-
ख्रीष्टले आफ्नो मण्डलीको नेतृत्व लिनुहुन्छप्रहरीधरहरा—२००२ | मार्च १५
-
-
५, ६. (क) प्रेरित यूहन्नाले देखेको दर्शनमा “सातवटा सुनका सामदान” र “सातवटा ताराहरू[ले]” केलाई चित्रण गर्छ? (ख) येशूको दाहिने हातमा “सातवटा ताराहरू” हुनु कुन कुराको संकेत हो?
५ बाइबलको पुस्तक प्रकाशले, विश्वासी र बुद्धिमान् दास सीधै येशू ख्रीष्टको अधीनमा छ भनी बताउँछ। “प्रभुको दिन[बारे]” प्रेरित यूहन्नाले दर्शनमा “सातवटा सुनका सामदान, र सामदानको माझमा मानिसका पुत्रजस्तै” देखे र “उहाँको दाहिने बाहुलीमा सातवटा ताराहरू थिए।” यूहन्नालाई दर्शनबारे बुझाउँदै येशूले यसो भन्नुभयो: “मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्य लेख। सात तारा सात मण्डलीका दूतहरू र सातवटा सामदानचाहिं सात मण्डली हुन्।”—प्रकाश १:१, १०-२०.
६ “सातवटा सुनका सामदान[ले]” सन् १९१४ देखि सुरु भएको “प्रभुको दिन[का]” साँचो मसीहीहरूको सबै मण्डलीहरूलाई चित्रण गर्छ। तर “सातवटा ताराहरू[ले]” नि? सुरुमा त त्यसले प्रथम शताब्दीका मण्डलीहरूको रेखदेख गर्ने आत्मअभिषिक्त निरीक्षकहरूलाई चित्रण गर्थ्यो।a निरीक्षकहरू येशूको दाहिने हातमा अर्थात् उहाँको अधीन र निर्देशनमा थिए। हो, येशू ख्रीष्ट यस समष्टिगत दास वर्गको अगुवा हुनुहुन्थ्यो। तथापि, अहिले अभिषिक्त निरीक्षकहरू धेरै छैनन्। यहोवाका साक्षीहरूको विश्वभरि भएका ९३,००० भन्दा बढी मण्डलीसम्म ख्रीष्टको नेतृत्व कसरी पुग्छ?
७. (क) पृथ्वीभरिका मण्डलीहरूमा नेतृत्व लिन येशूले कसरी परिचालक निकाय चलाउनुहुन्छ? (ख) मसीही निरीक्षकहरू पवित्र आत्माद्वारा नियुक्त भएका हुन्छन् भनेर किन भन्न सकिन्छ?
७ प्रथम शताब्दीमा जस्तै अहिले पनि अभिषिक्त निरीक्षकहरूमध्येबाटै केही योग्य पुरुषहरूले परिचालक निकायमा सेवा गर्छन् अनि तिनीहरूले विश्वासी र बुद्धिमान् दासको प्रतिनिधित्व गर्छन्। हाम्रो नेताले यस परिचालक निकायमार्फत् योग्य पुरुषहरूलाई प्राचीनहरूको हैसियतमा छान्नुहुन्छ, चाहे तिनीहरू आत्मा-अभिषिक्त होऊन् या नहोऊन्। यस सन्दर्भमा यहोवाले येशूलाई चलाउन अधिकार दिनुभएको पवित्र आत्माले निर्णायक भूमिका निर्वाह गर्छ। (प्रेरित २:३२, ३३) प्रथमतः यी निरीक्षकहरूले पवित्र आत्माद्वारा परमेश्वरको प्रेरित वचनमा औंल्याइएका आवश्यकताहरू पूरा गर्नुपर्छ। (१ तिमोथी ३:१-७; तीतस १:५-९; २ पत्रुस १:२०, २१) प्रार्थनापूर्वक पवित्र आत्माको निर्देशनमा सिफारिस तथा नियुक्तिहरू गरिन्छन्। साथै, यस प्रकार नियुक्त व्यक्तिहरूले पनि आत्माका फलहरू फलाएको प्रमाण दिन्छन्। (गलाती ५:२२, २३) अतः पावलको यो सल्लाह प्राचीनहरू, चाहे उनीहरू अभिषिक्त होऊन् वा नहोऊन् सबैलाई उत्तिकै लागू हुन्छ: “तपाईंहरू आफै र पवित्र आत्माले परमेश्वरका मण्डलीमा चराउनलाई तपाईंहरूलाई धर्माधिकारी तुल्याउनुभएको” छ। (प्रेरित २०:२८) यी नियुक्त पुरुषहरूले परिचालक निकायबाट निर्देशनहरू प्राप्त गर्छन् र राजीखुसीसाथ मण्डलीको गोठालो गर्छन्। यस प्रकार, ख्रीष्ट अहिले हाम्रो साथमा हुनुहुन्छ र सक्रियतासाथ मण्डलीको नेतृत्व लिइरहनुभएको छ।
-
-
ख्रीष्टले आफ्नो मण्डलीको नेतृत्व लिनुहुन्छप्रहरीधरहरा—२००२ | मार्च १५
-
-
a यहाँ “ताराहरू[ले]” साँच्चैको स्वर्गदूतहरूलाई चित्रण गर्दैन। येशूले अदृश्य आत्मिक प्राणीहरूको निम्ति जानकारी लिपिबद्ध गर्न पक्कै पनि मानिसहरू चलाउनुहुन्न। अतः “ताराहरू” भनेको मण्डलीका मानव निरीक्षक वा प्राचीनहरू हुनुपर्छ, जसलाई येशूले आफ्नो सन्देशवाहक ठान्नुहुन्छ। तिनीहरूको संख्या सात हुनु भनेको परमेश्वरको स्तरअनुसार पूर्णता हो।
-