प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दुई साक्षीहरूको पुनःजागरण
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २३. (क) साढे तीन दिनपछि ती दुई साक्षीहरूलाई के हुन्छ र तिनीहरूको शत्रुहरूमाथि के असर पर्छ? (ख) प्रकाश ११:११, १२ र यहोवाले उपत्यकाका सुखा हाडहरूमाथि सास फुकेको इजकिएलको भविष्यवाणीको आधुनिक पूर्ति कहिले भयो?

      २३ आम पत्रिकाहरूले पनि परमेश्‍वरका जनहरूको धज्जी उडाउनमा पदरीहरूलाई साथ दिए। एउटा पत्रिकाले यसो भन्यो: “समापित रहस्य (द फिनिश्‍द मिस्ट्री) समापन नै भयो।” तर योभन्दा अझ असत्य अरू केही हुन सक्‍तैन थियो! ती दुई साक्षीहरू मरेको मरेकै रहेनन्‌। तिनीहरूबारे यसो भनिएको छ: “औ साढे तीन दिनपछि परमेश्‍वरबाटको जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना खुट्टाले उभिए, औ तिनीहरूलाई देख्नेहरूलाई ठूलो डर भयो। अनि तिनीहरूले स्वर्गबाट यसो भनेको एउटा ठूलो आवाज सुने, ‘यता माथि आऊ।’ औ तिनीहरू बादलमा स्वर्गतिर गए। औ तिनीहरूका शत्रुहरूले तिनीहरूलाई देखे।” (प्रकाश ११:११, १२) यिनीहरूको अनुभव इजकिएलले दर्शनमा देखेका उपत्यकाका सुखा हाडहरूको अनुभव जस्तै थियो। यहोवाले ती सुखा हाडहरूमाथि सास फुकिदिनु भएर तिनीहरूलाई फेरि जीवित पार्नु भएको थियो। यसले बेबिलोनमा ७० वर्षसम्मको कैदपछि इस्राएली राष्ट्रको पुनर्जन्मलाई पूर्वचित्रित गऱ्‍यो। (इजकिएल ३७:१-१४) इजकिएल र प्रकाशका यी दुवै भविष्यवाणीहरू प्रभावशाली ढङ्‌गमा १९१९-मा पूरा भए जब यहोवाले आफ्ना “मृत” साक्षीहरूलाई फेरि सक्रिय र जीवित तुल्याउनु भयो।

      २४. दुई साक्षीहरू पुनःजीवित हुँदा, तिनीहरूका धार्मिक विरोधीहरूमाथि के असर पऱ्‍यो?

      २४ यो देखेर ती सताउने मान्छेहरू कति स्तब्ध भए! ती दुई साक्षीहरूका लाशहरू अचानक फेरि जीवित र सक्रिय भए। यो कुरा पचाउन ती पादरीहरूलाई निकै नै गाह्रो भयो। किनकि जुन मसीही सेवकहरूलाई तिनीहरूले झ्यालखानमा हाल्ने षडयन्त्र रचेका थिए, तिनीहरू नै अहिले जीवित र सक्रिय मात्र होइन तर पूर्णतः दोषमुक्‍त पनि हुन लागेका थिए। ती पादरीहरू अझ स्तब्ध भए होलान्‌ जब सेप्टेम्बर १९१९-मा बाइबल स्टुडेन्ट्‌सहरूले संयुक्‍त राज्य अमेरिकाको सिडर प्वाइन्ट ओहायोमा एउटा सम्मेलन आयोजित गरे। यस सम्मेलनमा झ्यालखानबाट भर्खरै मुक्‍त भएका जे. एफ. रदरफर्डले प्रकाश १५:२ र यशैया ५२:७-मा आधारित “परमेश्‍वरको राज्य घोषणा” गर्ने विषयमा भाषण सुनाएर उपस्थित सबैलाई उत्साहित पारे। यूहन्‍नावर्गकाहरूले फेरि “भविष्यवाणी” बोल्न अथवा आम प्रचारकार्यमा भाग लिन थाले। तिनीहरू झनः झन्‌ बलियो हुँदै गए र मसीहीजगतको कपटको पर्दाफास गर्न थाले।

  • दुई साक्षीहरूको पुनःजागरण
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • c यस समयमा परमेश्‍वरका जनहरूका अनुभवहरू जाँच गर्दा थाह पाइन्छ कि ४२ महिनाहरूको अर्थ अक्षरशः साढे तीन वर्ष भए तापनि यहाँको साढे तीन दिन चाहिं अक्षरशः ८४ घण्टा होइनन्‌। सम्भवतः यी साढे तीन दिनको निश्‍चित समयावधिबारे दुई-दुई पटक (९ र ११-औं पदमा) चर्चा गर्नुको तात्पर्य योभन्दा पहिलेको साढे तीन वर्षीय गतिविधिको तुलनामा यो साढे तीन दिन निकै नै छोटो समयावधि हुनेछ भन्‍ने सङ्‌केत हुन सक्छ।)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने