प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • छलछामदेखि सावधान रहनुहोस्‌
    प्रहरीधरहरा—२००४ | फेब्रुअरी १५
    • ५. यस आखिरी दिनमा शैतानले कसरी आफ्ना छली प्रयासहरूलाई तीव्र पारेको छ र त्यसले विशेष गरी कसलाई आफ्नो तारो बनाएको छ?

      ५ यस आखिरी दिनमा शैतानले आफ्नो प्रयास अझ तीव्र बनाएको छ। त्यो पृथ्वी तलमा फ्याँकिएको छ। त्यसलाई आफ्नो समय अल्प छ भनी थाह भएकोले त्यो “ठूलो क्रोध[मा]” छ। आफू सँगसँगै सकेसम्म बढी मानिसलाई विनाशमा पुऱ्‍याउन कटिबद्ध भएको कारण त्यसले ‘सारा संसारलाई ठगिरहेको छ।’ (प्रकाश १२:९, १२) शैतानले आकलझुकल मात्र छक्याउने गर्दैन। बरु, मानिसहरूलाई बहकाउन त्यो एकनासले लागिरहन्छ।a त्यसले अविश्‍वासीहरूको मन अन्धा तुल्याइदिएर परमेश्‍वरबाट तिनीहरूलाई अलग गर्न आफूसँग भएका सबै छली तरिकाहरू चलाउँछ र यी तरिकाहरूमध्ये भ्रम तथा विश्‍वासघात पनि एक हो। (२ कोरिन्थी ४:४) त्यो छक्याउनमा खप्पिस, विशेष गरी “आत्मा र सत्यतामा” परमेश्‍वरको उपासना गर्नेहरूलाई निल्न तल्लीन छ। (यूहन्‍ना ४:२४; १ पत्रुस ५:८) वास्तवमा शैतानले यस्तो दाबी गरेको छ भनेर कहिल्यै नबिर्सनुहोस्‌: ‘मैले जो कोहीलाई पनि परमेश्‍वरबाट अलग गर्न सक्छु।’ (अय्यूब १:९-१२) शैतानका छलपूर्ण “युक्‍तिहरू” र त्यस विरुद्ध कसरी सावधान रहने भन्‍नेबारे आउनुहोस्‌ हामी विचार गरौं।—एफिसी ६:११.

  • छलछामदेखि सावधान रहनुहोस्‌
    प्रहरीधरहरा—२००४ | फेब्रुअरी १५
    • a न्यु वर्ल्ड ट्रान्सलेसन-अनुसार प्रकाश १२:९ मा “ठगिरहेको छ” भनी चलाइएको क्रियाको सन्दर्भमा एउटा सन्दर्भ पुस्तकअनुसार यसले “कुनै व्यक्‍तिको बानी नै बसिसकेको अटुट कार्यलाई बुझाउँछ।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने