प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सारा मानिसजातिको निम्ति सुसमाचार!
    प्रहरीधरहरा—१९९० | जून १
    • “अनि पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गको बीचमा उड़िरहेको देखें।” (प्रकाश १४:६) ती शब्दहरूमा, पाको प्रेरित यूहन्‍नाले पाउनुभएको अगमवाणीरूपी दर्शनको वर्णन गर्नुभयो र त्यो दर्शन आज हाम्रो समयमा पूरा भइरहेकोछ। बढ़दो अपराध, दूषित वातावरण, आतङ्‌क र आर्थिक अनिश्‍चित्‌ताको यो युगमा पनि सुसमाचार हुनु, कति शान्तिदायक कुरा हो! तर स्वर्गको दूतले घोषणा गर्नु पर्ने, त्यो कस्तो सुसमाचार होला? हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने योग्यको के समाचार होला?

  • सारा मानिसजातिको निम्ति सुसमाचार!
    प्रहरीधरहरा—१९९० | जून १
    • परमेश्‍वरले उहाँको निम्ति रच्नुभएको धेरै उद्देश्‍यहरू येशूले प्रथम शताब्दीमा पूरा गर्नुभयो तर त्यति खेर उहाँ परमेश्‍वरको राज्यको राजा हुनुभएन। बितेको समयमा, यो पत्रिका द्वारा अक्‌सर उल्लेखित्‌ भएझैं, १९१४मा मात्र उहाँ राजा हुनुभयो। अगमवाणीको पूर्ति अनुसार, त्यही सालमा परमेश्‍वरको राज्यको स्वर्गमा स्थापना भयो। (प्रकाश १२:१०, १२) १९१४ सालमा, प्रथम विश्‍व-युद्धको शुरूवात्‌ धेरै नै खराब समाचार भएतापनि—परमेश्‍वरको राज्यको जन्म सर्वोत्तम्‌ समाचार थियो। यसै कारण, येशूले हाम्रो समयको निम्ति यो अगमवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”—मत्ती २४:१४

      के येशूको यो अगमवाणी आज पूरा भयेकोछ.? हो, पूरा भएकोछ! र यूहन्‍नाले देख्नुभएको दर्शन पनि पूरा भएकोछ। यूहन्‍नाले देख्नुभएको अदृश्‍य स्वर्गदूतलाई हामीले देख्न नसकेता पनि, “हरेक जाति, कुल, भाषा र मानिसलाई” आज त्यो र्स्वगको दूतको सुसमाचार, यहोवाका साक्षीहरूले प्रकाशित्‌ गरेको ता सबैले देखेकाछन्‌। तिनीहरूका आवाज आज २१२ मुलुक र टापूहरूमा सुन्‌नसकिन्छ। यो आवाज सुनेर भीड़हरू आइरहेछन्‌। त्यो समाचार वास्तवमा कहाँ सम्म राम्रो समाचार हो भन्‍ने कुरा, यो समाचार सुनेर आउने कुनै-कुनै मानिसहरूको अनुभवबाट बुझ्न सकिन्छ। (w90 1/1)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने