प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिला
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २५. (क) विश्‍व-मञ्चमा देखा पर्ने एउटा अर्को प्रतीकात्मक जनावरको वर्णन यूहन्‍ना कसरी गर्छन्‌? (ख) यो नयाँ जङ्‌गली जनावर पृथ्वीबाट निस्कनुको अर्थ के हो र त्यसका दुइटा सिङहरूले केलाई चित्रित गर्छन्‌?

      २५ तर अब एउटा अर्को जनावर पनि विश्‍व-मञ्चमा देखा पर्छ। त्यसबारे यूहन्‍ना यसो भन्छन्‌: “अनि मैले पृथ्वीबाट निस्किरहेको अर्को एउटा जनावर देखें, थुमाको जस्तै दुइ सीङ त्यसका थिए, र अजिङ्‌गरजस्तै त्यो बोल्दथियो। औ त्यसले त्यसको सामने पहिलोचाहिं जन्तुको सारा अख्तियार चलाउँदोरहेछ। औ पृथ्वी र पृथ्वीमा बस्ने सबैले त्यस मरणतुल्य-चोट निको भएको पहिलोचाहिं जनावरलाई दण्डवत गर्ने त्यसले तुल्याउँदोरहेछ। औ स्वर्गबाट मानिसको दृष्टिको सामने पृथ्वीमाथि आगो झार्नेसम्मको पनि ठूला ठूला चिह्नहरू त्यसले गर्दोरहेछ।” (प्रकाश १३:११-१३) यस जङ्‌गली जनावरको दुइटा सिङ छन्‌। यसबाट दुइटा राजनैतिक शक्‍तिको साझेदारी बोध हुन्छ। यो जनावर समुद्रबाट होइन, पृथ्वीबाट निस्कन्छ। अतः यो जनावर शैतानको स्थापित पार्थिव रीतिरिवाजबाट उत्पन्‍न हुन्छ। यो एउटा सक्रिय विश्‍व-शक्‍ति हुनुपर्छ जसको अस्तित्व पहिलेदेखि नै थियो र जसले प्रभुको दिनमा विशेष भूमिका निभाउँछ।

      २६. (क) दुई सिङ भएको जनावर के हो र सुरुमा देखा परेको जनावरसित यसको के सम्बन्ध छ? (ख) यस जनावरका दुई सिङहरू कुन अर्थमा थुमाका जस्तै छन्‌ तर त्यो बोल्दा चाहिं कसरी “अजिङ्‌गर जस्तै” बोल्छ? (ग) राष्ट्रियताको भाव राख्ने मानिसहरूले वास्तवमा कसको उपासना गर्छन्‌ र राष्ट्रियतालाई केसित तुलना गरिएको छ? (फुटनोट हेर्नुहोस्‌)

      २६ यो कुन चाहिं विश्‍व-शक्‍ति हुन सक्छ? यो त्यही प्रथम जङ्‌गली जनावरको सातौं शिर अर्थात्‌ एङ्‌गलो अमेरिकन विश्‍व-शक्‍ति हुनुपर्छ जसले हाल एउटा विशेष भूमिका निभाउनेछ! यसलाई दर्शनमा एउटा बेग्लै जङ्‌गली जनावरको रूपमा प्रस्तुत गर्दा त्यो एक्लैले विश्‍व-मञ्चमा निभाउने भूमिका अझ छर्लङ्‌ग देख्न सकिन्छ। यो दुई सिङ भएको लाक्षणिक जनावर दुइटा समकालीन, स्वाधीन तर परस्पर सहयोगी राजनैतिक शक्‍तिहरूले बनेको छ। यसको “थुमाको जस्तै” दुई सिङले आत्मसंयम, मिलनसारिता र एउटा प्रबुद्ध सरकारको आभास दिन्छ जसलाई सारा संसारले मान्यता दिनु पर्छ। तर यो जनावर बोल्नचाहिं “अजिङ्‌गरजस्तै” बोल्छ। जहाँ जहाँ यसले भनेको जस्तो शासन स्वीकार गरिंदैन, त्यहाँ त्यहाँ यसले दबाब, धम्की र खुलेआम हिंसासमेत प्रयोग गर्छ। यसले मानिसहरूलाई परमेश्‍वरको थुमाको अधीनस्थ परमेश्‍वरको राज्यको अधीनमा बस्ने प्रोत्साहन दिनुको सट्टा ठूलो अजिङ्‌गर अर्थात्‌ शैतानको गतिविधिलाई बढावा दिएको छ। यसले प्रथम जङ्‌गली जनावरको उपासनालाई अझ बल दिंदै राष्ट्रिय विभाजन र घृणाको आगो सल्काएको छ।c

  • दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिला
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • c राष्ट्रियता एकप्रकारको धर्म हो भनेर अन्य टिकाकारहरूले स्वीकारेका छन्‌। अतः राष्ट्रियताको भाव राख्ने मानिसहरूले वास्तवमा जङ्‌गली जनावरको त्यस भागको पूजा गर्छन्‌ जसको प्रतिनिधित्व तिनीहरू बसोबास गर्ने देशमा गरिन्छ। संयुक्‍त राज्य अमेरिकामा राष्ट्रियताको भावबारे यसप्रकार लेखिएको छ: “राष्ट्रियताको भावलाई धर्मको रूपमा हेर्दा हामी यसको र अतितका अन्य ठूलठूला धर्महरूबीच धेरै नै समानता पाउँछौं। . . . आधुनिक राष्ट्रवादी धर्मावलम्बीले आफ्नै राष्ट्रिय देवतामाथि भर पर्ने आवश्‍यकता महसुस गर्छ। आफ्नै राष्ट्रिय देवताको शक्‍तिशाली मदतको उसले आवश्‍यकता देख्छ। त्यसैलाई उसले आफ्नो पूर्णता र आनन्दको मूल ठान्छ। उसले सम्पूर्णतः धार्मिक रीतिले आफूलाई त्यसैको अधीन तुल्याउँछ। . . . उसको नजरमा राष्ट्र अनन्तकालीन हो र देशका सपूतहरूको मृत्युद्वारा राष्ट्रको अनन्त ख्याति तथा महिमा बढ्‌दछ।”—जे. पल. विल्यम्सले ह्वट अमेरिकन्स बिलिभ एन्ड हाउ दे वर्शिप भन्‍ने पुस्तकको पृष्ठ ३५९-मा कार्लटन जे. एफ. हेसलाई उद्धृत गरेको।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने