-
१०ख “सुकेका हाडहरू” र “दुई जना साक्षी”—तिनीहरू आपसमा कसरी सम्बन्धित छन्?यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
“सुकेका हाडहरू” र “दुई जना साक्षी” तिनीहरू आपसमा कसरी सम्बन्धित छन्?
इस्वी संवत् १९१९ मा दुई वटा सम्बन्धित भविष्यवाणी पूरा भए: एउटा “सुकेका हाडहरू”-बारे र अर्को “दुई जना साक्षी”-बारे। “सुकेका हाडहरू”-को दर्शनमा लामो समयावधिबारे (यो समयावधि सयौँ वर्षसम्म चल्यो) भविष्यवाणी गरिएको थियो, जुन समयावधि परमेश्वरका मानिसहरूको ठूलो समूह जिउँदो भएपछि सिद्धिने थियो। (इज. ३७:२-४; प्रका. ११:१-३, ७-१३) “दुई जना साक्षी”- बारे गरिएको भविष्यवाणीले चाहिँ छोटो समयावधिलाई (इस्वी संवत् १९१४ को अन्तदेखि इस्वी संवत् १९१९ को सुरुमा पूरा भयो) ढाक्छ, जुन समयावधि परमेश्वरका सेवकहरूको सानो समूह जिउँदो भएपछि सिद्धिने थियो। दुवै भविष्यवाणीले प्रतीकात्मक रूपमा फेरि जीवित हुने कुरालाई सङ्केत गर्छ र आधुनिक समयमा दुवै भविष्यवाणीको पूर्ति इस्वी संवत् १९१९ मा भयो। त्यतिबेला यहोवा परमेश्वरले आफ्ना अभिषिक्त सेवकहरूलाई ‘आफ्नो खुट्टामा उभिन’ लगाउनुभयो, महान् बेबिलोनको कैदबाट छुटाउनुभयो र पुनर्स्थापित मण्डलीमा जम्मा गर्नुभयो। —इज. ३७:१०.
तर यो कुरा याद गर्नुहोस्, यी दुई वटा भविष्यवाणीको पूर्तिबीच एउटा ठूलो भिन्नता छ। “सुकेका हाडहरू”-को दर्शनमा बाँकी रहेका सबै अभिषिक्त जन जीवित हुनेबारे भविष्यवाणी गरिएको छ। तर “दुई जना साक्षी”-बारे गरिएको भविष्यवाणीमा चाहिँ बाँकी रहेका केही अभिषिक्त जन जीवित हुनेबारे बताइएको छ, जसले सङ्गठनमा नेतृत्व लिइरहेका थिए र जो “विश्वासी र बुद्धिमान् दास”-को रूपमा नियुक्त भए।—मत्ति २४:४५; प्रका. ११:६.a
-
-
१०ख “सुकेका हाडहरू” र “दुई जना साक्षी”—तिनीहरू आपसमा कसरी सम्बन्धित छन्?यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
१९१९ को सुरुतिर
१९१९: “दुई जना साक्षी” जीवित भए। सङ्गठनमा नेतृत्व लिइरहेका अभिषिक्त भाइहरूको सानो समूहलाई “विश्वासी र बुद्धिमान् दास”-को रूपमा सेवा गर्न नियुक्त गरिँदा “दुई जना साक्षी” जीवित भए
-