प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • बेबिलोनको पतन भएको छ!”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २७. (क) हँसिया भएको स्वर्गदूतले पृथ्वीको दाखको बोटबाट अङ्‌गूरका झुप्पाहरू बटुल्दा के हुन्छ? (ख) हिब्रू शास्त्रमा उल्लिखित कुन भविष्यवाणीहरूमा यो कटनीको विस्तृत विवरण पाइन्छ?

      २७ न्याय कार्यान्वयन हुनै पर्छ! “औ ती दूतले तिनको हँसिया पृथ्वीमा फाले, र पृथ्वीको दाखको फसल जम्मा गरे, र त्यसलाई दाखमद्यको कोल, अर्थात्‌ परमेश्‍वरको क्रोधको ठूलो कोलमा फ्याँकिदिए। औ कोल शहरबाहिर कुल्चियो, र कोलबाट रगत घोडाहरूका लगामसम्मै र सय कोशसम्मै पुग्नेगरी बगेर निस्क्यो।” (प्रकाश १४:१९, २०) यस दाखको बोटको विरुद्धमा यहोवाले आफ्नो प्रकोप धेरै नै अघि घोषणा गरी सक्नु भएको छ। (सपन्याह ३:८) यस दाखको कोललाई कुल्चिंदा सारा राष्ट्रहरू नष्ट हुनेछन्‌ भनेर यशैयाको पुस्तकमा उल्लिखित एउटा भविष्यवाणीले स्पष्ट पार्दछ। (यशैया ६३:३-६) योएलको भविष्यवाणीअनुसार पनि “फैसला गरिने बेंसीमा” “धुइरोको धुइरो” राष्ट्रहरू “दाखको कोलमा” नष्ट हुनेछन्‌। (योएल ३:१२-१४) साँच्चै नै एउटा यस्तो विशाल कटनी हुनेछ जस्तो कि फेरि कहिल्यै हुनेछैन! यूहन्‍नाको दर्शनअनुसार त्यतिबेला अङ्‌गूरका झुप्पाहरू मात्र काटिने होइन तर त्यो प्रतीकात्मक बोट नै उखालिएर दाखको कोलमा कुल्चीमिल्ची हुन फालिनेछ। यसप्रकार पृथ्वीको दाख फेरि कहिल्यै पलाउनै नसक्नेगरी सदाका लागि नामेट हुनेछ।

  • बेबिलोनको पतन भएको छ!”
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ३०. शैतानको दाखका फलहरू के हुन्‌ र हामीले के गर्ने अठोट गर्नुपर्छ?

      ३० हामी बिल्कुलै अन्तको समयमा बाँच्नेहरूका लागि यी दुई कटनीहरूको दर्शन अति नै महत्त्वपूर्ण छ। हामीले आफ्नो वरिपरि हेऱ्‍यौं भने शैतानको दाखको फल सर्वत्र देख्नेछौं। गर्भपात र अन्यप्रकारका हत्या; समसमागमी, व्यभिचार र अनैतिकताको अनेक रूप; बेइमानी र स्वाभाविक स्नेहको अभाव। यी सबै कुराहरूले यस संसारलाई यहोवाको नजरमा भ्रष्ट तुल्याउँछ। शैतानको दाखले “तीतो र विषालु फल” फलाउँछ। यसको पतित, मूर्तिपूजक पद्धतिले मानिसको महान सृष्टिकर्ताको अपमान गर्दछ। (व्यवस्था २९:१८; ३२:५; यशैया ४२:५, ८) तर येशूले यहोवाको जयजयकारका निम्ति फलाउनु भएका असल फलहरू बटुल्ने काममा यूहन्‍नावर्गसित सक्रिय रूपमा सम्बन्धित हुन पाउनु एउटा महान विशेषाधिकार हो! (लूका १०:२) यस संसारको दाखबाट कुनै हालतमा पनि कलङ्‌कित नहुने अठोट हामी सबैले गरौं। यसप्रकार यहोवाले प्रतिकूल न्याय कार्यान्वयन गर्नु हुँदा पृथ्वीको दाख सङ्‌गसङ्‌गै हाम्रो कुल्चीमिल्ची हुनेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने