-
एउटा पवित्र रहस्य उघारिन्छप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१६. (क) मसीहीजगतका अगुवाहरूले कसको विरुद्धमा खास घृणा व्यक्त गरे? (ख) मसीहीजगतमा मध्यकालीन युगहरूको दौडान के के भयो? (ग) प्रोटेस्टेन्ट विद्रोह अथवा धार्मिक संशोधनले पनि मसीहीजगतको धर्मत्यागी गतिविधिमा के कुनै सुधार ल्याउन सक्यो?
१६ मसीहीजगतका सामाजिक र धार्मिक दुवै अगुवाहरूले एकातिर परमेश्वरको बगालका गोठालाहरू हुने दाबी गरे भने अर्कोतिर गैरशास्त्रीय शिक्षाहरूको धज्जी उडाउने वा बाइबल पढ्न प्रोत्साहन दिन खोज्ने सबैको तिनीहरूले खास घृणा पनि गरे। जोन हस र बाइबल अनुवादक विल्यम टिन्डेल दुवैलाई सताइयो र अन्तमा तिनीहरू शहीद भए। अन्धकारमय मध्यकालीन युगहरूको दौडान, शैतानी क्याथोलिक इन्क्वीजिशनद्वारा (धार्मिक न्यायालयहरू) धर्मत्यागीहरूको शासन आफ्नो चरमबिन्दुमा पुग्यो। गिर्जाका शिक्षाहरू अथवा अधिकारबारे प्रश्न उठाउनेहरूलाई निर्ममतासाथ दबाइन्थ्यो। यिनीहरूलाई धर्मविरोधी भनिन्थ्यो र यस्ता कति हजारन्लाई तडपाइ तडपाइ मारियो अर्थात् काठमा बाँधेर जलाइ दिए। यसरी शैतानले परमेश्वरको स्त्री जस्तै सङ्गठनको सन्तानको हर साँचो सदस्यलाई तुरुन्तै खतम पार्ने कोशिश गऱ्यो। प्रोटेस्टेन्ट विद्रोह अथवा धार्मिक संशोधन सुरु भएपछि पनि (१५१७ देखि उप्रान्त) धेरै नै प्रोटेस्टेन्ट गिर्जाहरूले यस्तै कठोर मनोवृत्ति देखाए। यिनीहरूले पनि परमेश्वर र ख्रीष्टप्रति वफादार हुन खोज्नेहरूको हत्या गरे र रगतको दोषी भए। “पवित्र जनहरूको रगत” साँच्चै नै पानी सरह बगाइयो!—प्रकाश १६:६; मत्ती २३:३३-३६-सित तुलना गर्नुहोस्।
-
-
एउटा पवित्र रहस्य उघारिन्छप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
[पृष्ठ ३१-मा भएको चित्र]
बाइबल अनुवाद गर्ने, पढ्ने अथवा त्यो आफूसित राख्नेहरूलाई समेत सताएर तथा मारेर मसीहीजगत रगतको भारी दोषी भयो
-