-
पवित्र सेवा चढाइरहेको ठूलो भीडप्रहरीधरहरा—१९९५ | फेब्रुअरी १
-
-
पवित्र सेवा चढाइरहेको ठूलो भीड
“तिनीहरू . . . दिन-रात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन्।”—प्रकाश ७:१५.
१. सन् १९३५ मा कस्तो उल्लेखनीय आध्यात्मिक समझ प्राप्त भयो?
वाशिंगटन डि. सी.-मा मे ३१, १९३५ का दिन सम्पन्न यहोवाका साक्षीहरूको सम्मेलनमा उपस्थित हुनेहरू माझ ठूलो आनन्द थियो। त्यस दिन प्रथम पटक प्रकाश ७:९ मा उल्लिखित ठूलो जमातलाई (वा ठूलो भीड) स्पष्टसँग चिनाइयो। भर्खरै प्रष्ट भएको यो परिचय बाइबलका अन्य पदहरूसँग मेल खान्थ्यो र उन्नति हुँदै गइरहेका घटनाहरूअनुरूप थियो।
२. परमेश्वरले स्वर्गीय जीवनका लागि बोलाउनु भएको रहेनछ भनी लाखौं मानिसहरूले बुझे भनेर कुन कुराले संकेत दियो?
२ छ हप्ताअघि यहोवाका साक्षीहरूको मण्डलीहरूमा प्रभुको साँझको भोजमा उपस्थित हुनेहरूमध्ये १०,६८१ ले (६ को अनुपातमा १) प्रतीकात्मक रोटी तथा दाखमद्यमा भाग लिएका थिएनन् र यिनीहरूमध्ये ३,६८८ परमेश्वरको राज्यका सक्रिय उद्घोषकहरू थिए। तिनीहरूले प्रतीकमा किन भाग लिएनन्? किनभने बाइबलबाट आफूले सिकेका कुराको आधारमा तिनीहरूले के महसुस गरे भने, परमेश्वरले तिनीहरूलाई स्वर्गीय जीवनका लागि बोलाउनुभएको रहेनछ बरु यहोवाको मायालु प्रबन्धमा अन्य ढंगमा तिनीहरू सहभागी हुन सक्ने रहेछ। अतः उक्त सम्मेलनमा “यस पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएकाहरू जति कृपया उठ्नुहोस्,” भनी वक्ताले प्रश्न गर्दा के भयो? हजारौं मानिसहरू खडा भए र दर्शकदिर्घाबीच निकै बेरसम्म करतल ध्वनी गुञ्जियो।
३. ठूलो भीडको परिचय दिंदा किन त्यसले क्षेत्र सेवकाईमा नयाँ उत्प्रेरणा जगायो र साक्षीहरूले यसबारे कस्तो महसुस गरे?
३ त्यस सम्मेलनमा प्रतिनिधिहरूले सिकेका कुराले तिनीहरूको सेवकाईमा नयाँ उत्प्रेरणा प्रदान गऱ्यो। यो पुरानो रीतिरिवाज अन्त हुनअघि अहिले नै केही हजार व्यक्तिहरू मात्र नभई मानिसहरूको ठूलो भीडले पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने आशा सहित जीवन बचाउन यहोवाले गर्नुभएको प्रबन्धमा सामेल हुने मौका पाउने रहेछन् भनी तिनीहरूले बुझे। सत्य प्रेमीहरूका लागि साँच्चै कस्तो हृदयग्राही समाचार त्यहाँ प्रस्तुत गरिएको थियो! एउटा ठूलो काम अर्थात् आनन्ददायी काम पूरा गर्न बाँकि रहेछ भनेर यहोवाका साक्षीहरूले बुझे। परिचालक निकायका सदस्य बनेका जोन बुथले वर्षौंपछि यसरी स्मरण गरे: “उक्त सम्मेलनले हामीलाई आनन्दित हुने थुप्रै कारणहरू दियो।”
४. (क) सन् १९३५ देखि ठूलो भीड जम्मा गर्ने काम वास्तवमा कति विस्तृत भएको छ? (ख) आफ्नो विश्वास जीवित छ भनेर ठूलो भीडका मानिसहरूले कसरी प्रमाणित गरे?
४ त्यसपछिका वर्षहरूमा यहोवाका साक्षीहरूको संख्यामा नाटकीय ढंगले वृद्धि भयो। दोस्रो विश्वयुद्धको दौडान प्रायः तिनीहरूमाथि आउने गरेको हिंस्रक सतावटको बावजूद एक दशक भित्र तिनीहरूको संख्या तीन गुणा बढ्यो। अनि सन् १९३५ मा जन साक्षी दिने ५६,१५३ प्रकाशकहरू बढेर सन् १९९४ मा २३० भन्दा बढी मुलुकहरूमा ४९,००,००० भन्दा बढी भए। यीमध्ये अधिकांश मानिसहरू उत्कट प्रत्याशाका साथ ती मानिसहरूबीच सामेल हुने आशा गर्छन् जसलाई यहोवाले पार्थिव प्रमोदवनमा सिद्ध जीवन दिनुहुनेछ। सानो बगालको तुलनामा तिनीहरू साँच्चै नै ठूलो भीड भएका छन्। विश्वास छ भन्ने तर प्रदर्शन नगर्ने खालका मानिस तिनीहरू होइनन्। (याकूब १:२२; २:१४-१७) तिनीहरू सबैले अरूसित परमेश्वरको राज्यको सुसमाचार बाँड्छन्। के तपाईं पनि यस आनन्दित झुण्डमा हुनुहुन्छ? सक्रिय साक्षी हुनु महत्त्वपूर्ण चिनारी हो तर त्यसमा अरू कुरा पनि समावेश छ।
‘सिंहासन अगाडि उभिरहेका’
५. ठूलो भीड ‘सिंहासन अगाडि उभिएका’ छन् भन्ने तथ्यले के संकेत गर्छ?
५ आफूलाई दिइएको दर्शनमा प्रेरित यूहन्नाले ठूलो भीडलाई “सिंहासन र थुमाको अगाड़ि . . . उभिरहेका” देखे। (प्रकाश ७:९) यस प्रसंगमा उल्लेख गरिएझैं तिनीहरू परमेश्वरको सिंहासनसमक्ष उभिरहेका छन् भन्नुको अर्थ तिनीहरूले यहोवाको सार्वभौमिकतालाई पूर्ण मान्यता दिन्छन्। यसमा थुप्रै कुराहरू समावेश छन्। उदाहरणको लागि (१) आफ्ना सेवकहरूका लागि असल-खराब निर्णय गर्ने यहोवाको अधिकारलाई तिनीहरू मानी लिन्छन्। (उत्पत्ति २:१६, १७; यशैया ५:२०, २१) (२) यहोवाले आफ्नो वचनद्वारा बोल्नु हुँदा तिनीहरू सुन्छन्। (व्यवस्था ६:१-३; २ पत्रुस १:१९-२१) (३) यहोवाले निरीक्षण गर्ने अभिभारा सुम्पनुभएका मानिसहरूको अधीनमा बस्नु पर्ने महत्त्वलाई तिनीहरू मानी लिन्छन्। (१ कोरिन्थी ११:३; एफिसी ५:२२, २३; ६:१-३; हिब्रू १३:१७) (४) असिद्ध भए तापनि अनिच्छुक भएर होइन तर हृदयदेखि इच्छुक भएर तिनीहरू ईश्वरतान्त्रिक निर्देशन पालन गर्ने कोशिश गर्छन्। (हितोपदेश ३:१; याकूब ३:१७, १८) यहोवा, जसलाई तिनीहरूले गहिरो आदर अनि प्रेम गर्छन्, उहाँलाई पवित्र सेवा चढाउन तिनीहरू सिंहासन अगाडि उभिएका छन्। यस ठूलो भीडको सम्बन्धमा तिनीहरू सिंहासन अगाडि उभिनुको अर्थ सिंहासनमा विराजमान हुनुहुने व्यक्तिको अनुमोदन पाउनु हो। (प्रकाश ६:१६, १७ तुलना गर्नुहोस्।) तर कुन आधारमा तिनीहरूले अनुमोदन पाउँछन्?
‘सेता लुगा लगाएका’
६. (क) ठूलो भीडले ‘सेता लुगा लगाएका’ छन् भन्नुको तात्पर्य के हो? (ख) ठूलो भीडले कसरी यहोवासमक्ष धार्मिक स्तर प्राप्त गर्छन्? (ग) ख्रीष्टले बगाउनुभएको रगतमाथिको विश्वासले कुन हदसम्म ठूलो भीडको जीवनलाई प्रभावित गर्छ?
६ प्रेरित यूहन्नाले देखेको विवरणले यो ठूलो भीडका सदस्यहरूले ‘सेता लुगा लगाएका छन्’ भनी बताउँछ। तिनीहरूका सेता लुगाले यहोवासमक्ष तिनीहरूको स्वच्छ, धार्मिक स्तरलाई देखाउँछ। तर तिनीहरूले त्यस्तो स्तर कसरी प्राप्त गर्छन्? तिनीहरू “थुमाको अगाड़ि” उभिएका छन् भनेर हामीले बुझिसक्यौं। तिनीहरू येशू ख्रीष्टलाई “संसारको पाप उठाइलैजाने परमेश्वरको थुमा[को]” रूपमा स्वीकार्छन्। (यूहन्ना १:२९) दर्शनमा परमेश्वरको सिंहासनसमक्ष उपस्थित धर्म-गुरुहरूमध्ये एक जनाले यस्तो वर्णन गरेको यूहन्नाले सुने: “तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। यसकारण तिनीहरू परमेश्वरको सिंहासनको सामने छन्।” (प्रकाश ७:१४, १५) लाक्षणिक अर्थमा भन्ने हो भने पापको मोल चुकाउने ख्रीष्टको रगतमाथि विश्वास गरेर तिनीहरूले आफ्ना लुगा धोएका छन्। छुटकाराको बलिदानबारे बाइबलले दिने शिक्षालाई तिनीहरूले दिमागी तवरमा मात्र मानिलिदैंनन्। त्यसप्रतिको मूल्यांकनले तिनीहरूको आन्तरिक व्यक्तित्वलाई असर गर्छ; यसप्रकार तिनीहरूले “हृदयमा विश्वास” गर्छन्। (रोमी १०:९, १०) तिनीहरूको जीवनमा यसले व्यापक असर गर्छ। विश्वासमा तिनीहरूले ख्रीष्टको बलिदानको आधारमा यहोवालाई आफ्नो जीवन समर्पण गर्छन् र पानीमा डुबुल्की मारेर आफ्नो समर्पणलाई प्रतीकात्मक रूप दिन्छन्। त्यसपछि तिनीहरू आफ्नो समर्पणअनुरूप जीवन बिताउँछन् र परमेश्वरको अनुमोदन प्राप्त सम्बन्धको आनन्द उठाउँछन्। साँच्चै यो सुअवसर होशियारीपूर्वक सुरक्षित राख्न योग्य छ!—२ कोरिन्थी ५:१४, १५.
७, ८. आफ्नो लुगालाई निष्कलंक राख्न यहोवाको संगठनले कसरी ठूलो भीडलाई मदत गरेको छ?
७ तिनीहरूको चिरकालीन हितलाई प्रेमपूर्वक ध्यानमा राखेर यहोवाको संगठनले बारम्बार त्यस्ता मनोवृत्तिहरू वा चालचलन औंल्याएका छन् जसले व्यक्तिविशेषको परिचय दिने लुगामा दाग वा कलंक लगाउन सक्छ। अन्यथा बाह्य अंगीकारको बावजूद त्यस व्यक्ति प्रकाश ७:९, १० को भविष्यसूचक विवरणसित पटक्कै मेल खाने छैन। (१ पत्रुस १:१५, १६) पूर्व प्रकाशित कुराहरूमाथि जोड दिंदै सन् १९४१ मा र तत्पश्चात् द वाचटावर-ले (प्रहरीधरहरा) बारम्बार के कुरामाथि जोड दियो भने, अरूलाई प्रचार पनि गर्ने र अरू बेलामा व्यभिचार वा करणीजस्ता काममा लाग्ने साह्रै बेसंगत हुनेछ। (१ थिस्सलोनिकी ४:३; हिब्रू १३:४) स्थानीय चलन जस्तोसुकै भए तापनि मसीही विवाहसम्बन्धी स्तर सबै मुलुकहरूमा लागू हुन्छ र बहुविवाह गर्ने व्यक्तिहरू यहोवाका साक्षी हुन सक्दैनन् भनी सन् १९४७ मा जोड दिइयो।—मत्ती १९:४-६; तितस १:५, ६.
८ राज्य भवन वा क्षेत्र सेवकाईमा मात्र नभई जागिर खाने वा कसैले नदेख्ने ठाउँमा अथवा जहाँसुकै होस् धूम्रपान जस्तो निर्विवाद अशुद्ध बानीहरूदेखि अलग बस्नुपर्छ भनी सन् १९७३ मा सारा संसारका यहोवाका साक्षीहरूलाई देखाइयो। (२ कोरिन्थी ७:१) परमेश्व- रसमक्ष स्वच्छ स्तर कायम राख्ने हो भने दोहोरो जीवन बिताउनदेखि होशियार हुनुपर्छ भनेर सन् १९८७ मा सम्पन्न यहोवाका साक्षीहरूको जिल्ला सम्मेलनहरूमा मसीही जवानहरूलाई कडा सल्लाह दिइयो। (भजनसंग्रह २६:१, ४) द वाचटावर-ले (प्रहरीधरहरा) बारम्बार संसारको आत्माका विभिन्न पक्षहरूबारे चेतावनी दिएको छ। किनभने “आफूलाई दुनियाँबाट निष्कलंक” राख्नु “हाम्रा परमेश्वर र पिताको सामने शुद्ध धर्म हो।”—याकूब १:२७.
९. महा संकष्टपछि परमेश्वरको सिंहासनअघि वास्तवमा को मात्र अनुमोदित ठहरिनेछन्?
९ विश्वासद्वारा उत्प्रेरित भई आध्यात्मिक तथा नैतिक तवरमा स्वच्छ जीवन बिताउने व्यक्तिहरू मात्र आउँदै गरेको महा संकष्टपश्चात् ‘सिंहासनको अगाडि’ परमेश्वरद्वारा अनुमोदित सेवकहरूको हैसियतमा उभिरहेका हुनेछन्। यिनीहरू यस्ता मानिसहरू हुन् जसले मसीही जीवन सुरुआत गर्नुका साथै वफादारीपूर्वक यसमा लागिरहन्छन्।—एफिसी ४:२४.
“हातमा खजूरका हाँगाहरू”
१०. यूहन्नाले ठूलो भीडको हातमा देखेका खजूरका हाँगाहरूको के महत्त्व छ?
१० प्रेरित यूहन्नाले देखेको ठूलो भीडका विशिष्ट विशेषताहरूमध्ये एउटा तिनीहरूको “हातमा खजूरका हाँगाहरू” हुनु पनि हो। यसको के महत्त्व छ? निस्सन्देह ती खजूरका हाँगाहरूले यूहन्नालाई डेराबासको चाडको स्मरण गराएको हुनुपर्छ। ग्रीष्म ऋतुको कटनीपश्चात् मनाइने यो चाड हिब्रू तिथिपात्रको सबैभन्दा रमाइलो चाड हो। व्यवस्थाअनुसार मानिसहरूले खजूरका पात र हाँगाहरूका झुप्राहरू बनाउनु पर्थ्यो र चाडको दौडान ती झुप्राहरूमा तिनीहरू बस्नु पर्थ्यो। (लेवी २३:३९-४०; नहेम्याह ८:१४-१८) मन्दिरमा हाल्लेलको भजन गाउँदा पनि उपासकहरूले खजूरका हाँगाहरू हल्लाउँथे। (भजनसंग्रह ११३-११८) ठूलो भीडले खजूरको हाँगाहरू हल्लाएको देख्दा यरूशलेममा येशूले प्रवेश गर्नुहुँदा उपासकहरूको भीडले आनन्दपूर्वक खजूरका हाँगा हल्लाउँदै जय जयकार गरेको घटना पनि यूहन्नालाई निस्सन्देह सम्झना आएको हुनुपर्छ: “धन्य परमप्रभुको नाउँमा आउने इस्राएलका राजा!” (यूहन्ना १२:१२, १३) अतः खजूरको हाँगा हल्लाउनुको अर्थ ठूलो भीडले आनन्दपूर्वक यहोवाको राज्य र उहाँको अभिषिक्त राजाको जय जयकार गाउनु हो।
११. परमेश्वरका सेवकहरूले यहोवाको सेवा गर्दा किन साँच्चै नै आनन्द पाउँछन्?
११ यहोवाको सेवा गर्दा ठूलो भीडले आज पनि त्यस्तै आनन्दको आत्मा प्रकट गर्छन्। तर त्यसो भन्दैमा तिनीहरूले कुनै कठिनाइ, शोक वा पीडा अनुभव गर्दैनन् भनेको होइन। बरु यहोवाको सेवा गर्दा र उहाँलाई प्रसन्न तुल्याउँदा प्राप्त हुने सन्तुष्टताले तिनीहरूलाई ती कुराहरू पन्छाउने मदत दिन्छ। त्यसैकारण ग्वाटेमालामा आफ्नो पतिसँग ४५ वर्षसम्म मिसनरी सेवा गर्ने बहिनीले चारैतिर सामना गर्नुपरेको दुर्गम परिस्थिति र इन्डियन गाउँहरूमा पुग्न दिनहुँ पूरा गर्नु पर्ने कठिन तथा खतरनाक यात्राहरूबारे बताएपछि अन्तमा यसो भने: “हामीले बिताएका ती क्षणहरू हाम्रो जीवनको सबैभन्दा आनन्ददायी समय थियो।” वृद्धावस्था र रोगको प्रभाव महसुस गरिरहेकी भए तापनि तिनले आफ्नो दैनिकीमा लेखेका अन्तिम शब्दहरूमध्ये केही यस्ता थिए: “हाम्रो जीवन भरपूर र इनामदायी थियो।” सारा संसारभरि यहोवाका साक्षीहरू आफ्नो सेवकाईबारे यस्तै महसुस गर्छन्।
-
-
पवित्र सेवा चढाइरहेको ठूलो भीडप्रहरीधरहरा—१९९५ | फेब्रुअरी १
-
-
“हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको”
१६. “हरेक जातिबाट” ठूलो भीडका मानिसहरू आउँछन् भनेर कसरी प्रमाणित हुदैछ?
१६ ठूलो भीडका मानिसहरू सबै राष्ट्रहरूबाट आउँदैछन्। परमेश्वर पक्षपाती हुनुहुन्न। येशू ख्रीष्ट मार्फत प्रदान गरिएको छुटकाराको बलिदानको प्रबन्धबाट सबैले लाभ उठाउन सक्छन्। सन् १९३५ मा प्रथम पटक शास्त्रीय ढंगमा ठूलो भीडको परिचय दिंदा यहोवाका साक्षीहरू ११५ मुलुकहरूमा सक्रिय थिए। तर सन् १९९० सम्ममा भेडाखाले मानिसहरू खोज्ने काम दोब्बरभन्दा बढी मुलुकहरूमा व्यापक भइसकेको थियो।—मर्कूस १३:१०.
१७. ‘सबै कुल, मानिस र भाषा भाषाहरूका’ मानिसहरूलाई ठूलो भीडमा समावेश हुने मदत दिन कस्तो प्रबन्ध गरिएको छ?
१७ ठूलो भीडका सम्भाव्य सदस्यहरू खोज्ने सम्बन्धमा यहोवाका साक्षीहरूले कुनै राष्ट्रिय समूहलाई मात्रा नभई जाति-प्रजाति, विभिन्न भाषाभाषीहरूमाथि पनि ध्यान पुऱ्याएका छन्। यी मानिसहरूकहाँ पुग्न साक्षीहरूले ३०० भन्दा बढी भाषाहरूमा बाइबल साहित्यहरू प्रकाशित गर्छन्। दक्ष अनुवादकहरूको समूहलाई प्रशिक्षण दिनु, तिनीहरूको हेरविचार गर्नु र ती सबै भाषाहरूमा साहित्य अनुवाद गर्न कम्प्युटर उपकरणहरूको प्रबन्ध गर्नुको साथै छपाइ गर्नु पनि यसमा समावेश छ। गत पाँच वर्षभित्रमा लगभग ९,८०,००,००० मानिसहरूले बोल्ने ३६ भाषाहरू थपिएका छन्। यसको अलावा परमेश्वरको वचन बुझ्ने मदत दिन साक्षीहरू व्यक्तिगत तवरमा ती मानिसहरूको घर-घर जान्छन्।—मत्ती २८:१९, २०.
-