-
एउटा अत्यन्त ठूलो भीडप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
२२. ठूलो भीडबारे यूहन्नाले के थप जानकारी पाउँछन्?
२२ ईश्वरीय माध्यमद्वारा यूहन्नाले यस ठूलो भीडबारे अझ जानकारी पाउँछन्: “तिनले [प्राचीनले] मलाई भने, ‘यी तिनै हुन् जो महा सङ्कष्टबाट आएका छन् र तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। यसकारण तिनीहरू परमेश्वरको सिंहासनको सामने छन् र दिन-रात उहाँको मन्दिरमा उहाँको सेवा गर्दछन् औ सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो मण्डप टाँगिदिनुहुनेछ।”—प्रकाश ७:१४ख, १५.
-
-
एउटा अत्यन्त ठूलो भीडप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
२५. (क) ठूलो भीडले यहोवालाई “दिन रात उहाँको मन्दिरमा [पवित्र, NW] सेवा” कसरी चढाइरहेका छन्? (ख) यहोवाले ठूलो भीडमाथि कसरी “आफ्नो मण्डप टाँगिदिनु” हुनेछ?
२५ यसबाहेक, तिनीहरू यहोवाका जोशिला साक्षीहरू भएका छन्। तिनीहरूले “दिन रात उहाँको मन्दिरमा उहाँको [पवित्र, NW] सेवा गर्दछन्।” के तपाईं पनि यो समर्पित ठूलो भीडमध्येको एक जना हुनुहुन्छ? हुनुहुन्छ भने, उहाँको महान आत्मिक मन्दिरको पार्थिव चोकहरूमा निरन्तर सेवा गर्ने विशेषाधिकारको आनन्द तपाईंले पनि उठाउन सक्नुहुन्छ। आज अभिषिक्त जनहरूको निर्देशनअन्तर्गत धेरै जसो साक्षी दिने कार्य, ठूलो भीडकाहरूले नै गरिरहेका छन्। सांसारिक जिम्मेवारीहरूको बावजूद यिनीहरूमध्ये हजारौं हजारले अग्रगामी भएर आफ्नो पूर्ण समय सेवामा बिताइरहेका छन्। तर सो गर्ने अग्रगामीहरूको समूहमा तपाईं नहुनु भए तापनि तपाईंको विश्वास र कामहरूले गर्दा तपाईं परमेश्वरको मित्रको हैसियतमा धर्मी ठहरिनु भएको छ र उहाँको पालमा तपाईंलाई स्वागत छ भनी तपाईं मग्न हुन सक्नुहुन्छ। (भजन १५:१-५; याकूब २:२१-२६) यहोवाले यसप्रकार उहाँसित प्रेम गर्नेहरूमाथि आफ्नो ‘मण्डप टाँगिदिनु हुन्छ’ र एक जना असल मेजमानको हैसियतमा तिनीहरूको रक्षा गर्नु हुन्छ।—हितोपदेश १८:१०.
-