-
विजेताहरू हुने कोशिशप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
३. (क) येशूले स्मर्नाका मसीहीहरूलाई के प्रोत्साहन दिनु भयो? (ख) स्मर्नाका मसीहीहरू दरिद्र भए तापनि येशूले तिनीहरू “धनी” छन् किन भन्नु भयो?
३ “तिम्रो कष्ट र तिम्रो दरिद्रता ( तर तिमी ता धनी छौ), र यहूदी हुँ भनेर हिंड्ने, तर ती त्यस्ताहरू होइनन्, तर शैतानका सभाका भएका, तिनीहरूको निन्दा मलाई थाह छ।” ( प्रकाश २:९) येशूले स्मर्नाका आफ्ना भाइहरूको आलोचना गर्नु हुन्न। तिनीहरूको आत्मीयतापूर्ण सराहना मात्र गर्नुहुन्छ। तिनीहरूले आफ्नो विश्वासको खातिर धेरै नै सङ्कष्ट भोगेका छन्। सम्भवतः आफ्नो विश्वासकै कारण तिनीहरू आर्थिक तवरमा पनि दरिद्र छन्। (हिब्रू १०:३४) तापनि तिनीहरू मुख्यतः आत्मिक कुराहरूबारे नै चिन्तित रहन्छन्। येशूले अह्राउनु भएझैं तिनीहरूले स्वर्गमा धन थुपारेका छन्। (मत्ती ६:१९, २०) अतः प्रमुख गोठालाको नजरमा तिनीहरू “धनी” छन्।—याकूब २:५-सित तुलना गर्नुहोस्।
४. स्मर्नाका मसीहीहरूले कसबाट धेरै नै विरोधको सामना गर्नु पऱ्यो र येशूले ती विरोधीहरूलाई कुन दृष्टिले हेर्नुभयो?
४ स्मर्नाका मसीहीहरूले शारीरिक यहूदीहरूको तर्फबाट औधी विरोधको सामना गरेका छन् र यस कुरालाई येशूले विशेष ध्यान दिनुहुन्छ। सुरुसुरुमा त यहूदी मतका धेरै जनाले मसीही धर्म नफैलिओस् भनेर कडा विरोध गरेका थिए। (प्रेरित १३:४४, ४५; १४:१९) अब यरूशलेम नाश भएको केही दशकपछि फेरि स्मर्नाका ती यहूदीहरूले त्यही शैतानी प्रवृत्ति देखाइरहेछन्। नभन्दै येशूको नजरमा तिनीहरू “शैतानका सभा” हुन्।a
-
-
विजेताहरू हुने कोशिशप्रकाश—त्यसको चरमोत्कर्ष निकट!
-
-
a यूहन्नाको मृत्युको करीब ६० वर्षपश्चात् ८६ वर्षीय पोलिकार्पले येशूमाथि विश्वास गर्न नछाडेको हुनाकारण उनलाई स्मर्ना मै जलाएर मारे। द मार्टियरडम अफ पोलिकार्प नामक एउटा सम्भवतः समकालीन लेखअनुसार पोलिकार्पलाई जलाउने दिन “महा विश्रामको दिन” थियो। तापनि काठ बटुल्ने काममा “यहूदीहरूले आफ्नो पुरानो बानी जनाउँदै ठूलो जोशका साथ” भाग लिएका थिए।
-