-
महान शहरको विध्वंसप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
२३. महान बेबिलोनबाट भाग्ने कुरालाई स्वर्गबाट निस्कने आवाजले कसरी जोड दिन्छ?
२३ तर महान बेबिलोनबाट भाग्न अथवा विश्व-धर्महरूबाट आफ्नो सदस्यता खारेज गरेर सम्पूर्णतः अलग हुन के साँच्चै नै जरुरी छ र? छ किनभने पुरातनकाल देखिको यो धार्मिक राक्षस, महान बेबिलोनप्रति हामीले परमेश्वरको दृष्टिकोण लिनु पर्छ। उहाँले यसलाई महा वेश्या भनेर सम्बोधन गर्न हिचकिचाउनु भएन। र अब स्वर्गबाट आउने आवाजले पनि यूहन्नालाई यस वेश्याबारे अझ यसो भन्छ: “किनभने त्यसका पाप स्वर्गसम्म चुल्लिएका छन्, र परमेश्वरले त्यसका अधर्म सम्झनुभएको छ। त्यसले जे दिएकी थिई, त्यही त्यसलाई देओ। जति त्यसले आफ्नै गौरव र सुख-विलास गरेकी छ, त्यत्तिकै त्यसलाई वेदना र शोक देओ, किनकि त्यसले मनमा भन्दछ, ‘महारानी भएर बसेकी छु। म विधवा होइन, म कुनै किसिमले शोक देख्नेछैनँ।’ यसकारण एकै दिनमा त्यसका विपत्तिहरू आउनेछन्—मृत्यु, अफसोस र अनिकाल, र त्यो आगोमा भस्म पारेर जाइजानेछ। किनभने त्यसको इन्साफ गर्ने परमेश्वर बलवान हुनुहुन्छ।”—प्रकाश १८:५-८.
-
-
महान शहरको विध्वंसप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
२७. प्राचीन बेबिलोन र महान बेबिलोनमाथि गरिएको निसाफबीच के समानताहरू पाउन सकिन्छ?
२७ पुरातन बेबिलोनको पतन र अन्ततः विनाश उसका पापहरूको सजाय थियो। “किनभने त्यसमाथि पर्ने दण्डको निर्णय आकाश औ स्वर्गसम्मै पुगेको छ।” (यर्मिया ५१:९) त्यस्तैगरी महान बेबिलोनका पापहरू पनि “स्वर्गसम्मै चुल्लिएका छन्।” तिनीहरूमाथि स्वयं यहोवाको ध्यान आकृष्ट भएको छ। महान बेबिलोन अन्याय, मूर्तिपूजा, अनैतिकता, दबाब, चोरी र हत्याको दोषी छ। पुरातन बेबिलोनले यहोवाको मन्दिर र उहाँका साँचो उपासकहरूसित दुर्व्यवहार गर्दै आएको थियो। अतः यो नै उसको पतनको एउटा कारण हुन गयो। (यर्मिया ५०:८, १४; ५१:११, ३५, ३६) यस्तैगरी महान बेबिलोनले पनि शताब्दीयौंदेखि साँचो उपासकहरूसित दुर्व्यवहार गर्दै आएको छ। तर यसको बदलामा परमेश्वरले पनि उसको पतन र अन्ततः विनाश गराउनु हुनेछ। हो, उसको अन्तिम विनाश वास्तवमा “परमप्रभु हाम्रा परमेश्वरको बदला”-को दिनको सुरु हुनेछ।—यशैया ३४:८-१०; ६१:२; यर्मिया ५०:२८.
२८. यहोवाले महान बेबिलोनमाथि निसाफको कुन स्तर प्रयोग गर्नुहुन्छ र किन?
२८ मोशाको व्यवस्था अन्तर्गत कोही इस्राएलीले आफ्नो सँगीबाट कुनै कुरा चोरेको खण्डमा उसले कम्तिमा त्यसको दोब्बर तिर्नु पर्थ्यो। (प्रस्थान २२:१, ४, ७, ९) महान बेबिलोनको नाश हुँदा पनि यहोवाले निसाफको प्रायः त्यस्तै सिद्धान्त प्रयोगमा ल्याउनु हुनेछ। उसले अरूको विरुद्धमा जे गऱ्यो, त्यसको ठीक दोब्बर उसको विरुद्धमा गरिनेछ। त्यसलाई दया देखाइने छैन किनकि महान बेबिलोनले पनि आफ्नो शिकार हुनेहरूलाई पटक्कै दया देखाएको छैन। पृथ्वीका मानिसहरूको रगत चुसेर उसले “सुख विलास” गरेको छ। तर अब भने उसले कष्ट र शोक अनुभव गर्नेछ। पुरातन बेबिलोनले पनि आफूलाई अत्यन्तै सुरक्षित ठान्दै यसो भनेको थियो: “म विधवा भएर बस्नेछैनँ, नता छोराछोरीहरूको वियोग जान्नेछु।” (यशैया ४७:८, ९, ११) यस्तैगरी महान बेबिलोनले पनि आफूलाई सुरक्षित ठान्छ। तर यहोवा “बलवान” हुनुहुन्छ। उहाँले त्यसको विनाश चाँडै मानो “एकै दिनमा” गर्ने फैसला गर्नु भएको छ!
-