प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • re chap. ११ pp. ५४-५८
  • के तपाईंको नाउँ जीवनको पुस्तकमा छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंको नाउँ जीवनको पुस्तकमा छ?
  • प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “चोरझैं” आउनु
  • “केही नाउँहरू”
  • सधैंका लागि जीवनको पुस्तकमा!
  • आत्माले के भन्छ सुन्‍नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • एउटा पवित्र रहस्य उघारिन्छ
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • “तिमीसित जे छ, त्यसलाई पक्रिराख”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • ख्रीष्टले मण्डलीहरूसित कुरा गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
re chap. ११ pp. ५४-५८

अध्याय ११

के तपाईंको नाउँ जीवनको पुस्तकमा छ?

सार्डिस

१. सार्डिसको मण्डलीको आध्यात्मिक स्थिति कस्तो छ र येशूले आफ्नो सन्देश कसरी सुरु गर्नुहुन्छ?

महिमावान येशूको अब अर्को सन्देश सार्डिसको मण्डलीका लागि हो। यो ठाउँ आधुनिक अखिसार (थिआटायरा) देखि करीब ३० माइल दक्षिणतिर छ। छैटौं शताब्दी सा.यु.पू. मा यो शहर प्राचीन राज्य लिडियाको भव्य राजधानी थियो। अति नै धनवान राजा क्रिसस्‌को राजगद्दी पनि त्यहीं नै थियो। तर यूहन्‍नाको समयसम्म त त्यस शहरले धेरै नै आपद्‌विपद्‌ भोगिसकेको थियो। क्रिसस्‌कालीन रौनक ढलेर इतिहास भइसकेको थियो। यस्तैप्रकार त्यहाँको मसीही मण्डलीलाई पनि आध्यात्मिक गरीबीले छोपेको थियो। अतः येशूले यहाँ प्रथम पटक आफ्नो सन्देश प्रशंसासहित सुरु गर्नुहुन्‍न। उहाँ यसो भन्‍नुहुन्छ: “सार्डिसमा भएको मण्डलीका दूतलाई लेख। यी कुरा परमेश्‍वरका सात आत्मा, र सात तारा हुनेले भन्छ, तिम्रो काम मलाई थाह छ। तिमी जीवित छौ भन्‍ने नाउँ ता छ, तर मरेका छौ।”—प्रकाश ३:१.

२. (क) येशूसित “सात आत्मा” हुनु सार्डिसका मसीहीहरूका लागि के अर्थ राख्तछ? (ख) बाहिरबाट सार्डिसको मण्डलीको कस्तो नाउँ चलेको थियो तर वास्तवमा त्यहाँ के भइरहेछ?

२ येशूले आफूलाई “सात आत्मा” हुने व्यक्‍ति भनेर किन चिनाउनु हुन्छ? किनभने यी आत्माहरूले पूर्णतासाथ बग्ने यहोवाको पवित्र आत्मालाई प्रतिनिधित्व गर्छन्‌। पछिबाट यूहन्‍नाले ती सात आत्माहरूलाई “सातवटा आँखा” पनि भनेका छन्‌। किनभने परमेश्‍वरको पवित्र आत्माले येशूलाई तीब्र दृष्टि प्रदान गर्छ। (प्रकाश ५:६) यसले गर्दा येशूले कुनै पनि लुकेको स्थितिलाई बुझ्न र त्यसको समाधान गर्न सक्नुहुन्छ। (मत्ती १०:२६; १ कोरिन्थी ४:५) बाहिरबाट हेर्दा त सार्डिसको मण्डली जीवित र सक्रिय देखिन्छ। तर आत्मिक तवरमा त्यो मरिसकेको येशू देख्नुहुन्छ। स्पष्टतः त्यसका धेरैजसो सदस्यहरू मसीही हुनभन्दा अघि जस्तै सुस्त भएका छन्‌।—एफिसी २:१-३; हिब्रू ५:११-१४ तुलना गर्नुहोस्‌।

३. (क) येशूसित “सात तारा” छन्‌ भन्‍ने कुरालाई “सार्डिसको मण्डलीका दूतले” विशेष ध्यान किन दिनुपर्छ? (ख) येशूले सार्डिसको मण्डलीलाई के कडा सल्लाह दिनुहुन्छ?

३ “सात तारा” हुने पनि उहाँ नै हुनुहुन्छ भनेर येशूले “सार्डिसमा भएको मण्डलीका दूतलाई” सम्झना गराउनु हुन्छ। मण्डलीका ती प्राचीनहरू उहाँकै दाहिने हातमा छन्‌। तिनीहरूले मण्डलीको रेखदेख गर्दा तिनीहरूलाई निर्देशन दिने अधिकार उहाँसितै छ। तिनीहरूले मन लगाएर ‘आफ्ना बगाललाई राम्ररी चिन्‍ने’ प्रयास गर्नुपर्छ। (हितोपदेश २७:२३) तसर्थ येशूले अब के भन्‍नुहुन्छ, तिनीहरूले विशेष ध्यान दिएर सुन्‍नुपर्छ। “तिमी जागा रहने गर, र मर्नै लागेका तर बाँकी रहेका कुराहरूलाई पक्का गर। किनकि मैले तिम्रो कुनै काम पनि मेरा परमेश्‍वरको सामने पूरा भएको भेट्टाएको छैनँ। यसकारण तिमीले कसरी यो पायौ र सुन्यौ सो सम्झ। त्यसलाई पालन गर, पश्‍चाताप गर। यसकारण यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै गरी आउनेछु, र म कुन घड़ी तिमीकहाँ आउनेछु, सो तिमीले थाह पाउनेछैनौ।”—प्रकाश ३:२, ३.

४. पत्रुसका शब्दहरूले सार्डिसको मण्डलीलाई “बाँकी रहेको कुरालाई पक्का” गर्ने मदत कसरी दिने थियो?

४ सच्चाइ सिक्दा सुरु-सुरुमा अनुभव गरिएको आनन्द र आशिषलाई सार्डिसका प्राचीनहरूले सम्झनु परेको छ। किनकि अहिले तिनीहरू आफ्नो आध्यात्मिक गतिविधिबारे मरेतुल्य छन्‌। विश्‍वासका कामहरूको अभावले गर्दा तिनीहरूको मण्डलीको दियो धिपधिपाइ रहेकोछ। यूहन्‍नाको दर्शनका सातवटा आत्माहरू अर्थात्‌ “स्वर्गबाट पठाइनु भएको पवित्र आत्मा” द्वारा घोषित महिमावान सुसमाचारलाई मसीहीहरूले स्वीकारेका थिए। तर त्यस सुसमाचारप्रति मूल्याङ्‌कन बढाउनु पर्छ भनेर वर्षौंअघि प्रेरित पत्रुसले एसियाका मण्डलीहरूलाई (सम्भवतः यसमा सार्डिस पनि समावेश थियो) लेखेका थिए। यसबाहेक एसियाका ती मसीहीहरू ‘चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा थिए। तिनीहरूलाई अन्धकारबाट गजबको ज्योतिमा . . . बोलाउनेको सर्वश्रेष्ठता’ घोषित गर्न आवश्‍यक थियो। यी कुराहरू पनि पत्रुसले तिनीहरूलाई सम्झिराख्न लगाए। (१ पत्रुस १:१२, २५; २:९) यस्तै आध्यात्मिक सच्चाइहरूमाथि मनन गर्नाले सार्डिसको मण्डलीलाई पश्‍चाताप गर्ने र “बाँकी रहेका कुराहरू पक्का” गर्ने मदत मिल्ने थियो।—२ पत्रुस ३:९ तुलना गर्नुहोस्‌।

५. (क) सार्डिसका मसीहीहरूमा मूल्याङ्‌कनको भावलाई के भएको थियो? (ख) सार्डिसका मसीहीहरूले येशूको सल्लाह नमानेमा के हुनेछ?

५ तर हाल सच्चाइप्रति तिनीहरूको प्रेम र मूल्याङ्‌कन निभ्नै लागेको आगो जस्तै भएको छ। झल्याकझुलुक आगोका एकाध झिल्काहरू मात्र देखिन्छन्‌। यसकारण येशूले तिनीहरूलाई यी झिल्काहरू हम्काउने, आगोलाई पुनःदन्काउने, आफ्नो लापरवाहीको कारण गरिएका पापहरूको पश्‍चाताप गर्ने र फेरि आध्यात्मिक तवरमा जीवित र सक्रिय मण्डली हुने प्रोत्साहन दिनुहुन्छ। (२ तिमोथी १:६, ७ सङ्‌ग तुलना गर्नुहोस्‌।) नत्रभने येशू न्याय कार्यान्वयन गर्न एक्कासि “चोरझैं” आउनु हुँदा सार्डिसको मण्डली उहाँको सामने उभिन तयार हुनेछैन।—मत्ती २४:४३, ४४.

“चोरझैं” आउनु

६. येशू “चोरझैं” १९१८ मा कसरी आउनु भयो र उहाँका अनुयायी हुने दाबी गर्नेहरूलाई कुन अवस्थामा फेला पार्नु भयो?

६ “चोरझैं” आउने येशूको चेताउनी हाम्रो आधुनिक समयमा पनि लागू हुन्छ। प्रभुको दिनसम्मै बाँच्ने मसीहीहरूका लागि उक्‍त चेताउनीले विशेष अर्थ राख्यो। किनकि १९१४ को थोरै समयपश्‍चात्‌ मलाकीको यो भविष्यवाणी पूरा भएको थियो: “ ‘हेर, म आफ्नो दूतलाई पठाउँछु, र उसले मेरो अगि अगि बाटो तयार गर्नेछ, र परमप्रभु जसलाई तिमीहरू खोज्दछौ एक्कासि आफ्नो मन्दिरमा आउनेछन्‌, अर्थात्‌ करारका ती दूत जसलाई तिमीहरू औधी चाह गर्दछौ। हेर, तिनी आउँदैछन्‌,’ सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” (मलाकी ३:१; प्रकाश १:१०) येशूका अनुयायी हुने दाबी गर्नेहरूलाई जाँच्न र न्याय गर्न येशू “करारको दूतको हैसियतमा” आउनु भयो। (१ पत्रुस ४:१७) त्यतिखेर १९१८ मा मसीहीजगत प्रथम विश्‍वयुद्धको रक्‍तपातमा ग्रस्त थियो। मसीहीजगत आत्मिक तवरमा मरिसकेको थियो। युद्धअघि जोडतोडले प्रचार गर्ने साँचो मसीहीहरूलाई पनि केही समयका लागि आत्मिक निद्राले छोप्न थालेको थियो। उनीहरूका केही प्रमुख प्राचीनहरू झ्यालखानमा थुनिए र प्रचार कार्य प्रायः बन्द नै भयो। तर लगतै अर्को साल यहोवाको आत्माले यी मसीहीहरूलाई बिउँझाउदा सबै जना तयार थिएनन्‌। तिनीहरूमध्ये कोही कोही येशूको उखानका मूर्ख कन्याहरू जस्तै थिए। यहोवाको सेवा गर्ने विशेषाधिकारका लागि तिनीहरू आध्यात्मिक तवरमा तैयार थिएनन्‌। तर खुशीको कुरा, बुद्धिमान कन्याहरू जस्ता धेरै व्यक्‍तिहरू थिए जसले येशूको यो चेताउनी सुने: “यसकारण जागा रहो, किनकि तिमीहरू त्यो दिन र त्यो बेला थाह पाउँदैनौं।”—मत्ती २५:१-१३.

७. मसीहीहरू आज जागा भएर बस्नु किन अत्यावश्‍यक छ?

७ एक जना मसीहका लागि प्रभुको दिनको सुरुआतसम्म मात्र सतर्क रहनु यथेष्ट थिएन। ‘यी सबै कुरा पूरा हुने चिह्न’ सम्बन्धी आफ्नो महान भविष्यवाणीमा येशूले यो कडा चेताउनी दिनु भएको थियो: “त्यस दिन कि त्यस घडीको विषयमा अरू कसैले जान्दैनन्‌। . . . त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ। जे म तिमीहरूलाई भन्दछु, त्यो म सबैलाई भन्दछु, ‘जागा रहो।’ ” (मर्कूस १३:४, ३२, ३३, ३७) यसकारण अभिषिक्‍तवर्गका हौं वा ठूलो भीडका, हामी प्रत्येक त्यस घडीसम्मै सतर्क भएर बस्नुपर्छ। आध्यात्मिक निद्रामा नपर्नका लागि हामीले हर प्रकारको सङ्‌घर्ष गर्नुपर्छ। यहोवाको दिन “रातमा चोर आएझैं” आउँदा हामी पूर्णरूपले जागा बसेको हुनुपर्छ। अनि मात्र हामीले अनुकूल इन्साफ पाउनेछौं।—१ थिस्सलोनिकी ५:२, ३; लूका २१:३४-३६; प्रकाश ७:९.

८. परमेश्‍वरका जनहरूलाई आज यूहन्‍नावर्गकाले आध्यात्मिक तवरमा जीवित रहन कसरी प्रोत्साहित पारेका छन्‌?

८ परमेश्‍वरका जनहरूलाई आध्यात्मिक तवरमा जीवित रहने प्रेरणा दिन स्वयं यूहन्‍नावर्ग नै जागा भएर बसेको छ। यसका लागि प्रत्येक साल अनेक पटक पृथ्वीभरि विशेष सम्मेलनहरू आयोजित गरिन्छन्‌। हालसालैका २,९८१ जिल्ला सम्मेलनहरूमा जम्माजम्मी १,०९,५३,७४४ उपस्थित भएका थिए र १,२२,७०१ जना विश्‍वास गर्नेहरूले बप्तिस्मा लिए। यूहन्‍नावर्गकाले यहोवाको नाउँ र उद्देश्‍य घोषणा गर्न द वाचटावर को प्रयोग गरेको पनि सय वर्षभन्दा बढी भइसक्यो। दुइटा विश्‍वयुद्धको दौडान यहोवाका साक्षीहरूले क्रूर सतावट भोगे तापनि द वाचटावर ले तिनीहरूको जोशलाई पुनःजागृत गराउन अन्य लेखहरू प्रकाशित गऱ्‍यो। ती मध्येका केही लेखहरूका शीर्षकहरू यसप्रकार थिए: “धन्य निडर हुनेहरू” (१९१९), “कम्मर कस्ने आह्वान” (१९२५) र “सतावटको पराजय” (१९४२)।

९. (क) सबै मसीहीहरूले आफैलाई के सोध्ने गर्नुपर्छ? (ख) द वाचटावर पत्रिकाले के प्रोत्साहन दिंदै आएको छ?

९ सार्डिसमा झैं आजका मण्डलीहरूमा पनि सबै मसीहीहरूले सधैं नै आत्मपरीक्षण गर्नु अत्यावश्‍यक छ। हामी सबैले आफूलाई यी प्रश्‍नहरू सोधिरहनु पर्छ: के परमेश्‍वरको सामने हाम्रो “काम . . . पूरा” भएको छ? अरूहरूको आलोचना गर्दै हिंड्‌नुको सट्टा के हामी आफूमै आत्मत्यागको भाव बढाउने गर्छौं? के हामी परमेश्‍वरलाई यथाशक्य सेवा चढाउने प्रयास गर्छौं? यस सम्बन्धमा हामीलाई प्रोत्साहित पार्नका लागि द वाचटावर पत्रिकाले निम्नलिखित विषयहरूमाथि छलफल गर्दै आएको छ: “आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ” र “आफ्नो लागि नबाँच्ने।”a यसप्रकारको शास्त्रीय मदत पाएकोले आउनुहोस्‌, हामी यहोवाको सामने नम्रता र प्रार्थनापूर्वक आफ्नो निष्ठालाई कायम राखौं। आफ्ना भित्री भावहरूको जाँच गर्ने गरौं।—भजनसंग्रह २६:१-३; १३९:२३, २४.

“केही नाउँहरू”

१०. सार्डिसको मण्डलीमा कुन प्रोत्साहनदायक विशेषता येशूले देख्नु भयो र यसले हामीमा के कस्तो असर पार्नुपर्छ?

१० सार्डिसको मण्डलीलाई येशूले अब भन्‍नु हुने शब्दहरू अति नै प्रोत्साहक छन्‌: “तर सार्डिसमा कति व्यक्‍ति छन्‌ [ केही नाउँहरू छन्‌, NW] जसले आफ्ना लुगा बिटुलेका छैनन्‌। तिनीहरू मसँग सेता लुगा लगाएर हिंड़नेछन्‌। किनकि तिनीहरू योग्यका छन्‌। जसले जित्छ, त्यसलाई यसरी सेता लुगा पहिराइदिन्छु, र म कुनै रीतिले पनि त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिनेछैनँ। म त्यसको नाउँ मेरा पिताको सामने र उहाँका दूतहरूका सामने स्वीकार गर्नेछु।” ( प्रकाश ३:४, ५) यी शब्दहरू हाम्रालागि कति उत्साहवर्धक छन्‌! के यी शब्दहरूले विश्‍वासी हुने हाम्रो सङ्‌कल्पलाई बल दिंदैन र? प्राचीनहरूको समूहको लापरवाहीले गर्दा पूरै मण्डली गहिरो आत्मिक निद्रामा पर्न सक्छ। तथापि, त्यहाँका केही व्यक्‍तिहरूले चाहिं यहोवा समक्ष असल नाउँ कमाउन साहसपूर्वक आफ्नो मसीही शुद्धतालाई निष्कलङ्‌क र कायम राख्ने प्रयास गर्न सक्छन्‌।—हितोपदेश २२:१.

११, १२. (क) ठूलो धर्मत्यागको दौडान पनि केही व्यक्‍तिहरू कसरी सार्डिसका ती “केही” विश्‍वासी जनहरू जस्तै भएको हुनुपर्छ? (ख) गहुँजस्ता मसीहीहरूले प्रभुको दिनमा कसरी आराम पाए?

११ हो, यहाँ चर्चा गरिएको “लुगा” ले मानिसको धार्मिक मसीही व्यक्‍तित्त्वलाई बोध गराउँछ। (प्रकाश १६:१५ र १९:८ तुलना गर्नुहोस्‌।) धेरैजसो व्यक्‍तिहरू सुस्त भए तापनि सार्डिसका “केही नाउँहरू” अर्थात्‌ केही अभिषिक्‍त जनहरूले चाहिं आफ्नो व्यक्‍तित्वाई कायम राख्न सकेका छन्‌। यो देखेर येशू हृदयबाटै कति प्रभावित हुनु भयो होला। यस्तैप्रकार कैयौं शताब्दीसम्मको त्यो ठूलो धर्म-त्यागको दौडान मसीही भनौंदाहरू महान बेबिलोन अर्थात्‌ झूटो धर्मको विश्‍व-साम्राज्यमा समाविष्ट भए तापनि केही व्यक्‍तिहरूले चाहिं ठूलो विरोधको बावजूद यहोवाको इच्छा गर्ने कोशिश निश्‍चय पनि गरेका छन्‌। यस्ता व्यक्‍तिहरू पाखण्डी लहलहाउँदो सामाहरूबीच लुकेका धार्मिक गहुँका दानाहरूजस्ता हुन्‌।—प्रकाश १७:३-६; मत्ती १३:२४-२९.

१२ यी गहुँजस्ता मसीहीहरूलाई येशूले “सब दिन, अँ जगतको अन्तसम्म” साथ दिने प्रतिज्ञा गर्नु भएको थियो। उहाँले तिनीहरूलाई एक एक गरी चिन्‍नुहुन्छ र तिनीहरूले के कस्तो असल नाउँ कमाएका छन्‌, त्यो पनि जान्‍नुहुन्छ। (मत्ती २८:२०; उपदेशक ७:१) प्रभुको दिनको सुरुआतमा जीवित रहेका ती “केही” विश्‍वासी जनहरू कति खुशी भए होलान्‌! तिनीहरूलाई आध्यात्मिक तवरमा मरिसकेको मसीहीजगतबाट अलग्ग पारियो। अनि झन्डै झन्डै स्मर्नाको जस्तै धार्मिक मण्डलीमा तिनीहरूलाई जम्मा गरियो।—मत्ती १३:४०-४३.

१३. आफ्नो “लुगा बिटुलो” नपार्ने अभिषिक्‍त मसीहीहरूले के कस्ता आशिषहरू पाउनेछन्‌?

१३ अन्तसम्मै विश्‍वासी रहने र आफ्नो मसीही व्यक्‍तित्वलाई कलङ्‌कित नपार्ने ती सार्डिसका मसीहीहरूले एउटा अद्‌भुत आशाको पूर्ति अनुभव गर्नेछन्‌। येशूको मसीही राज्य १९१४ मा स्थापित भइसकेपछि तिनीहरूको पुनःरुत्थान हुनेछ र तिनीहरूलाई आत्मिक जीवन प्रदान गरिन्छ। तिनीहरू विजयी भएकोले आफ्नो सिद्ध र निष्कलङ्‌क धार्मिकता बोध गराउने शुद्ध सेतो वस्त्र तिनीहरूलाई पहिराइनेछ। जीवनतर्फ लैजाने साँघुरो बाटोमा हिंडेको हुँदा तिनीहरूले एउटा अनन्त पुरस्कार पाउनेछन्‌।—मत्ती ७:१४; प्रकाश ६:९-११ पनि हेर्नुहोस्‌।

सधैंका लागि जीवनको पुस्तकमा!

१४. “जीवनको पुस्तक” के हो र त्यसमा क-कसको नाउँहरू लेखिएका छन्‌?

१४ “जीवनको पुस्तक” के हो र त्यसमा क-कसको नाउँ रहनेछ? जीवनको पुस्तकले अनन्त जीवनको वरदान पाउने योग्यको ठहरेका यहोवाका सेवकहरूको रेकर्डलाई बोध गर्छ। (मलाकी ३:१६) यहाँ प्रकाशको पुस्तकमा अभिषिक्‍त मसीहीहरूका नाउँहरूबारे मात्र विशेष चर्चा गरिएको छ। तर पृथ्वीमा अनन्त जीवन पाउनेहरूको नाउँ पनि त्यहाँ लेखिएको हुन्छ। साथै, त्यस पुस्तकबाट नाउँहरू ‘मेटाइन’ पनि सकिन्छ। (प्रस्थान ३२:३२, ३३) तथापि, त्यस पुस्तकमा मरणान्तसम्म नाउँ रहने यूहन्‍नावर्गकाले चाहिं स्वर्गमा अमरत्वसहितको जीवन पाउनेछन्‌। (प्रकाश २:१०) यिनीहरूकै नाउँलाई येशूले आफ्ना पिता र स्वर्गदूतहरूको सामने विशेष स्वीकृति दिनु हुनेछ। कति महान पुरस्कार!

१५. ठूलो भीडकाहरूले आ-आफ्नो नाउँ जीवनको पुस्तकमा कहिल्यै नमेटिनेगरी कसरी लेखाउन सक्छन्‌?

१५ जीवनको पुस्तकमा आफ्नो नाउँ हुने ठूलो भीडकाहरू पनि महासङ्‌कष्टबाट बाँच्नेछन्‌। तिनीहरूले येशूको सहस्त्र वर्षे राज्यभरि र त्यसपछि हुने निर्णायक जाँचमा पनि आफ्नो विश्‍वास प्रदर्शित गर्नेछन्‌। परिणामस्वरूप तिनीहरूले पार्थिव प्रमोदवनमा अनन्त जीवनको पुरस्कार पाउनेछन्‌। (दानिएल १२:१; प्रकाश ७:९, १४; २०:१५; २१:४) यसपछि तिनीहरूको नाउँ जीवनको पुस्तकमा कहिल्यै नमेटिने गरी लेखिनेछ। पवित्र आत्माद्वारा यहाँ प्रस्तुत गरिएको कुरा अवगत भएपछि तपाईं अवश्‍य पनि उत्साहसाथ येशूका यी शब्दहरूलाई ध्यान दिनु हुनेछ: “जसको कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।”—प्रकाश ३:६.

[फुटनोट]

a जुलाई १५, २००५ र मार्च १५, २००५ को प्रहरीधरहरा हेर्नुहोस्‌।

[पृष्ठ ५७-मा भएको चित्र]

तपाईंको नाउँ जीवनको पुस्तकमा सधैं रहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने