-
परमेश्वरको क्रोधको समापनप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
६. तेस्रो कचौरा खन्याइँदा के हुन्छ र एक जना स्वर्गदूतबाट र वेदीबाट कस्ता शब्दहरू सुनिन्छन्?
६ तेस्रो तुरहीको आवाजले जस्तै परमेश्वरको क्रोधको तेस्रो कचौराले पनि ताजा पानीका स्रोतहरूमाथि असर पार्नेछ। “औ तेस्रोले आफ्नो कचौरा नदीहरू, र पानीहरूका मूलहरूमा खन्याए, र ती रगतै भइहाले। औ पानीहरूका दूतले यसो भनिरहेको मैले सुनें, ‘तपाईं धर्मात्मा हुनुहुन्छ। जो हुनुहुन्छ र जो हुनुहुन्थ्यो, हे पवित्र जन, किनभने यसरीनै तपाईंले इन्साफ गर्नुभयो। किनकि तिनीहरूले पवित्र जन र अगमवक्ताहरूका रक्तपात गरेका थिए। र तपाईंले तिनीहरूलाई रगत पिउन दिनुभयो। तिनीहरू यसका योग्य छन्।’ अनि वेदीले यसो भनिरहेको मैले सुनें, ‘हे परमप्रभु परमेश्वर, सर्वशक्तिमान, तपाईंको इन्साफ सच्चा र धार्मिक छन्।’ ”—प्रकाश १६:४-७.
-
-
परमेश्वरको क्रोधको समापनप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१०. “पानीहरूका दूत”ले के घोषित गर्छन् र “वेदी”-ले अझ कुन कुराको पुष्टि दिन्छ?
१० सिद्ध धार्मिक फैसला गर्नु हुने यहोवा नै ब्रह्माण्डीय न्यायाधीश हुनुहुन्छ भनी “पानीहरूका दूत” अर्थात् यो कचौरा पानीहरूमा खन्याउने दूतले यहोवालाई महिमा दिन्छन्। उनले यहोवाको न्यायिक फैसलालाई सङ्केत गर्दै “तिनीहरू यसका योग्य छन्” भन्छन्। निःसन्देह, यो दुष्ट संसारका झूटा शिक्षाहरू र दर्शनहरूले हजारौं वर्षदेखिन् उक्साएको रक्तपात र क्रूरता यस स्वर्गदूतले हेर्दै आएका छन्। यसैकारण यहोवाको न्यायिक फैसला ठीक छ भनी उनी भन्न सक्छन्। परमेश्वरको “वेदी”-समेतले बोल्न थाल्छ। शहीद भएकाहरूको प्राण प्रकाश ६:९, १०-अनुसार वेदीमन्तिर थिए भनिएको छ। यसकारण यहोवाका फैसलाहरू धर्मी र न्यायसँगत छन् भनेर “वेदीले” अझ जोडदार पुष्टि दिन्छ।a यतिका रगत बगाउने अथवा त्यसको दुरुपयोग गर्ने सबैलाई नै जबरजस्ती रगत पिउन तथा यहोवाको हातमा मृत्यु-दण्ड भोग्न लाउनु निश्चय नै उपयुक्त हो।
-