प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “त्यो पुस्तक खोल्न सक्ने को छ?”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १४. (क) येशूले पुस्तक लिनु हुँदा चार जीवित जीवात र २४-जना प्राचीनहरूले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌? (ख) ती २४ जना प्राचीनहरूबारे यूहन्‍नाले पाएको जानकारीबाट तिनीहरू र तिनीहरूको परिचय कसरी ठम्याउन सकिन्छ?

      १४ यहोवाको सिंहासन सामु उभिरहेका अरूले चाहिं यसमा कस्तो प्रतिक्रिया व्यक्‍त गर्छन्‌? “औ जब उहाँले त्यो पुस्तक लिनुभयो, तब ती चारवटा जीवित जीवात र चौबीसै धर्मगुरुहरू, ती थुमाका सामने घोप्टो परे, प्रत्येकसित वीणा र धूपले भरिएका सुनका पात्रहरू थिए, जो भक्‍त जनहरूका प्रार्थना हुन्‌।” (प्रकाश ५:८) परमेश्‍वरको सामु उभिएका चार जीवित जीवातहरूलेझैं ती २४ जना प्राचीनहरूले येशूको अख्तियार स्वीकार गर्दै उहाँको सामने घोप्टो पर्छन्‌। तर वीणा र धूपका पात्रहरू चाहिं यी प्राचीनहरूसित मात्र छ।a नयाँ गीत पनि उनीहरूले मात्र गाउँछन्‌। (प्रकाश ५:९) यसप्रकार उनीहरू “परमेश्‍वरको [पवित्र] इस्राएल”-का १,४४,००० जस्तै छन्‌। किनभने ती १,४४,००० जनहरूले पनि वीणा बोक्छन्‌ र नयाँ गीत गाउँछन्‌। (गलाती ६:१६; कलस्सी १:१२; प्रकाश ७:३-८; १४:१-४) साथै, ती २४ जना प्राचीनहरू स्वर्गीय पूजारीहरू पनि हुन्‌। यिनीहरूको पूर्वाभास प्राचीन इस्राएलका पूजारीहरूमा पाईन्छ। इस्राएलका ती पूजारीहरूले पनि बासस्थानमा यहोवालाई धूप चढाउने गर्थे। तथापि, येशूलाई झुन्डाएर मारेको काठमै परमेश्‍वरले मोशाको व्यवस्थालाई टाङ्‌गेर हटाइ दिनु भएपछि उपरोक्‍त चलन पनि समाप्त भयो। (कलस्सी २:१४) अतः यी सबै कुराहरूबाट हामी कुन्‌ निष्कर्षमा पुग्छौं? यही कि यस दर्शनले अभिषिक्‍त विजेताहरू अन्ततः ‘परमेश्‍वर र ख्रीष्टका पूजारीहरू भएर ख्रीष्टसित हजार वर्षसम्म राज्य गरेको’ देखाइरहेछ।—प्रकाश २०:६.

  • “त्यो पुस्तक खोल्न सक्ने को छ?”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • एउटा नयाँ गीत

      १७. (क) चौबीस जना प्राचीनहरूले कुन्‌ चाहिं नयाँ गीत गाउँछन्‌? (ख) बाइबलमा “नयाँ गीत” भन्‍ने अभिव्यक्‍तिलाई अक्सर कसरी प्रयोग गरिन्छ?

      १७ अब एउटा सुमधुर गीत गुञ्जन थाल्छ। यो गीत थुमाका लागि उहाँका सङ्‌गी पूजारीहरू अर्थात्‌ २४ प्राचीनहरूले गाउँछन्‌: “अनि तिनीहरूले यसो भन्‍ने एउटा नयाँ गीत गाए, ‘तपाईं त्यो पुस्तक लिने र त्यसका छाप खोल्ने योग्यको हुनुहुन्छ, किनभने तपाईं मारिनुभएको थियो, र तपाईंले आफ्नै रगतले हरेक कुल, भाषा, मानिस र जातिलाई हाम्रा परमेश्‍वरको निम्ति किन्‍नुभयो।’ ” (प्रकाश ५:९) यो “नयाँ गीत” भन्‍ने अभिव्यक्‍ति बाइबलमा धेरै पटक प्रयोग गरिएको पाईन्छ। अक्सर यो गीत यहोवाद्वारा बचावको कुनै शक्‍तिशाली कार्यको प्रशंसा गर्दा गाइन्छ। (भजन ९६:१; ९८:१; १४४:९) तसर्थ यहाँ प्रकाशमा चर्चित गीत पनि नयाँ हो किनभने यसका गायकले अब यहोवाका अझ थुप्रै महाकार्यहरू घोषित गर्न र यहोवाको महिमावान नाउँप्रति आफ्नो नवीकृत मूल्याङ्‌कन व्यक्‍त गर्न सक्छ।

      १८. चौबीस जना प्राचीनहरूले तिनीहरूको नयाँ गीतद्वारा येशूको किन प्रशंसा गर्छन्‌?

      १८ तथापि यहाँ २४ जना प्राचीनहरूले यहोवाको होइन तर येशूको सामु नयाँ गीत गाउँछन्‌। तर सिद्धान्त उही हो। येशूले पनि परमेश्‍वरको पुत्रको हैसियतमा तिनीहरूका लागि नयाँ कार्यहरू गर्नु भएको छ। सोही कार्यहरूका लागि तिनीहरूले उहाँको प्रशंसा गाउँछन्‌। येशूले आफ्नो रगतद्वारा नयाँ वाचा बाँध्नु भयो जसले गर्दा यहोवाको विशेष सम्पत्ति हुने नयाँ राष्ट्र गठन गर्न सम्भव हुन सक्यो। (रोमी २:२८, २९; १ कोरिन्थी ११:२५; हिब्रू ७:१८-२५) हुनत यो नयाँ राष्ट्रका सदस्यहरू शारीरिक तवरमा थुप्रै राष्ट्रहरूबाट आएका छन्‌। तापनि येशूले तिनीहरूलाई एउटै राष्ट्रको रूपमा एकै मण्डली तुल्याउनु भयो।—यशैया २६:२; १ पत्रुस २:९, १०.

      १९. (क) शारीरिक इस्राएलले आफ्नो अविश्‍वासिलोपनाको कारण कुन आशिष पाउन सकेनन्‌? (ख) यहोवाको नयाँ राष्ट्रले कुन चाहिं आशिषको आनन्द उठाउँछन्‌?

      १९ मोशाको पालोमा यहोवाले इस्राएलीहरूलाई एउटा राष्ट्र तुल्याउनु हुँदा उहाँले तिनीहरूसित वाचा बाँध्नु भएको थियो। त्यो वाचाप्रति विश्‍वासी रहेमा तिनीहरू उहाँको सामु पूजारीहरूको राज्य हुनेछन्‌ भनेर उहाँले प्रतिज्ञा गर्नुभयो। (प्रस्थान १९:५, ६) तर इस्राएलीहरू विश्‍वासी रहेनन्‌। तिनीहरूले त्यो प्रतिज्ञाको पूर्ति अनुभव गर्न सकेनन्‌। तर येशूद्वारा स्थापित नयाँ वाचा अन्तर्गत गठित नयाँ राष्ट्र चाहिं विश्‍वासी रहेको छ। यसैकारण त्यसका सदस्यहरूले पृथ्वीमाथि राजा भएर राज्य गर्न पाउनेछन्‌। तिनीहरूले पूजाहारीको काम पनि गर्नेछन्‌। तिनीहरूले धार्मिक मनोवृत्ति भएका मानिसहरूलाई परमेश्‍वरसित मेलमिलाप गर्ने सहायता दिनेछन्‌। (कलस्सी १:२०) यी सबै कुरा नयाँ गीतमा यसप्रकार व्यक्‍त गरिएको छ: “औ तिनीहरूलाई हाम्रा परमेश्‍वरको निम्ति राज्य र पूजाहारी हुने तुल्याउनुभयो, तिनीहरूले पृथ्वीमाथि राज्य गर्छन्‌।” (प्रकाश ५:१०) महिमायुक्‍त येशूको प्रशंसामा यो नयाँ गीत गाउँदा ती २४ जना प्राचीनहरू कति आनन्दित छन्‌!

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने