प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • याहले गर्नु भएका इन्साफहरूका लागि उहाँको प्रशंसा गर
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • १. यूहन्‍नाले स्वर्गमा “ठूलो भीडको आवाज” जस्तै के शब्दहरू सुन्छन्‌?

      महान बेबिलोन अब छैन! कस्तो सुखद खबर हो यो! यूहन्‍नाले स्वर्गमा पनि हर्षोल्लासपूर्ण जयजयकार सुन्छन्‌! “यी कुरापछि स्वर्गमा एउटा ठूलो भीडको यसो भन्‍ने एउटा ठूलो आवाज जस्तो मैले सुनें, ‘हल्लेलूयाह, मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन्‌।a किनकि उहाँका इन्साफ सच्चा र धार्मिक हुन्छन्‌। किनभने उहाँले पृथ्वीलाई त्यसको व्यभिचारले भ्रष्ट पारेकी त्यो ठूलो वेश्‍याको इन्साफ गर्नुभएको छ, र उहाँले आफ्नो दासहरूको रगतको बदला त्यसमाथि लिनुभएको छ।’ औ दोस्रोपल्ट तिनीहरूले फेरि ‘हल्लेलूयाह’ भने। औ त्यसको धुवाँ सदा सर्वदा मास्तिर जाँदोरहेछ।”—प्रकाश १९:१-३.

  • याहले गर्नु भएका इन्साफहरूका लागि उहाँको प्रशंसा गर
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
    • ३. महा वेश्‍याले पाएको इन्साफका लागि ऊ किन योग्यको छ?

      ३ यो महा वेश्‍या यसप्रकारको इन्साफ पाउने योग्यको किन छे? यहोवाले नूहलाई र नूहद्वारा सारा मानिसजातिलाई दिनु भएको आज्ञा अनुसार जथाभावी रगत बगाउने मान्छे मृत्युदण्डको योग्य हुन्छ। यो कुरा परमेश्‍वरले इस्राएललाई दिनु भएको व्यवस्थामा पनि दोहोऱ्‍याइएको छ। (उत्पत्ति ९:६; गन्ती ३५:२०, २१) यसबाहेक, मोशाको व्यवस्था अन्तर्गत शारीरिक तथा आत्मिक व्यभिचार, दुवै मृत्युको योग्य हुन्थ्यो। (लेवी २०:१०; व्यवस्था १३:१-५) महान बेबिलोन हजारौं सालदेखि रगतको दोषी छ। ऊ महा व्यभिचारिणी पनि हो। उदाहरणका लागि, रोमन क्याथोलिक चर्चले आफ्ना पादरीहरूका लागि विवाह निषेध गरेको हुनाकारण तिनीहरूबीच ज्यादै लैङ्‌गिक अनैतिकता फैलिएको छ। तिनीहरूमध्ये कति एड्‌सको शिकार समेत भएका छन्‌। (१ कोरिन्थी ६:९, १०, १ तिमोथी ४:१-३) तर ‘स्वर्गसम्मै चुल्लिने’ उसको महा पाप चाहिं आत्मिक व्यभिचार हो। त्यसले झूटा शिक्षाहरू सिकाएको छ र भ्रष्ट राजनीतिज्ञहरूसित लागेर घीनलाग्दा कार्यहरू गरेको छ। (प्रकाश १८:५) तर अब भने बल्ल, उसले सजाय भोगेकी छ। यसैकारण त स्वर्गीय गायनटोलीले पनि फेरि “हल्लेलूयाह” गान गाउँछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने