-
चार घोडसवार तिनीहरू को हुन्?प्रहरीधरहरा (जन संस्करण)—२०१७ | सङ्ख्या ३
-
-
रातो घोडामा सवार व्यक्ति
“तब अर्को एउटा घोडा आयो। त्यो चहकिलो रातो रङ्गको थियो र त्यसमाथि सवार हुनेलाई पृथ्वीमा मारकाट गराएर शान्ति हरण गर्ने अनुमति दिइयो। अनि तिनलाई एउटा ठूलो तरबार पनि दिइयो।”—प्रकाश ६:४.
यस घोडसवारले युद्धलाई चित्रण गर्छ। याद गर्नुहोस्, यस घोडसवारले कुनै-कुनै राष्ट्रको मात्र नभई सारा पृथ्वीको शान्ति हरण गर्छ। सन् १९१४ मा इतिहासमै पहिलो पटक विश्वव्यापी युद्ध भयो। त्यसपछि दोस्रो विश्व युद्ध पनि भयो जसले गर्दा मानिसहरूले अझ धेरै क्षति भोग्नुपऱ्यो। कसै-कसैको अनुमानअनुसार सन् १९१४ देखि युद्ध र सशस्त्र द्वन्द्वमा मारिएका मानिसहरूको सङ्ख्या दस करोडभन्दा बढी पुगेको छ। अरू थुप्रै मानिस भने गम्भीर घाइते भएका छन्।
युद्ध अहिले कत्तिको व्यापक छ? मानव समाजलाई नै ध्वस्त पार्न सक्ने अवस्थामा मानिसहरू पुगिसकेका छन्। संयुक्त राष्ट्र संघ जस्ता शान्ति ल्याउनको लागि स्थापना भएका संस्थाहरूले पनि रातो घोडसवारलाई रोक्न सकेका छैनन्।
-