प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रकाशको किताबले परमेश्‍वरका शत्रुहरूबारे के बताउँछ?
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२२ | मे
    • परमेश्‍वरका शत्रुहरू को हुन्‌?

      प्रकाशको किताबमा बताइएको सात वटा टाउको भएको जङ्‌गली जनावर समुद्रबाट निस्कन्छ। त्यसका १० वटा सिङ छन्‌ र सिङहरूमा १० वटा ताज छन्‌। त्यो चितुवाजस्तै छ तर त्यसका खुट्टाहरू भने भालुका जस्ता छन्‌ अनि मुख सिंहको जस्तो छ।

      सात वटा टाउको भएको जङ्‌गली जनावर

      त्यो “समुद्रबाट” निस्कन्छ; त्यसका सात वटा टाउको र १० वटा सिङ छन्‌ अनि त्यसका सिङहरूमा १० वटा ताज छन्‌। (प्रका. १३:१-४) यसले मानव इतिहासको सुरुदेखि अहिलेसम्म मानिसजातिमाथि शासन गरेको सम्पूर्ण राजनैतिक शक्‍तिलाई बुझाउँछ। सात वटा टाउकोले परमेश्‍वरका सेवकहरूमाथि ठूलो प्रभाव पारेका सात वटा विश्‍वशक्‍तिलाई बुझाउँछ। (अनुच्छेद ६-८)

      ६. प्रकाश १३:१-४ मा बताइएको सात वटा टाउको भएको जङ्‌गली जनावरले केलाई चित्रण गर्छ?

      ६ सात वटा टाउको भएको जङ्‌गली जनावरले केलाई चित्रण गर्छ? (प्रकाश १३:१-४ पढ्‌नुहोस्‌।) यस जनावरको शरीर चितुवाको जस्तो, खुट्टा भालुको जस्तो र मुखचाहिँ सिंहको जस्तो छ अनि यसका १० वटा सिङ छन्‌। यो जङ्‌गली जनावर दानिएल अध्याय ७ मा बताइएको चार वटा जङ्‌गली जनावरसित मिल्दोजुल्दो छ। प्रकाशको किताबको यो जनावर ती चार वटा जनावरका विभिन्‍न अङ्‌ग मिलेर बनेको छ। यस जनावरले एउटा मात्र सरकार वा एउटा मात्र विश्‍व साम्राज्यलाई चित्रण गर्दैन। यसले “हरेक कुल, जाति, भाषा र राष्ट्रमाथि” शासन गरिरहेको छ भनेर युहन्‍नाले बताएका छन्‌। त्यसैले यस जङ्‌गली जनावरले कुनै एउटा राष्ट्रको सरकारभन्दा अझ ठूलो शक्‍तिलाई बुझाएको हुनुपर्छ। (प्रका. १३:७) यसले मानव इतिहासको सुरुदेखि अहिलेसम्म मानिसजातिमाथि शासन गरेको सम्पूर्ण राजनैतिक शक्‍तिलाई बुझाएको हुनुपर्छ।b—उप. ८:९.

  • प्रकाशको किताबले परमेश्‍वरका शत्रुहरूबारे के बताउँछ?
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०२२ | मे
    • b सात वटा टाउको भएको जनावरले सम्पूर्ण राजनैतिक शक्‍तिलाई बुझाउँछ भनेर सङ्‌केत गर्ने अर्को आधार यसका “१० वटा सिङ” हुन्‌। बाइबलमा १० सङ्‌ख्याले अक्सर पूर्णतालाई बुझाउँछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने