प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • महान शहरको विध्वंस
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २२. (क) स्वर्गबाट एउटा आवाजले के भन्छ? (ख) सा.यु.पू. ५३७-मा र सा.यु. १९१९-मा परमेश्‍वरका मानिसहरू किन रमाउन सके?

      २२ यूहन्‍नाका अब अगाडिका शब्दहरूले भविष्यवाणीरूपी नमुनाको पूर्तिलाई अझ अर्को पुष्टि दिन्छ: “अनि मैले स्वर्गबाट यसो भन्‍ने अर्को आवाज सुनें, ‘हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्‌। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्‌।’ ” (प्रकाश १८:४) पुरातन बेबिलोनको पतनसम्बन्धी हिब्रू शास्त्रका भविष्यवाणीहरूमा यहोवाले आफ्ना जनहरूलाई दिनु भएको यो आदेश पनि समाविष्ट छ: “बाबेलको बीचबाट भाग।” (यर्मिया ५०:८, १३) यस्तैप्रकार, भविष्यमा हुने महान बेबिलोनको विनाशलाई ध्यानमा राख्दै त्यसबाट भाग्ने आग्रह परमेश्‍वरका जनहरूलाई आज पनि गरिन्छ। सा.यु.पू. ५३७-मा बेबिलोनबाट भाग्ने मौका पाउँदा विश्‍वासी इस्राएलीहरू खुबै रमाएका थिए। त्यस्तैगरी, १९१९-मा परमेश्‍वरका जनहरू बेबिलोनको कैदबाट मुक्‍त हुँदा धेरै नै रमाए। (प्रकाश ११:११, १२) र त्यस समयदेखि उप्रान्त यो भाग्ने आह्वानलाई अझ लाखौंले पालन गरेका छन्‌।

  • महान शहरको विध्वंस
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • २४. (क) कुन कुरामा सहभागी नहुन परमेश्‍वरका जनहरू महान बेबिलोनबाट भाग्नु पर्छ? (ख) महान बेबिलोनबाट ननिस्कनेहरू उसका कुन पापहरूमा सहभागी हुन्छन्‌?

      २४ निश्‍चय, कडा शब्दहरू हुन्‌ ती! अतः सही कदम उठाउनु अत्यावश्‍यक छ। सोही कदम उठाउन यर्मियाले आफ्ना समकालीन इस्राएलीहरूलाई यसो भन्दै आग्रह गरे: “बाबेलबाट भाग। यो परमप्रभुको बदला लिने दिन हो, उहाँले त्यसलाई साटो फेर्ने दिन। हे मेरो प्रजा, त्यसको बीचबाट निस्केर आओ! परमप्रभुको भयानक रीसदेखि सबै मानिसहरूले आफ्नो आफ्नो ज्यान बचाऊन्‌।” (यर्मिया ५१:६, ४५) आज पनि स्वर्गबाट आउने आवाजले परमेश्‍वरका जनहरूलाई महान बेबिलोनका विपत्तिहरूमा सम्भागी नहुन त्यसबाट भाग्ने चेताउनी दिन्छ। महान बेबिलोनका साथै सारा संसारमाथि यहोवाको तर्फबाट आउने विपत्तिरूपी निसाफबारे आज घोषणा भइरहेछ। (प्रकाश ८:१–९:२१; १६:१-२१) यी विपत्तिहरूबाट उम्कन र अन्ततः झूटो धर्म सँगसँगै नष्ट नहुनका लागि परमेश्‍वरका जनहरूले आफूलाई झूटो धर्मबाट अलग पार्नु पर्छ। साथै, त्यस सङ्‌गठनभित्र बसी रहनुको अर्थ त्यसका पापहरूमा सहभागी हुनु हो। आत्मिक व्यभिचार र “पृथ्वीमा मारिएका सबैका रगतका लागि” ऊ जतिको दोषी छ, तिनीहरू पनि उतिकै दोषी हुनेछन्‌।—प्रकाश १८:२४; तुलना गर्नुहोस्‌ एफिसी ५:११ र १ तिमोथी ५:२२।

      २५. पुरातन बेबिलोनबाट परमेश्‍वरका मानिसहरू कसरी निस्के?

      २५ तथापि, परमेश्‍वरका जनहरू महान बेबिलोनबाट कसरी बाहिर निस्कन्छन्‌? प्राचीन बेबिलानबाट निस्कने यहूदीहरूले बेबिलोन शहरबाट प्रतिज्ञाको देशसम्मै यात्रा गर्नु परेको थियो। तर यति मात्र यथेष्ट थिएन। यशैयाले इस्राएलीहरूलाई यो भविष्यवाणीरूपी आह्वान गरे: “गइहाल, गइहाल, त्यहाँबाट जाऊ! अशुद्ध थोक नछोऊ! हे परमप्रभुका पात्र बोक्ने हो, त्यसको बीचबाट निस्केर जाऊ। तिमीहरू आफूलाई शुद्ध पार।” (यशैया ५२:११) हो, यहोवाको उपासनालाई धमिल्याउन सक्ने बेबिलोनी धर्मका जम्मै अशुद्ध क्रियाकलापहरू तिनीहरूले त्याग्नु परेको थियो।

      २६. ‘तिनीहरूको बीचबाट निस्केर आओ औ अशुद्ध कुरा नछोओ’ भन्‍ने आह्वानलाई कोरिन्थका मसीहीहरूले कसरी पालन गरे?

      २६ यशैयाका तिनै शब्दहरूलाई उद्धृत गर्दै प्रेरित पावलले पनि कोरिन्थीहरूलाई लेखेको आफ्नो पत्रमा यसो भने: “विश्‍वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि धर्म र अधर्मको के संसर्ग हुन्छ? . . . ‘यसकारण, तिनीहरूका बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ। अशुद्ध कुरा नछोओ।’ ” यो आदेश पालन गर्न कोरिन्थका मसीहीहरूले कोरिन्थ छाडनु आवश्‍यक थिएन। तर तिनीहरूले झूटो धर्मका अशुद्ध मन्दिरहरूबाट आफूलाई अलग राख्नु चाहिं आवश्‍यक थियो। साथै, तिनीहरूले त्यहाँका मूर्तिपूजकहरूको अशुद्ध गतिविधिहरूबाट पनि आफूलाई आध्यात्मिक तवरमा छुट्टै राख्नु परेको थियो। यसैप्रकार, परमेश्‍वरका जनहरू १९१९-मा महान बेबिलोनबाट अलग्ग हुन थाले। आफूसित बाँकी रहेका केही अशुद्ध शिक्षा र क्रियाकलापहरूबाट तिनीहरूले आफूलाई शुद्ध तुल्याए। यसप्रकार एउटा शुद्ध जातिको रूपमा तिनीहरू उहाँको सेवा गर्न सक्षम भए।—२ कोरिन्थी ६:१४-१७; १ यूहन्‍ना ३:३.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने