प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?
    प्रहरीधरहरा—२०१४ | सेप्टेम्बर १
    • के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?

      “पुस्ताहरू आउँछन्‌, पुस्ताहरू जान्छन्‌, तर पृथ्वीचाहिं सदासर्वदै रहिरहन्छ।”—राजा सुलेमान, येशू ख्रीष्टको जन्मभन्दा झन्डै ११०० वर्ष अघिa

      पुरातन समयका यी बाइबल लेखकले सधैंभरि रहने पृथ्वीको तुलनामा मानिसहरूको जीवन त कर्कलाको पानी जस्तै छ भन्‍ने महसुस गरे। हुन पनि हजारौं वर्ष बितिसक्यो, कैयौं पुस्ता आए र गए, तर पृथ्वीले भने आजसम्म जीवन धानिरहेको छ। साँच्चै! पृथ्वी निकै टिकाउपूर्ण र भरपर्दो साबित भएको छ।

      दोस्रो विश्‍वयुद्ध पछि संसारभरि तीव्र गतिमा ठूलठूला परिवर्तनहरू भए। बितेको ७०/८० वर्षभित्रै मानिसहरूले सवारीसाधन, सञ्चार माध्यम र अरू प्रविधिका क्षेत्रहरूमा निकै उन्‍नति गरिसकेका छन्‌। यसले गर्दा संसारको आर्थिक अवस्थाले पनि ठूलो फड्‌को मारेको छ। अहिले थुप्रै मानिसहरूले उच्च जीवनस्तरको आनन्द उठाइरहेका छन्‌, जुन केही वर्ष अगाडि असम्भव ठानिन्थ्यो। अर्कोतिर पृथ्वीको जनसङ्‌ख्या भने तीन गुणा बढेको छ।

      तर यी सबै कुराहरू प्राप्त गर्न ठूलो मूल्य चुकाउनु परेको छ। मानिसहरूको क्रियाकलापले गर्दा पृथ्वीको अवस्था झन्‌झन्‌ खस्कँदै गइरहेको छ। यस्तै भइरहने हो भने अब चाँडै पृथ्वीमा जीवन धान्‍न अत्यावश्‍यक प्राकृतिक चक्रहरूले सही तरिकामा काम गर्न छोड्‌नेछ। हामी आन्थ्रोपोसिन भनिने भौगर्भिक युगमा प्रवेश गरिसकेका छौं भनी केही वैज्ञानिकहरू बताउँछन्‌। यस युगमा मानिसहरूले पृथ्वीको इतिहासमा पहिला कहिल्यै नभएका विनाशकारी कामहरू गरेका छन्‌ र यो क्रम दिन प्रति दिन बढ्‌दै गइरहेको छ।

      मानिसले ‘पृथ्वीलाई विनाश’ गर्ने समय आउनेछ भनी बाइबलमा पहिले नै भविष्यवाणी गरिएको थियो। (प्रकाश ११:१८) हामी त्यही समयमा बाँचिरहेका छौं कि भनी केही मानिसहरू सोच्ने गर्छन्‌। मानिसहरूले पृथ्वीलाई अझै कति क्षति पुऱ्‍याउने हो? पृथ्वीको अवस्थामा अब कहिल्यै सुधार आउँदैन त? के वास्तवमै मानिसहरूले पृथ्वीलाई सधैंको लागि विनाश गर्नेछन्‌?

      पृथ्वीको अवस्थामा कहिल्यै सुधार आउँदैन त?

      के साँच्चै पृथ्वीको अवस्था कहिल्यै सुध्रिंदैन? केही वैज्ञानिकहरूका अनुसार पृथ्वीमा आएका परिवर्तनहरूले कुन हदसम्म असर पुऱ्‍याउन सक्छ भनेर पूर्वानुमान लगाउन गाह्रो छ। जलवायुमा अचानक र आशै नगरेको परिवर्तन आएमा त्यसले भयानक विपत्ति ल्याउनेछ भनेर वैज्ञानिकहरू निकै चिन्तित छन्‌।

      बरफको एउटा सानो टुक्रामाथि बसेको हिमभालु

      उदाहरणको लागि पश्‍चिमी अन्टार्टिकाको बरफको तहबारे विचार गरौं। यदि समुद्र र पृथ्वीको वायुमण्डलको तापक्रम अहिले जस्तै वृद्धि भइरहने हो भने अन्टार्टिकाको बरफको तह पग्लेर जानेछ र फेरि कहिल्यै जम्ने छैन भनी केही मानिसहरू विश्‍वास गर्छन्‌। किन? किनभने बरफको तहले सूर्यका किरणहरूलाई फर्काउने काम गर्छ। बरफको तह पग्लिंदै गएमा बरफको तहमुनि भएको समुद्र बाहिर देखापर्छ। समुद्री पानीले भने सूर्यका किरणहरूलाई बरफले जस्तै फर्काउन सक्दैन। समुद्रको सतह कालो हुने भएकोले समुद्रले अझ धेरै घाम सोस्छ र झन्‌ धेरै बरफ पग्लिन्छ। यस्तो भएमा यस विनाशकारी प्रक्रियालाई रोक्न असम्भव हुन सक्छ। बरफ पग्लिने क्रम नरोकिएमा समुद्रमा पानीको मात्रा बढ्‌दै जान सक्छ र यसले गर्दा करोडौं मानिसहरूले विपत्ति भोग्नुपर्ने पनि हुन सक्छ।

  • के मानिसहरूले गर्दा पृथ्वीको विनाश हुन्छ त?
    प्रहरीधरहरा—२०१४ | सेप्टेम्बर १
    • मानिसहरूको गतिविधिले पृथ्वीको वातावरणमा ल्याएको विनाश

      • वायुमण्डल। “सन्‌ १९६० को दशकपछि पृथ्वीमा भएको द्रुत औद्योगिक विकास तथा जनसङ्‌ख्या वृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरू बताउँछन्‌।”—युवामञ्च, २०६७.

      • जमिन। “मानिसहरूको गतिविधिका कारण जमिनको झन्डै ५०% भागमा परिवर्तन आएको छ। परिणामस्वरूप जीव विविधता, पोषण चक्र [बिरुवाले माटोबाट र माटोले बिरुवाबाट पोषण पाउने चक्र] . . . तथा मौसममा नराम्रो असर परेको छ।”—ग्लोबल चेन्ज एण्ड दि अर्थ्‌ सिस्टम.

      • समुद्र। “पृथ्वीभरि भएका झन्डै ८५% माछा मार्ने ठाउँहरूको दुरुपयोग भएको छ। या त तिनीहरूको क्षमताभन्दा बढी प्रयोग भएको छ, या तिनीहरू जीर्ण अवस्थामा पुगेका छन्‌ वा जीर्ण अवस्थाबाट सुधार हुने क्रममा छन्‌।”—बीबीसी, सेप्टेम्बर २०१२.

      • जीव विविधता। “छोटो समय अवधिमै थुप्रै जीवजीवातहरू लोप हुने घटना पृथ्वीमा दोहोरिन सक्नेछ भनी वैज्ञानिकहरू बताउँछन्‌। तिनीहरूका अनुसार यदि यो घटना दोहोरिएमा इतिहासमै सबैभन्दा द्रुत गतिमा जीवजीवातहरू लोप हुनेछन्‌ र यसका लागि मानिसहरू नै जिम्मेवार हुनेछन्‌।”—science.nationalgeographic.com

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने