प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff lesson ५८ points १-५
  • यहोवाप्रति वफादार रहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाप्रति वफादार रहनुहोस्‌
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • वफादारीको चुनौती सामना गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • झूटो धर्मले कसरी परमेश्‍वरको अनादर गर्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • ”तपाईँ मात्र वफादार हुनुहुन्छ”
    यहोवासित नजिक हुनुहोस्‌
  • झूटो उपासनादेखि अलग हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff lesson ५८ points १-५
पाठ ५८. यहोवाका साक्षीहरूको अधिवेशनमा आएका मानिसहरूको खिल्ली उडाइरहेका धर्मत्यागीहरूलाई वास्तै नगरी एउटा परिवार सरासर हिँड्‌छ।

पाठ ५८

यहोवाप्रति वफादार रहनुहोस्‌

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

यहोवाको उपासना गर्नदेखि कुनै कुराले वा कसैले बाधा पुऱ्‍याउन खोजे तापनि साँचो ख्रिष्टियनहरू उहाँको उपासना गरिरहन दृढ छन्‌। तपाईँ पनि पक्कै त्यस्तो महसुस गर्नुहुन्छ। यहोवा तपाईँको वफादारीको कदर गर्नुहुन्छ। (१ इतिहास २८:९ पढ्‌नुहोस्‌।) कस्ता परिस्थितिमा उहाँप्रति वफादार रहन गाह्रो हुन सक्छ? तपाईँ कसरी त्यस्ता परिस्थितिहरूको सामना गर्न सक्नुहुन्छ?

१. अरूले कसरी हामीलाई यहोवाप्रति वफादार रहन गाह्रो बनाउन सक्छन्‌?

कसै-कसैले हामीलाई यहोवाको सेवा गर्नदेखि रोक्न खोज्नेछन्‌। त्यस्तो दुष्ट काम कसले गर्लान्‌? यहोवाको सेवा गर्न छोडेका कसै-कसैले उहाँको सङ्‌गठनबारे झूट फैलाएर हाम्रो विश्‍वास भताभुङ्‌ग पार्न खोज्छन्‌। तिनीहरूलाई धर्मत्यागी भनिन्छ। साथै केही धर्मगुरुले हामीबारे गलत जानकारी फैलाएर सिधासादाहरूलाई सत्यबाट तर्काउन खोज्छन्‌। हामीले त्यस्ता विरोधीहरूसित तर्कवितर्क गर्नु, तिनीहरूका किताबहरू वा लेखहरू पढ्‌नु, तिनीहरूका वेबसाइटहरूमा जानु वा तिनीहरूले बनाएका भिडियोहरू हेर्नु खतरनाक हो। वफादार भई यहोवाको सेवा गर्नेहरूलाई रोक्न खोज्नेहरूबारे येसुले भन्‍नुभयो: “तिनीहरूलाई त्यस्तै रहन देओ। किनकि तिनीहरू अन्धा अगुवाहरू हुन्‌। यदि अन्धाले अन्धालाई डोऱ्‍याउँछ भने दुवै जना खाल्टोमा खस्नेछन्‌।”—मत्ति १५:१४.

२. हामीले गर्ने कस्ता निर्णयले गर्दा यहोवाप्रति वफादार भइरहन गाह्रो हुन सक्छ?

यहोवाप्रतिको प्रेमले हामीलाई झूटो धर्मबाट पूर्णतया अलग रहन उत्प्रेरित गर्छ। हाम्रो जागिर, हामी आबद्ध सङ्‌गठन वा हामीले भाग लिने गतिविधिहरू झूटो धर्मसित सम्बन्धित हुनु हुँदैन। यहोवा हामीलाई यस्तो चेतावनी दिनुहुन्छ: “हे मेरा मानिस हो, . . . [महान्‌ बेबिलोनबाट] निस्केर आओ।”—प्रकाश १८:२, ४.

अझ खोतल्नुहोस्‌

कसैलाई पनि यहोवाप्रतिको तपाईँको वफादारीलाई कमजोर बनाउन नदिन के गर्न सक्नुहुन्छ, बुझ्नुहोस्‌। साथै तपाईँ कसरी महान्‌ बेबिलोनबाट निस्केर वफादारी देखाउन सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

३. झूटा शिक्षकहरूदेखि होसियार रहनुहोस्‌

हामीले यहोवाको सङ्‌गठनबारे नकारात्मक कुराहरू सुन्यौँ भने के गर्नुपर्छ? हितोपदेश १४:१५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • आफूले सुनेको सबै कुरा पत्याउनदेखि हामी किन होसियार हुनुपर्छ?

दोस्रो युहन्‍ना ९-११ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • हामीले धर्मत्यागीहरूसित कस्तो व्यवहार गर्नुपर्छ?

  • हामीले धर्मत्यागीहरूसित सीधै कुराकानी नगरे तापनि हामी कसरी तिनीहरूको शिक्षाको प्रभावमा पर्न सक्छौँ?

  • मानिसहरूले यहोवा र उहाँको सङ्‌गठनबारे फैलाएको नकारात्मक कुराहरूमा ध्यान दियौँ भने यहोवालाई कस्तो लाग्ला?

४. सङ्‌गी ख्रिष्टियनले पाप गर्दा परमेश्‍वरप्रति वफादार रहनुहोस्‌

मण्डलीको कसैले गम्भीर पाप गरेको हामीले थाह पायौँ भने के गर्नुपर्छ? परमेश्‍वरले प्राचीन इस्राएल राष्ट्रलाई दिनुभएको व्यवस्थामा पाइने एउटा सिद्धान्त विचार गर्नुहोस्‌। लेवी ५:१ पढ्‌नुहोस्‌।

यस पदमा बताइएअनुसार कसैले गम्भीर पाप गरेको कुरा थाह पायौँ भने त्यसबारे एल्डरहरूलाई बताउनुपर्छ। तर त्यसो गर्नुअघि गलत काम गर्ने त्यस व्यक्‍तिलाई एल्डरहरूकहाँ गएर आफ्नो पाप स्विकार्न आग्रह गर्नु दयालु कुरा हो। तिनले त्यसो नगरेमा हामी यहोवाप्रति वफादार भएकोले आफूलाई थाह भएको कुरा एल्डरहरूलाई बताउनेछौँ। यस्तो कदम चाल्दा निम्न व्यक्‍तिहरूप्रति कसरी हाम्रो अटल प्रेम देखिन्छ?

  • यहोवा परमेश्‍वरप्रति।

  • पाप गर्ने व्यक्‍तिप्रति।

  • मण्डलीका अरू व्यक्‍तिप्रति।

चित्रहरूको सँगालो: एक जना भाइले गलत काम गरेका अर्का भाइलाई मदत गर्छन्‌। १. उक्‍त भाइ आफ्नो मोबाइल फोनमा देखेको कुराले गर्दा चिन्तित हुन्छन्‌। २. उक्‍त भाइले गल्ती गर्ने त्यस भाइलाई आफ्नो मोबाइल फोन देखाउँछन्‌ तर तिनले आफ्नो गल्ती स्विकार्दैनन्‌। ३. उक्‍त भाइले आफ्नो मोबाइल फोन दुई जना एल्डरलाई देखाउँदै कुरा गर्छन्‌।

कुनै सङ्‌गी उपासक समस्यामा पर्दा तिनलाई मदत गर्नुहोस्‌

५. महान्‌ बेबिलोनबाट टाढै रहनुहोस्‌

भिडियो हेर्नुहोस्‌।

भिडियो: महान्‌ बेबिलोनबाट निस्केर आउनुहोस्‌! (५:०६)

‘महान्‌ बेबिलोनबाट निस्केर आउनुहोस्‌!’ भिडियोको एउटा दृश्‍य। एउटी बाइबल विद्यार्थी चर्चको पादरीलाई आफ्नो राजीनामा बुझाएर निस्कन्छिन्‌।

लुका ४:८ र प्रकाश १८:४, ५ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • के मेरो नाम अझै पनि झूटो धर्मको सदस्यसूचीमा छ?

  • के म आबद्ध सङ्‌गठन अर्को धर्मसित सम्बन्धित छ?

  • के मेरो कामले कुनै न कुनै तरिकामा झूटो धर्मलाई समर्थन गरिरहेको छ?

  • म झूटो धर्मबाट अलग हुनुपर्ने अरू क्षेत्र छन्‌ कि?

  • यदि मैले यीमध्ये कुनै प्रश्‍नको ‘छ/छन्‌’ भन्‍ने जवाफ दिएको छु भने मैले कस्ता परिवर्तन गर्नुपर्छ?

यी सबै अवस्थामा आफ्नो अन्तस्करण सफा राख्न सकिने र यहोवाप्रतिको वफादारी देखिने निर्णय गर्नुहोस्‌।

एउटी बहिनी र तिनको सानो छोरा किनमेल गरेर निस्कँदै छन्‌। तिनीहरू धार्मिक गतिविधिको लागि चन्दा सङ्‌कलन गरिरहेकी महिलाको छेउबाट हिँड्‌छन्‌।

कुनै धार्मिक गतिविधिको लागि चन्दा मागिँदा तपाईँ के गर्नुहुन्छ?

कोही-कोही भन्छन्‌: “मैले सत्यको पक्षमा बोल्न धर्मत्यागीहरूले यहोवाका साक्षीहरूबारे के भन्छन्‌ भनेर थाह पाउनुपर्छ।”

  • के त्यसो गर्नु बुद्धिमानी हो? तपाईँलाई किन त्यस्तो लाग्छ?

सारांश

हामी यहोवाप्रति वफादार रहन चाहन्छौँ भने हामीलाई बहकाउन खोज्ने व्यक्‍तिहरूसित सङ्‌गत गर्नु हुँदैन।

तपाईँले के सिक्नुभयो?

  • हामीले किन धर्मत्यागीहरूको धारणा भएको कुनै कुरा सुन्‍नु हुँदैन?

  • कुनै भाइ वा बहिनीले गम्भीर पाप गरेको थाह पायौँ भने हामीले के गर्नुपर्छ?

  • हामीले झूटो धर्मबाट टाढै रहनू भन्‍ने आज्ञा कसरी पालन गर्न सक्छौँ?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

अरूले यहोवाका साक्षीहरूबारे झूट फैलाउँदा तपाईँले के गर्नुपर्छ, बुझ्नुहोस्‌।

“के तपाईँलाई सबै सत्यतथ्य थाह छ?” (प्रहरीधरहरा, अगस्त २०१८)

तपाईँ महान्‌ बेबिलोनलाई समर्थन गर्ने सङ्‌गठनहरू र गतिविधिहरू कसरी छुट्ट्याउन सक्नुहुन्छ?

“‘अन्तको दिनको’ पनि अन्तिम समयमा व्यस्त भइरहनुहोस्‌” (प्रहरीधरहरा, अक्टोबर २०१९, अनुच्छेद १६-१८)

केही विरोधीले हाम्रो विश्‍वास कमजोर बनाउन कस्तो प्रयास गरेका छन्‌?

छलकपटदेखि होसियार रहनुहोस्‌ (९:३२)

एक जना सिन्टो पुजारीले कसरी झूटो धर्मसितको सम्बन्ध तोडे भनेर थाह पाउन “म सानैदेखि परमेश्‍वरको खोजीमा थिएँ” जीवनी पढ्‌नुहोस्‌।

“बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” (प्रहरीधरहरा, जुलाई १, २०११)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने