नेहरूले वैवाहिक जीवनको लागि उहाँले तोक्नुभएको स्तरलाई प्रेम गर्छन् अनि त्यसअनुसार चल्छन्। साथै तिनीहरू अस्वस्थकर आनीबानीबाट परै बस्छन्। जस्तै: तिनीहरू सुर्तीजन्य पदार्थ र लागूपदार्थ सेवन गर्दैनन् वा रक्सीको दुरुपयोग गर्दैनन्।a
-