प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वरको राज्य जन्मन्छ!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ११. ती स्त्रीको बच्चाको जन्मलाई यूहन्‍नाले कसरी व्याख्या गर्छन्‌ र ती बच्चालाई किन “बालक” र “छोरा” भनिन्छ?

      ११ परमेश्‍वरको कुनै हस्तक्षेप बिना राष्ट्रहरूलाई शासन चलाउन दिएको समय १९१४-म समाप्त भयो। (लूका २१:२४) त्यसपछि, ठीक समयमा ती स्त्रीले आफ्नो बच्चा जन्माउँछिन्‌: “अनि सारा जातिलाई फलामको डण्डाले शासन गर्ने एउटा छोरा जन्माई, र त्यसको बालक परमेश्‍वर र उहाँको सिंहासनमा उठाएर लगियो र त्यो स्त्रीचाहिं वनभित्र भागी, जहाँ त्यसलाई एक हजार दुइ सय साट्ठी दिनसम्म त्यसको पालन पोषण होस्‌ भनेर परमेश्‍वरबाट तयार गरिरहेको त्यसको एउटा ठाउँ रहेछ।” (प्रकाश १२:५, ६) बालक “छोरा” हो।” अब यहाँ यूहन्‍नाले आफ्नो अभिव्यक्‍तिमा किन यी दुई शब्दहरू प्रयोग गर्छन्‌? किनभने राष्ट्रहरूलाई पुग्दो शक्‍तिसाथ शासन गर्ने योग्यता बच्चामा छ भन्‍ने कुरा यूहन्‍ना प्रदर्शित गर्न चाहन्छन्‌। यो दोहोरो अभिव्यक्‍तिले यस अवसरको महत्त्व र हर्षोल्लासमाथि पनि जोड दिन्छ! यसले परमेश्‍वरको पवित्र रहस्यलाई सम्पूर्णतः उघार्नमा पनि एउटा मुख्य भूमिका निभाउँछ। किनकि यो बालक, यो छोराले “सारा जातिलाई फलामको डण्डाले शासन” गर्नेछ!

  • परमेश्‍वरको राज्य जन्मन्छ!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १३. ती पुत्र “परमेश्‍वर र उहाँको सिंहासनमा उठाएर” लगिनुबाट के बोध हुन्छ?

      १३ यहोवाले शैतानलाई कहिले पनि आफ्नी पत्नी र नवजात बालकलाई निल्न दिनु हुनेछैन! जन्मनासाथै यो “बालक परमेश्‍वर र उहाँको सिंहासनमा उठाएर” लगिन्छ। यसप्रकार बालक सम्पूर्णतः यहोवाकै संरक्षणमा हुन्छ। यसको पूरा रेखदेख उहाँले नै गर्नुहुनेछ। उहाँको पवित्र नाउँको पवित्रिकरण गर्ने माध्यम नै यो राज्य हो। तर त्यसै बेला स्त्री चाहिं तिनका लागि परमेश्‍वरले उजाडस्थानमा तयार पार्नु भएको स्थानमा भागेर जान्छिन्‌। यसको विस्तृत विवरण अलिक पछि! तर अहिले चाहिं हेर्नुहोस्‌, एउटा यस्तो घटना हुनै लागेको छ जसले गर्दा भविष्यमा शैतानले त्यो स्वर्गीय राज्यलाई फेरि कुनै प्रकारको दुःखकष्ट दिन बिल्कुलै सम्भव हुनेछैन। त्यो घटना के हो?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने