-
स्वर्गदूतहरूबारे साँचो कुरा के हो?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
२. सैतान र त्यसका प्रेतहरू को हुन्?
केही स्वर्गदूत यहोवाप्रति वफादार रहेनन्। विद्रोह गर्ने पहिलो स्वर्गदूतलाई “दियाबल अनि सैतान . . . र सारा संसारलाई ठग्ने” भनेर बाइबलमा बताइएको छ। (प्रकाश १२:९) सैतान अरूमाथि शासन गर्न चाहन्थ्यो। त्यसकारण त्यसले आदम र हव्वालाई बहकायो अनि पछि अरू स्वर्गदूतलाई पनि विद्रोह गर्न उक्सायो। ती विद्रोही स्वर्गदूतहरूलाई नै प्रेतहरू भनिन्छ। पछि यहोवाले ती विद्रोहीहरूलाई स्वर्गबाट निकालिदिनुभयो। तिनीहरू अहिले पृथ्वीमा छन् र चाँडै नाश हुनेछन्।—प्रकाश १२:९, १२ पढ्नुहोस्।
३. सैतान र प्रेतहरूले हामीलाई कसरी बहकाउन खोज्छन्?
सैतान र प्रेतहरूले मानिसहरूलाई बहकाउन चलाउने एउटा माध्यम प्रेतविद्या हो। प्रेतविद्या भनेको प्रेतहरूसित सम्पर्क गर्नु हो। उदाहरणको लागि, कतिपय मानिस ज्योतिषी, भावी बताउने मानिस र धामी-झाँक्रीकहाँ जान्छन्। अरूचाहिँ प्रेतविद्या मुछिएको उपचारविधि अपनाउँछन्। साथै प्रेतहरूले मरिसकेका मानिसहरूसित पनि सम्पर्क गर्न सकिन्छ भन्ने भान पारिदिन्छन्। तर यहोवाले हामीलाई यस्तो चेतावनी दिनुहुन्छ: “तिमीहरू भूतप्रेत खेलाउनेहरूकहाँ र भावी बताउने व्यक्तिहरूकहाँ नजानू नत्र त तिमीहरू अशुद्ध हुनेछौ। म तिमीहरूका परमेश्वर यहोवा हुँ।” (लेवी १९:३१) यहोवाले हामीलाई सैतान र प्रेतहरूबाट जोगाउन यस्तो चेतावनी दिनुभएको हो। तिनीहरू परमेश्वरका शत्रुहरू हुन् अनि हामीलाई हानि पुऱ्याउन चाहन्छन्।
-
-
स्वर्गदूतहरूबारे साँचो कुरा के हो?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
६. सैतान र त्यसका प्रेतहरूमाथि विजयी हुनुहोस्
प्रेतहरूको शासक सैतान हो। तर वफादार स्वर्गदूतहरू भने प्रधान-स्वर्गदूत माइकल अर्थात् येसुको निर्देशनअनुसार चल्छन्। माइकल कत्तिको शक्तिशाली हुनुहुन्छ? प्रकाश १२:७-९ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
माइकल र उहाँका स्वर्गदूतहरू शक्तिशाली हुनुहुन्छ कि सैतान र त्यसका प्रेतहरू?
के तपाईँलाई येसुका अनुयायीहरू सैतान र त्यसका प्रेतहरूसित डराउनुपर्छ जस्तो लाग्छ?
तपाईँ सैतान र त्यसका प्रेतहरूमाथि विजयी हुन सक्नुहुन्छ। याकुब ४:७ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
तपाईँ कसरी सैतान र त्यसका प्रेतहरूबाट जोगिन सक्नुहुन्छ?
-
-
परमेश्वरको राज्यले अहिले शासन गर्दै छ!सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
२. इस्वी संवत् १९१४ देखि संसारको अवस्था र मानिसहरूको मनोवृत्तिमा कस्तो परिवर्तन आएको छ?
येसुका चेलाहरूले उहाँलाई सोधे: “तपाईँको उपस्थिति र यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” (मत्ति २४:३) त्यसको जवाफमा येसुले परमेश्वरको राज्यको राजाको रूपमा स्वर्गमा शासन गर्न थाल्नुभएपछि हुने थुप्रै घटनाबारे भविष्यवाणी गर्नुभयो। ती घटनाहरूमध्ये केही हुन्: युद्ध, अनिकाल र भूकम्प। (मत्ति २४:७ पढ्नुहोस्।) बाइबलमा “अन्तको दिन”-का मानिसहरूको मनोवृत्तिबारे पनि भविष्यवाणी गरिएको थियो र त्यस्ता मानिसहरूले गर्दा जीवन “कठिन” हुने थियो। (२ तिमोथि ३:१-५) संसारको अवस्था र मानिसहरूको मनोवृत्तिमा आएको परिवर्तन इस्वी संवत् १९१४ देखि प्रस्टै देखिएको छ।
३. परमेश्वरको राज्यले शासन गर्न थालेपछि संसारको अवस्था किन झन्झनै खस्कँदै गइरहेको छ?
येसु परमेश्वरको राज्यको राजा हुनुभएको केही समयपछि नै उहाँले सैतान र प्रेतहरूविरुद्ध युद्ध गर्नुभयो। त्यस युद्धमा सैतानको हार भयो। त्यसलाई “तल पृथ्वीमा हुर्ऱ्याइयो अनि त्योसँगसँगै त्यसका स्वर्गदूतहरू पनि हुर्ऱ्याइए” भनेर बाइबलमा बताइएको छ। (प्रकाश १२:९, १०, १२) सैतान असाध्यै रिसाएको छ किनभने आफू चाँडै नाश हुने कुरा त्यसलाई थाह छ। त्यसकारण सैतानले गर्दा नै संसारमा यत्ति धेरै पीडा र दुःखकष्ट भइरहेको हो। यसबाट हामी संसारको अवस्था खस्किनुको कारण बुझ्न सक्छौँ। परमेश्वरको राज्यले यी सबै समस्याको समाधान गर्नेछ।
-
-
परमेश्वरको राज्यले अहिले शासन गर्दै छ!सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
५. इस्वी संवत् १९१४ देखि संसार परिवर्तन भएको छ
येसुले आफू राजा भएपछि संसारको अवस्थामा आउने परिवर्तनबारे भविष्यवाणी गर्नुभयो। लुका २१:९-११ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
तपाईँले यीमध्ये कुन-कुन कुरा देख्नुभएको वा सुन्नुभएको छ?
प्रेषित पावलले मानव शासनको अन्तको दिनका मानिसहरूको स्वभावबारे बताए। दोस्रो तिमोथि ३:१-५ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहाँ उल्लेख गरिएकामध्ये कुन-कुन दुर्गुण तपाईँले अहिलेका मानिसहरूमा याद गर्नुभएको छ?
-