-
दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिलाप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
२ पवित्र स्वर्ग अब शैतान र त्यसका प्रेतहरूको उपस्थितिले पीडित छैन। ती दुष्टात्माहरू स्वर्गबाट तल पृथ्वीको आसपासमा निष्कासित भएका छन्। निःसन्देह यसैले गर्दा अहिले प्रेतवादसम्बन्धी गतिविधिहरू अचाक्ली बढेको छ। त्यो धूर्त साँपको अधीनमा अझ पनि एउटा भ्रष्ट आत्मिक सङ्गठन कायमै छ। तर मानिसजातिलाई भ्रममा पार्न के त्यसले कुनै दृश्य सङ्गठन पनि प्रयोग गर्छ? यूहन्ना हामीलाई यसो भन्छन्: “अनि मैले दशवटा सीङ र सातवटा शिर र त्यसका सीङहरूमाथि दशवटा राजमुकुट, र त्यसका शिरहरूमा ईश्वरनिन्दाका नाउँहरू भएको एउटा जनावर समुद्रबाट निस्किरहेको देखें। औ मैले देखेको त्यो जन्तु चितुवाजस्तै थियो, त्यसका खुट्टाहरू भालूका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो। औ त्यस अजिङ्गरजस्तै पशुले त्यसलाई आफ्नो शक्ति, आफ्नो सिंहासन र ठूलो अख्तियार दियो।”—प्रकाश १३:१ख, २.
३. (क) अगमवक्ता दानियलले दर्शनमा कुन कुन भयानक जनावरहरू देखे? (ख) दानियल ७-का जनावरहरूले केलाई चित्रित गरे?
३ यो अनौठो जनावर हो के? यसको जवाफ बाइबलले स्वंय दिन्छ। सा.यु.पू. ५३९-मा बेबिलोनको पतनअघि यहूदी अगमवक्ता दानियलले दर्शनमा डरलाग्दा जनावरहरू देखे। दानियल ७:२-८-मा उनले समुद्रबाट निस्किरहेका चार जनावरहरूको वर्णन गर्छन्। प्रथम जनावर सिंहजस्तो छ, दोस्रो भालूजस्तो, तेस्रो चितुवाजस्तो र हेर्नुहोस् चौथो जन्तु “डरलाग्दो, भयङ्कर र अत्यन्त बलियो” छ र त्यसका “दशवटा सीङ” पनि छन्। यो जनावर यूहन्नाले करीब सा.यु. ९६-तिर देखेको जन्तुसित निकै नै मिल्दोजुल्दो छ। यूहन्नाले देखेको जनावर पनि हेर्नमा सिंह, भालू र चितुवा जस्तो छ र त्यसको शिरमा दश सिङहरू छन्। तर दानियलले देखेका ठूलठूला जनावरहरू कुन कुराका प्रतीक हुन्? उनी भन्छन्: “यी ठूलठूला चार जन्तुहरू चार राज्य हुन् जो पृथ्वीमा खडा हुनेछन्।” (दानियल ७:१७) हो, ती जनावरहरूले “राज्यहरू” अथवा पृथ्वीका राजनैतिक शक्तिहरूलाई चित्रित गर्छन्।
-
-
दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिलाप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
८. एङ्गलो अमेरिकी द्वैध विश्वशक्तिलाई एउटा जनावरसित तुलना गर्नु किन कुनै छक्कपर्दो कुरा होइन?
८ तर शासनारुढ राजनैतिक शक्तिहरूलाई जङ्गली जनावरसित तुलना गर्नु अत्यन्तै अचम्मको कुरा होइन र? केही विरोधीहरूले दोस्रो विश्व युद्धको दौडान यस्तै ठाने। त्यतिखेर अदालतहरूमा विश्वभरि यहोवाका साक्षीहरूले सङ्गठनात्मक तथा व्यक्तिगत तवरमा ठूलो चुनौतीको सामना गरिरहेका थिए। तर एकछिन विचार गर्नुहोस्! के राष्ट्रहरूले स्वयं नै पशु तथा जङ्गली जनावरहरूलाई आफ्नो राष्ट्रिय प्रतीक बनाएका छैनन् र? उदाहरणका लागि, बेलायतको सिंह, अमेरिकाको गरुड र चीनको अजिङ्गर सबै राष्ट्रिय प्रतीकहरू हुन्। अतः पवित्र बाइबलको ईश्वरीय लेखकले पनि विश्व-शक्तिहरू चित्रण गर्न पशुहरू प्रयोग गर्नु हुँदा कसैले किन आपत्ति जनाउने?
९. (क) शैतानले जङ्गली जनावरलाई ठूलो अख्तियार दिन्छ भन्ने कुरा बाइबलमा पढ्दा किन कसैले आपत्ति गर्न मिल्दैन? (ख) बाइबलमा शैतानको वर्णन कसरी गरिएको छ र त्यसले सरकारहरूमाथि कसरी प्रभाव पार्छ?
९ साथै, शैतानले नै जङ्गली जनावरलाई ठूलो अख्तियार दिएको कुरा बाइबलले उल्लेख गर्दा कसैले आपत्ति गर्नु सुहाउँछ र? त्यो अभिव्यक्तिको स्रोत परमेश्वर हुनुहुन्छ र उहाँको सामु ‘सबै जातिहरू ता गाग्रोबाट चुहेको थोपोजस्तै मात्र र तराजूमा टाँसेको धूलोजस्तै’ हुन्। यसकारण ती राष्ट्रहरूले परमेश्वरको भविष्यसूचक वचनमा आफ्नो वर्णन पढेर रिसाउनुको सट्टा परमेश्वरको अनुग्रहको पात्र हुने कोशिश गरेमा तिनीहरूकै भलो हुने थियो। (यशैया ४०:१५, १७; भजन २:१०-१२) शैतान कुनै पौराणिक व्यक्ति होइन जो मृतात्माहरूलाई सताउन नरकको अग्निकुण्डमा खटाइएको छ। यस्तो कुनै ठाउँ नै छैन। बरु शास्त्रमा शैतानलाई “ज्योतिर्मय स्वर्गदूत” भनेर सम्बोधन गरिएको छ। त्यो एक धूर्त ठगाहा हो जसले आमराजनैतिक गतिविधिहरूमा शक्तिशाली प्रभाव पार्दछ।—२ कोरिन्थी ११:३, १४, १५; एफिसी ६:११-१८.
-