-
याहले गर्नु भएका इन्साफहरूका लागि उहाँको प्रशंसा गरप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
१. यूहन्नाले स्वर्गमा “ठूलो भीडको आवाज” जस्तै के शब्दहरू सुन्छन्?
महान बेबिलोन अब छैन! कस्तो सुखद खबर हो यो! यूहन्नाले स्वर्गमा पनि हर्षोल्लासपूर्ण जयजयकार सुन्छन्! “यी कुरापछि स्वर्गमा एउटा ठूलो भीडको यसो भन्ने एउटा ठूलो आवाज जस्तो मैले सुनें, ‘हल्लेलूयाह, मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्।a किनकि उहाँका इन्साफ सच्चा र धार्मिक हुन्छन्। किनभने उहाँले पृथ्वीलाई त्यसको व्यभिचारले भ्रष्ट पारेकी त्यो ठूलो वेश्याको इन्साफ गर्नुभएको छ, र उहाँले आफ्नो दासहरूको रगतको बदला त्यसमाथि लिनुभएको छ।’ औ दोस्रोपल्ट तिनीहरूले फेरि ‘हल्लेलूयाह’ भने। औ त्यसको धुवाँ सदा सर्वदा मास्तिर जाँदोरहेछ।”—प्रकाश १९:१-३.
२. (क) “हल्लेलूयाह” भन्ने शब्दको अर्थ के हो र यसलाई यूहन्नाले यहाँ दुई पटक सुन्नुको तात्पर्य के हो? (ख) महान बेबिलोनको विनाशको श्रेय कसले पाउँछ? व्याख्या गर्नुहोस्।
२ साँच्चै नै हल्लेलूयाह गाउने समय आएको छ! ईश्वरीय नाउँ यहोवाको सङ्क्षिप्त रूप “याह” भएको हुनाले हल्लेलूयाहको अर्थ हो: “हे मानिसहरू, याहको प्रशंसा गर।” यसले हामीलाई भजनरचयिताले गरेको यो आग्रहको सम्झना गराउँछ: “सास हुने जति सबैले परमप्रभुको [याह, NW] प्रशंसा गर। परमप्रभुको प्रशंसा गर!” (भजन १५०:६) तर यूहन्नाले फेरि यहाँ प्रकाशको पुस्तकमा स्वर्गीय गायनटोलीले दुई दुई पटक “हल्लेलूयाह” भनेर गाएको सुन्छन्। यसबाट सत्यता प्रकाशित गर्ने ईश्वरीय कार्यमा निरन्तरता प्रदर्शित हुन्छ। मसीही युनानी शास्त्र र त्यो भन्दा पहिले लिपिबद्ध हिब्रू शास्त्रको परमेश्वर एउटै हुनुहुन्छ र उहाँको नाउँ हो यहोवा। पुरातन बेबिलोनको पतन गराउने परमेश्वरले नै अब महान बेबिलोनको पनि इन्साफ र विनाश गराउनु भएको छ। यो महान कार्यका लागि उहाँको महिमा गर! महान बेबिलोनको नाश गराउन उहाँले विभिन्न राष्ट्रहरूलाई माध्यमको रूपमा प्रयोग गर्नु भए तापनि त्यस पछाडिको मूल शक्ति चाहिं उहाँकै हो। यहोवालाई नै हामीले मुक्तिको श्रेय दिनु पर्छ।—यशैया १२:२; प्रकाश ४:११; ७:१०, १२.
-
-
याहले गर्नु भएका इन्साफहरूका लागि उहाँको प्रशंसा गरप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
४. महान बेबिलोनको धुवाँ “सदा सर्वदा मास्तिर” उठ्नु कुन कुराको प्रतीक हो?
४ एउटा पराजित शहर झैं महान बेबिलोन आगोमा भस्म भएको छ। त्यसबाट उठेको धुँवा “सदा सर्वदा मास्तिर” उठिरहन्छ। आक्रमणकारी सेनाहरूले कुनै शहरलाई जलाइ दिंदा खरानी तातो होउञ्जेल धुवाँ मास्तिर उठिरहन्छ। धुवाँ आइरहेको बेलामै त्यहाँ कसैले त्यसको पुनः निर्माण गर्न खोज्यो भने उसलाई भुघ्रेको रापले पोल्नेछ। यस्तैगरी, महान बेबिलोनको धुवाँ “सदा सर्वदा” मास्तिर उठिरहनुको अर्थ ऊमाथि गरिएको इन्साफ अपरिवर्त्तनीय हुनेछ। त्यो दुष्ट शहरको पुनःनिर्माण फेरि कसैले गर्न सक्ने छैन। झूटो धर्म सदा सर्वदाका लागि खतम हुनेछ। हल्लेलूयाह!—यशैया ३४:५, ९, १०-तुलना गर्नुहोस्.
-