प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ख्रीष्टले मण्डलीहरूसित कुरा गर्नुहुन्छ
    प्रहरीधरहरा—२००३ | मे १५
    • ७, ८. एफिससमा भएको मण्डलीमा कस्तो गम्भीर समस्या थियो र हामी यस्तै परिस्थितिको सामना कसरी गर्न सक्छौं?

      ७ यद्यपि, एफिससका मसीहीहरूको एउटा गम्भीर समस्या थियो। येशूले यसो भन्‍नुभयो: “तिम्रो विरुद्धमा मसँग यो कुरो छ, कि तिमीले तिम्रो पहिला प्रेम छोडिदिएका छौ।” मण्डलीका सदस्यहरूले यहोवाप्रतिको पहिलो प्रेम पुनः जगाउनु परेको थियो। (मर्कूस १२:२८-३०; एफिसी २:४; ५:१, २) हामी पनि परमेश्‍वरप्रतिको पहिलो प्रेम छोड्‌नदेखि जोगिनुपर्छ। (३ यूहन्‍ना ३) तर हाम्रो जीवनमा भौतिक सम्पन्‍नता वा सुखविलासको पछि लाग्ने चाहनाजस्ता कुराले प्रथम स्थान पाइरहेको छ भने नि? (१ तिमोथी ४:८; ६:९, १०) त्यसो हो भने हामीले यस्ता झुकावहरू हटाएर यहोवाप्रतिको गहिरो प्रेम तथा उहाँ र उहाँको पुत्रले हाम्रोलागि गर्नुभएका सम्पूर्ण कामहरूप्रतिको मूल्यांकन जगाउन ईश्‍वरीय मदतको लागि व्यग्र प्रार्थना गर्नुपर्छ।—१ यूहन्‍ना ४:१०, १६.

  • ख्रीष्टले मण्डलीहरूसित कुरा गर्नुहुन्छ
    प्रहरीधरहरा—२००३ | मे १५
    • ११. हामी कसरी यहोवाप्रतिको प्रेमलाई अझ बढाउन सक्छौं?

      ११ एफिसीहरूले तिनीहरूको पहिलो प्रेम छोडिदिएका थिए तर आज पनि मण्डलीमा यस्तै परिस्थिति खडा भइरहेको छ भने नि? यहोवाका मायालु तौरतरिकाहरूबारे कुराकानी गरेर हामी हरेकले उहाँप्रतिको आफ्नो प्रेम अझ बढाऔं। परमेश्‍वरले आफ्नो प्रिय पुत्रद्वारा छुडौतीको प्रबन्ध गर्नुभएर हामीप्रति देखाउनुभएको प्रेमको लागि उहाँप्रति कृतज्ञता जाहेर गर्न सक्छौं। (यूहन्‍ना ३:१६; रोमी ५:८) उपयुक्‍त हुँदा, सभाहरूको दौडान टिप्पणी गर्दा वा अन्य कार्यक्रमहरूमा हामी परमेश्‍वरको प्रेमको चर्चा गर्न सक्छौं। मसीही सेवकाईमा यहोवाको नाउँको प्रशंसा गरेर हामी उहाँप्रति आफ्नो प्रेम देखाउन सक्छौं। (भजन १४५:१०-१३) हो, मण्डलीको पहिलो प्रेम पुनः जगाउन वा बलियो बनाउन हाम्रो वचन तथा कार्यले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने