प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वरको क्रोधको समापन
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १७. (क) जङ्‌गली जनावरको राज्यलाई सुरुदेखि नै ढाकेको आत्मिक अन्धकारसित पाचौं कचौराको के सम्बन्ध छ? (ख) परमेश्‍वरको क्रोधको पाँचौं कचौरा खन्याउँदा मानिसहरूले के कस्तो प्रतिक्रिया देखाउँछन्‌?

      १७ यस जनावरको राज्य सुरुदेखि नै आध्यात्मिक अन्धकारमा छ। (तुलना गर्नुहोस्‌ मत्ती ८:१२; एफिसी ६:११, १२) यस अन्धकारको अझ व्यापक घोषणा पाँचौं कचौराले गर्नेछ। परमेश्‍वरको क्रोधको कचौरा बडो नाटकीय ढङ्‌गमा त्यस प्रतीकात्मक पशुकै सिंहासनमा खन्याइन्छ। “औ त्यसको राज्यमा अन्धकार भयो, र वेदना र घाउ खटीराले गर्दा तिनीहरूले आफ्ना आफ्ना जिब्रो चपाए। औ तिनीहरूका वेदना र घाउ खटीराले गर्दा तिनीहरूले स्वर्गका परमेश्‍वरको निन्दा गरे। तर तिनीहरूले आफ्ना कामको पश्‍चाताप गरेनन्‌।”—प्रकाश १६:१०ख, ११.

  • परमेश्‍वरको क्रोधको समापन
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १९. शैतान नै यस रीतिरिवाजको देव हो भन्‍ने कुरा खुलेआम प्रकट हुँदा प्रकाश १६:१०, ११अनुसार के हुन्छ?

      १९ विश्‍व-शासकको हैसियतमा शैतानले धेरै नै दुःख र कष्ट ल्याएको छ। अनिकाल, युद्ध, हिंसा, अपराध, मादक पदार्थको दुरुपयोग, अनैतिकता, यौनजन्य रोग, बेइमानी र धार्मिक कपट—यी र अझ कुराहरू नै शैतानी रीतिरिवाजका चिनारी हुन्‌। (गलाती ५:१९-२१-तुलना गर्नुहोस्‌) तापनि शैतान यस रीतिरिवाजको देव हो भनी पर्दाफास गर्दा उसको स्तरअनुरूप जीवन बिताउनेहरू दुःखी र लज्जित भए। विशेषगरी मसीहीजगतमा हुनेहरूले “आफ्ना आफ्ना जिब्रो चपाए।” सच्चाइद्वारा तिनीहरूको जीवनशैलीको पर्दाफास भएको धेरैलाई मन पर्दैन। तिनीहरू भयभीत हुन्छन्‌ र यी कुराहरू प्रकाशित गर्नेहरूलाई सताउन थाल्छन्‌। तिनीहरूले परमेश्‍वरको राज्य स्वीकार्दैनन्‌ र यहोवाको पवित्र नाउँको ठट्टा गर्छन्‌। धार्मिक तवरमा तिनीहरूको रोगी र घावैघाउ भएको स्थिति सबैको सामु उदाङ्‌ग भयो भनेर तिनीहरूले स्वर्गको परमेश्‍वरको निन्दा गर्छन्‌। तिनीहरूले “आफ्नो कामको पश्‍चाताप” गर्दैनन्‌। यसकारण हामीले पनि यो रीतिरिवाजको अन्त हुनुभन्दा अघि हूलका हूल मानिसहरूले आफ्नो धर्मपरिवर्तन गर्नेछन्‌ भनेर प्रतीक्षा गर्न सक्‍तैनौं।—यशैया ३२:६.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने